कोशी प्रदेश स्तरीय मोर्डन पेन्टाथलोन संघ गठन

  • जेठ २५, २०८० / नेपाल रेखा
alt

इटहरी । कोशी प्रदेश स्तरीय मोर्डन पेन्टाथलोन संघ गठन गरिएको छ ।
मंगलबार कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेको विशेष उपस्थिती तथा विकास बोर्ड सदस्य एवम् मोर्डन पेन्टाथलोन संघ केन्द्रीय सदस्य रितेश श्रेष्ठको पहलमा कोशी प्रदशस्तरीय संघ गठन गरिएको हो ।
कोशी प्रदेश स्तरीय मोर्डन पेन्टाथलोन संघको अध्यक्षमा कमलबहादुर विश्वकर्मा (राकेश), उपाध्यक्षमा दीपककुमार काफ्ले, उपाध्यक्ष दीपक कार्की र महासचिवमा प्रमोद नेपाल (सचिन) रहेका छन् ।
त्यसैगरि, सचिवमा मानवीर मगर, कोषाध्यक्षमा इन्द्रकला नेम्वाङ्ग रहेका छन्। सदस्यहरुमा गोपाल मगर, मैना रानामगर, जब्बर कार्की, पवित्रा तामाङ्ग र रविन तामाङ्ग रहेका छन् ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]