२ अर्ब ३५ करोड ३१ लाखको बजेट कार्यपालिकामा प्रस्तुत

  • असार ११, २०८० / नेपाल रेखा
alt

अर्जुन शर्मा

इटहरी । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा बजेट पेस र पारित गर्ने व्यवस्था छ । उक्त ऐनको दफा ७१ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने व्यवस्था छ ।
उक्त ऐन अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरीले आइतबार आगामी आर्थिक बर्ष २०८०–०८१ को लागि २ अर्ब ३५ करोड ३१ लाखको रुपैयाँको बजेट सार्वजनिक गरेकी छन् ।
इटहरी पश्चिम लाइनको लायन्स् क्लबको हलमा सुरु भएको इटहरी उपमहानगरको १३ औं नगरसभामा आगामी आर्थिक वर्षको लागि संघीय समानिकरण अनुदान ३० करोड १७ लाख, संघीय सशर्त अनुदान ७२ करोड ५७ लाख, संघीय समपूरक अनुदान २ करोड, संघीय विशेष अनुदान ३ करोड ७५ लाख, प्रदेश समानिकरण अनुदान २ करोड ७ हजार, प्रदेश सशर्त अनुदान १ करोड २३ लाख २५ हजार, प्रदेश समपूरक अनुदान १ करोड, संघीय राजश्व बाँडफाँड १८ करोड ३ हजार, प्रदेश राजस्व बाँडफाँड (सवारी) २ करोड १३ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड रजिस्ट्रेशन ३० करोड, आन्तरिक श्रोतबाट ६८ करोड १४ लाख, नगद मौज्दात परिवर्तनबाट १ करोड र नगर विकास कोषबाट ऋण ३ करोड प्राप्त हुने उपप्रमुख चौधरीले बताइन् ।
चालु खर्च तर्फ १ अर्ब १५ करोड ७८ लाख २५ हजार अर्थात् कुल बजेटको ४९.२७ प्रतिशत, वित्तीय व्यवस्था अन्तर्गत नगर विकास कोषको सावाँ व्याज भुक्तानी तर्फ ५० लाख र पुँजीगत तर्फ १ अर्ब १८ करोड ७२ लाख ६ हजार अर्थात् कुल बजेटको ५०.५२ प्रतिशत विनियोजन गरिएको छ । विषयगत तर्फ २५ करोड, वडा सीमा तर्फ १० वटा वडा–१, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९) लाई प्रति वडा १ करोड ५५ लाखका दरले, वडा नं –२,४,५,६,८,९,१२,१६,१७ र २०) लाई प्रति वडा १ करोड ७५ लाखका दरले गरी कुल ३३ करोड, नगर स्तरीय योजनाका लागि १७ करोड ४५ लाख ६ हजार, सशर्त अनुदान तर्फ ८० करोड ५५ लाख २५ हजार विनियोजन गरिएको छ ।
विनियोजित बजेटबाट इटहरीको धरान–बिराटनगर कोशी राजमार्गको मुख्य बजार क्षेत्रमा यस बर्ष २ वटा आकाशे पुल निर्माण गरिनेछ भएको छ ।
साथै, इटहरी वडा नं ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेंग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट (हरित पार्क) निर्माण गरिने बताइएको छ ।
इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरणसहित सेवा सञ्चालान गरिने पनि बजेटमा उल्लेख गरिएको छ । मृगौला रोगिका लागि डायलायसिस सेवा सुरु गरिनेछ । सुत्केरी महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा शुरु गर्न २ वटा नयाँ एम्बुलेन्स खरिद गरी सेवा सञ्चालन गरिने पनि नगरसभामा बताइयो ।
हासपोसा र एकम्बा स्वास्थ्य चौकिमा बिद प्रयोगशाला निर्माण गरी स्वास्थ्य परीक्षण गरिनेलगायतका योजना बजेटमा समेटिएका छन् ।
उपमहानगरपालिका भित्रका बाटो घाटो, पुल पुलेसा लगायतको तत्काल मर्मत सम्भार गर्न इन्फ्रास्ट्रक्चर एम्बुलेन्स खरिद गरि सञ्चालन गरिनेछ ।
सुन्दर इटहरी बनाउने लक्ष्यसहित नगरसभामा प्रस्तुत भएको यो बजेटमाथि कार्यतालिका बनाई १५ दिनभित्र छलफलको काम सम्पन्न गरिसक्नुपर्नेछ । छलफल सम्पन्न भएपछि सभाले बजेट पारित गर्न वा सुझावसहित कार्यपालिकामा पठाउन सक्नेछ । सुझावसहित प्राप्त भएको बजेट उपर कार्यपालिकाले पुनःविचार गरी आवश्यक परिमार्जनसहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारणसहित सभामा पाँच दिनभित्र पुनःपेस गर्नुपर्नेछ । सभाले पेस भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नु पर्नेछ ।

karyapalika member

 

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]