अराजक आन्दोलनको साक्षी

  • भदौ ६, २०७९ / नेपाल रेखा
alt

  • अर्जुन शर्मा 
मोटरसाईकल चढेर प्रेस जानु थियो । सोझै इटहरीको मुख्य चौक पुग्दा पहेला झन्डा बोकेका महिला तथा बालबालिकाहरुको बाक्लो उपस्थिति देखे ।
हतार पनि भएकाले आफु पत्रकार भएको जानकारी दिदै सोझै जान पाउनका लागि अनुनय गरे । त्यहि बिचमा दुई वटा मोटरसाईकलले भिडलाई छिचोल्दै अघि बढे उनिहरुका पछि लाठा बोकेका महिला पुरुष गुरुरु कुदे । उत्तर लाईनबाट संगितचौक छिर्न समेत नदिई हिन्दु राज्यको माग गर्दै चौक ठप्प पारेको साता बितेको थियो । बन्दकर्ताहरु कतिबजे देखि सडकमा आउछन पत्तै हुदैन थियो ।
करिब मध्यान्ह पछि दुई बजे भने इटहरी बजार पहेला झन्डा बोकेका महिला बालबालिकाहरुको क्रिडास्थल बन्थ्यो ।
धर्म भनेको सदाचार हो, अर्कालाई सास्ती दिने धर्म हुदैन । धर्मीले जहिल्यै सेवाभावले काम गर्छ, अरुको बिरोध गर्नु, गाली गलौजमा उत्रिनु धर्म होईन भन्ने मेरो बुझाई त्यतिबेला गलत भयो जतिबेला मेरो ढाडमा एउटी अधबैसे महिलाको लाठोले स्पर्स गर्यो । म रोकिएँ र उनलाई भने मैले
तपाई धर्म रक्षाका लागि यो कडा गर्मी सहदै सडकमा आउनु भएको होईन ? उनले हो भनिन । त्यसो हो भने मेरो ढाडमा लाठो हान्नु तपाईलाई कुन धर्मले सिकायो ? उनले बन्दका बेला सवारी चलाउने लाई धर्मसर्म नभनि हिर्काउन सबैले अराएको जनाईन ।
मैले सबै खाले बन्दमा इटहरी बजारमा बाइक चलाउन निर्वाध पाउने गरेको तर्क गरे तर अँह उनिहरुले मान्नेवाला थिएनन् । तपाईहरुको आन्दोलनको समाचार लेखेर सरकारलाई झक्झक्याउने भुमिका हाम्रो हो भन्ने जिकिर गरे तर उनिहरु झन उत्तेजित भए ।
पत्रकारहरुले हिन्दुराज्य हुन दिएनन् भन्ने हल्ला एकाएक मेरा कानमा परे मैले उत्तेजित हुन आवस्यक ठानिन र तर्क गरेर भिड छिचोल्न पाउने आशा मारेर म आएकै रास्ता पक्ढेर फर्किए । फर्कीदाँ बाटोभरि एकखालको निराशले टाउको रन्थनियो । यो बन्द र यसका बन्दकर्ताहरुलाई भेटेर प्रेसको सम्मान गर्न भनौ कि भनेर सोचे तर यसरी बुझीदिने उनिहरु मध्ये कोही होलान जस्तो देखिन ।
हिन्दु प्रदर्शनको एक दिन खेतिखोला पुर्व पन्डाल लगाएर पुराण लगाएको स्थानबाट बृद्ध-बृद्दाहरुको लाठी सहितको जुलुश दुई बजे तिर बजार तर्फ हान्नीयो । त्यसको नेतृत्वकर्ता पुराण भन्न आएका श्रीनिवास रहेछन् । उनले चौकमा पुगेपछि ट्रकमा चढेर उत्तेजक भाषण गरे । उनको भाषण सुनिरहदा मैले आजसम्म मान्दै आएको सनातन धर्म सम्झे नेपालीहरुको साझा सस्कार सम्झे अनि त्यसैको आडमा राजनिति गर्न आएको श्रीनिवासलाई सम्झे । उनी इटहरीका तत्कालिन डिएस्पी बिनोद शर्मालाई बर्खास्त गर्ने चुनौति दिदै थिए । उनि भन्दै थिए इटहरीबाट हिन्दु राज्यको घोषणा हुनेछ । मलाई लाग्यो यि पन्डाले गरेको सडक राजनितिलाई बिचरा हामी हिन्दुबादको नाममा कति दिन साष्टांग प्रणाम गरिरहनु । उनि भाषणमा उत्तेजक थिए, हेर्दै थिएँ जब जब उनि प्रसासन र दलहरुको कटु आलोचना गर्थे, पाडे गालि गर्थे भत्तहरु सडकमा चर्का हुकार गर्दै तालि बजाउथे । मलाई लाग्यो हामीले मान्दै आएको सनातन धर्म, ब्रतबन्ध, मृत्यु सस्कार, जनै टिका, चाडबाडहरु सनातन हुन । ति चाडबाडहरु मनाउन आज सम्म राज्यले कुनै हस्तक्षेपकारी भुमिका निर्वाह गरेको जस्तो लाग्दैन तर आज सडकमा हामीले जनजिवन कष्टप्रद पारेर खोजेको के हो ? हामीले नेपाल हिन्दु राज्य हुदा के पाउने ? धर्म निरपेक्ष हुदाँ के नपाउने यसको उत्तर म दिनदिनै खोज्दैछु । तर कसैले चित्त बुझ्दो जवाफ दिएका छैनन् । हामीले हाम्रा बा आमा, हजुरआमा, नाति नातिनालाई सडक मा उतार्दा हिन्दु भईन्छ भने ठिक छ तर त्यसो होईन भने किन यसो गरिदैछ ? धर्म रक्षाका लागि हामीले समाजमा के गर्नु पर्थ्यो र के गर्दैछौ ? गौमाताको नारा लगाउनेहरु ककसले गाई बुढो भएपछि घरमै पालेर गाईको अन्तिम सस्कार गर्यौ ? ककसले बिहान उठेर सञ्जे भन्यौ ? भन्न सिकायौ ? ककसले टुपी पाल्यौ ? जनै भिर्यौ ? गाई गोरु रागाँ भैसीको मासु खाएनौ ? सिकाउनु पर्ने आधारभुत सनातनी ब्यवहार केही नसीकाउने अनि आन्दोलनमा हिडेकाहरुलाई नाजवाफ पारेर हामी के गर्दैछौ ? प्रश्न झनझन पेचिलो बन्दै गएको छ । अरु त अरु हाम्रा पत्रकार साथीहरु पनि यहि हिन्दुवादीहरुको अतिवादी मार्गमा लागेको प्रष्टै देखियो ।
वनक्षेत्रको सरकारी जग्गा मासेर उधुम मच्चाउने एउटा पन्डासंग फोटो खिचेर श्री श्री श्री अनन्त बिभुषित, १०८ महाराज, मुक्तिनाथ पिठाधिस, जगतगुरु, नेपालका प्रथम महारथी जस्ता बिशेषण जोडेर यिनै पन्डा संग फोटो खिच्दै फेसबुकमा सार्वजनिक गर्न अग्र स्थानमा पत्रकारहरु देखा परे । यतिबेला पत्रकारको भुमिका हिन्दु राज्यको माग हुने कि दलिय सहमतिले सम्बिधान जारी गर्न दवाव दिने हो् ? खोई हामीले बुझेको बहुधार्मीक, बहुजातिय, बहुभाषिक, बिशिस्ट भौगोलिक हाम्रो पहिचानलाई बिर्षेर हामीले पन्डाका पछि लागेर सनातन हाम्रो सद्भाव खल्बल्याउने तर्फ किन हामी उद्यत हुदै छौ । धर्म रक्षाका नाममा सास्ती दिएर के्ही हुनेवाला छै्रन । हिजो राजाको अराजक आन्दोलनको साक्षि
प्रत्यक्ष सासनकालमा होस वा त्यो भन्दा अघि होस यो देश हिन्दुधर्म सापेक्ष थियो कि थिएन ? त्यतिबेला यो देशमा मुस्लिम, इसाई, बौद्धमार्गी, किरात, जैन इत्यादी धर्म मान्ने थिए की थिएनन् ? पक्कै थिए । २०५८ को जनगणनामा यो मुलुकमा आठ लाख इसाई रहेको तथ्य बाहिर आएको थियो । त्यो आठ लाख कुन धर्म परिर्वनबाट भएको थियो तपाईले खोज्नु भएको छ ? हो त्यो आठलाख इसाइ हाम्रै चरम हिन्दुबादीहरुको जातिय छुवाछुत, बिभेद, सद्भावपुर्ण ब्यवहार नहुदा भएको कुरा हामीले बुझ्नु पर्दैन ? अहिसा परमोधर्म, धर्मो रक्षति रक्षत, जस्ता कुरा बुझेर अघि बढौ मुलुक सवै भाषाभाषी जातजाति, धर्ममान्ने्को हो भन्ने कुरा
मर्ममा राखौ ।
 

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]