इटहरी । सुनसरी सेन्ट जेभियर्स सेकेण्डरी इंगलिस स्कुल इटहरीले विविध कार्यक्रमको आयोजना गरी २५ औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।स्कुलका संस्थापक प्रिन्सिपल कविन्द्र मण्डलको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख द्रोणप्रसाद दाहालको प्रमुख आथित्यमा अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न शैक्षिक तथा प्रविधिका सामाग्रीहरु वनाएर प्रदर्शन गरेका थिए भने बिभिन्न सांस्कृतिक कार्यक्रम सहित प्रहसन पनि विद्यार्थीहरुले देखाएका थिए । सोही अवसरमा इटहरी क्षेत्रमा सामाजिक विकासमा योगदान पुर्याएको भन्दै राजकुमार तामा
इटहरी । ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्यूनीकरणमा उपभोक्तालाई सचेत गराउने उद्देश्यले प्रिमा ग्याँस उद्योग इटहरीले बिक्रेताहरुको लागि सिलिण्डर सुरक्षा तालिम सहित अन्तरक्रिया गरेको छ ।प्रिमा ग्याँस उद्योगका सञ्चालक सुदिप घिमीरेको अध्यक्षतामा तालिम सहित अन्तरक्रिया गरिएको हो ।ग्याँस सिलिण्डरको सुरक्षा, ग्याँस सिलिण्डरबाट हुन सक्ने संभावित दुर्घटना न्यूनीकरण, सम्भावित दुर्घटना नियन्त्रण तथा रोकथामका विषयमा हिमालय सेफ्टी सोलुसन प्रा.लि. काठमाडौंका प्रशिक्षक श्याम खनाल सहित प्रिमा ग्याँस कम्पनिका प्राविधिकहरुले सहजिकरण गरेका थिए । विक्रेताहरुले ग्याँस सिलिण्डरको सुरक्षाका विषयमा पाएको ज्ञान
आषिका लम्सालविराटनगर । देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले शिक्षक र कर्मचारीहरुलाई सपथ ग्रहण गराएको छ । प्राविधिक विश्वविद्यालयले आफ्नो सेवा बिस्तारका लागि स्थायी र नयाँ नियुक्त भएका बढुवा भएका २७ जना शिक्षक र कर्मचारीहरुलाई आफन्तको उपस्थितीमा नियुक्ति प्रदान गरि सपथ ग्रहरण गराएको हो । मोरङ बुढीगंगा गाउँपालिका–४ हात्ती मुढामा रहेको विश्वविद्यालयको केन्द्रिय कार्यालयमा बिहीवार आयोजना भएको सपथग्रहण कार्यक्रममा स्थायी र बढुवा हुने २१ जना र खुल्लाबाट पदपूर्ति भएका ६ जना नयाँ अधिकृतहरुले नियुक्तिपत्र लिएर आफन्तको उपस्थितीमा सपथ लिए । सपथ कार्यक्रममा सबै कर्मचारीहरुले आफुहरु ऐन नियम र
इटहरी । नेपालमा कृषि अध्ययनरत विद्यार्थीले दक्षिण कोरियामा ‘पढ्दै कमाउदै’ को अवसर पाउने भएका छन् । सुनसरीको रामधुनीमा रहेको जीविका कृषि विज्ञान कलेज र दक्षिण कोरियाको सोलमा रहेको नेपाल कल्चर सेन्टरबीच कृषि क्षेत्रमा शिक्षा, तालीम तथा प्रविधि हस्तान्तरणका विषयमा सम्झौता भएसंगै नेपाली विद्यार्थीका अगाडी पढ्दै कमाउदै गर्ने अवसर आएको हो । जीविका कृषि सहकारी संस्था लि.द्वारा संचालित कृषि कलेजका तर्फबाट तेजबहादुर ढकाल र दक्षिण कोरिया स्थित नेपाल कल्चर सेन्टर निर्देशक ह्वाङ्ग क्युहोले कृषि शिक्षा बिषयमा अध्ययनरत विद्यार्थीहरुको वृत्ति विकासमा सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
इटहरी । मोटरसाईकलका पारखी युवाहरुलाई लक्षित गरी यामाहा कम्पनीको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाल भित्र्याएको न्यू एफजेड एफआई भर्सन मोटरसाईकलको इटहरीमा विक्री सुरु भएको छ ।यामाहा कम्पनीका मोटरसाईकल तथा स्कुटरहरु विक्री गर्दै आएको तिरुपति अटो सिटी इटहरीले न्यू एफजेड एफआई थ्रि भर्सनको बाइकको विक्री सुरु गरेको हो । पुर्व क्षेत्रका ग्राहकहरुलाई लक्षित गरि तिरुपति अटोसिटीले भित्रयाएको नयाँ बाइकको सार्वजनिकरण उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको प्रमुख आतिथ्यमा गरियो । सो अवसरमा तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले एफआई थ्रि भर्सन रहेको नेपाली बाटो सुहाउदो भएको बताए
इटहरी । स्वदेशमै स्वरोजगारी सिर्जना उद्देश्यले संचालन गरिएको इटहरी कृषि फार्म प्रा.लि.मा आधुनिक खोर निर्माण गरि कुखुरा तथा खसी, बोका पालनलाई व्यवस्थित गरिएको छ ।सुनसरीको इटहरी–७ बज्राहमा संचालित फार्मको आधुनिक खोरमा उन्नत जातका १० बोका र १ सय ११ बाख्रा पालन गरिएको छ । मासुको लागि खसी, बोका पालन, पाठापाठी उत्पादनका लागि बोका–बाख्रा पालिएको फार्मका व्यवस्थापक निर्मल श्रेष्ठले बताए । उनले फार्मबाट आफूसहित ७ जना स्वरोजगार भएको बताए । श्रेष्ठका अनुसार फार्ममा उन्नत जातका बाख्रा खरिद गरि ल्याइएको छ । फार्म संचालनको लागत १ करोड २ लाख ८० हजार रहेकोछ । यसकालागि नेपाल बंगलादेश बैंकबाट ३० लाख
इटहरी । तपाईं इटहरीमा जागिर खान चाहनुहुन्छ ? तपाईंलाई रोजगारीको आवश्यकता छ ? तपाईंलाई घर खर्च चलाउन पैसा आवश्यकता छ ? यी आवश्यकता पूरा गर्न तपाईंले काम खोजिरहनु भएको छ भने इटहरी संगित चोकमा संचालित गंगा बेनिसा फेन्सी स्टोरले तपाईंलाई जागिर दिन्छ । कामको प्रकृतिबारे सोही फेन्सी स्टोरका प्रोपाइटर ओम अधिकारीले तपाईंलाई बताउनु हुनेछ । तलब सुविधाबारे पाउन उहाँले तपाईलाई जानकारी दिनुहुनेछ । रेडिमेड फेन्सी कपडाको थोक बिक्रेता ओम अधिकारीको फोन नम्बर हो –९८४२१३३६७६ मा सम्पर्क गरि काम गर्ने वातावरण मिलाई हाल्नुहोस् । मौकाको फाइदा उठाइ हाल्नुहोस् ।
इटहरी । विपन्न परिवारका युवा, युवतीहरुलाई दिगो तथा सम्मानित रोजगारीका लागि सिप मुलक तालिम प्रदान गर्ने उद्देश्यले नरबहादुर कर्माचार्य बहुप्राविधिक विद्यालय इटहरीले युवाहरु छनोट गरेको छ ।सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोग, होटल व्यवसायी महासंघ कोशी प्रदेश र उद्योग संगठन मोरङको सहकार्यमा सञ्चालन गरिने दुई बर्षे औद्योगिक प्रशिक्षार्थी तालिमका लागि ४० जना युवाहरु छनोट गरिएको हो ।नरबहादुर कर्मचार्य बहुप्राविधिक विद्यालय इटहरीका अध्यक्ष निर्मल बरालको अध्यक्षतामा भएको छनोट कार्यक्रममा सहभागिताका लागि आएका युवाहरुलाई इन्स्योर नेपालका घनश्याम लिम्बूले सहजिकरण गरेका थिए ।तालिम लिएका युवा
इटहरी । यदि तपाईं जागिरको खोजिमा भौतारिरहनु भएको छ भने तपाईंको गन्तव्य हुन सक्छ जिविका कृषि फार्म । तपाईंका लागि जिविका कृषि फार्ममा जागिर खुलेको छ । सो कलेजले १ जना आई.ए.सी. भेटनरी गरेको व्यक्तिलाई जागिर दिने योजना बनाई विज्ञापन खुलाएको छ । फार्ममा काम गरेको अनुभव भएको, गाई, बाख्रा, बंगुरको उपचार गर्न सक्ने र कृषि सम्बन्धी व्यवसायिक काम गर्न सक्नेलाई जिविका कृषि फार्ममा जागिर दिइनेछ । इच्छुक उमेदवारले यही असोज २५ गतेभित्र आफ्नो शैक्षिक योग्यता र अनुभवको कागजपत्रसहित कलेजमा सम्पर्क राख्नुपर्नेछ । यो फार्म जीविका कृषि सहकारी संस्था लि.द्वारा संचालित हो । यसको कार्यालय सुनसरीको रामधुनी वडा नम्बर
विराटनगर । बिभिन्न बिषयमा उच्च शिक्षाका थप कक्षा सञ्चालन गर्र्ने, आर्थिक बर्ष कोष निर्माण गर्ने र आफनै अस्पताल स्थापना गर्ने विभिन्न प्रस्ताव पारित गर्दै देशकै पहिलो प्राविधिक विश्वविद्यालयले तेस्रो साधारण सभा सम्पन्न गरेको छ । कुलपति तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्य र विश्वविद्यालयका बोर्डअफ गर्भनरका अध्यक्ष ईश्वर पोखरेलको बिशेष उपस्थिमा बिहिवार विराटनगरमा मनमोहनले विभिन्न महत्वपूर्ण प्रस्ताव पारित गर्दै आफ्नो तेस्रो परिषद सभा सम्पन्न गरेको हो ।सभाले हेल्थ केयर एण्ड हस्पिटल म्यानेजमेन्ट तर्फ स्नातोकोत्तरको कोर्ष सञ्चालन गर्ने, बायोमेडिकलतर्फ स्नातक तहको पाठयक्