नरबहादुर कर्माचार्य बहुप्राविधिक विद्यालय इटहरीले विपन्न परिवारका युवा, युवतीलाई सिपमुलक तालिम दिंदै

  • असोज १९, २०८० / नेपाल रेखा
alt

इटहरी । विपन्न परिवारका युवा, युवतीहरुलाई दिगो तथा सम्मानित रोजगारीका लागि सिप मुलक तालिम प्रदान गर्ने उद्देश्यले नरबहादुर कर्माचार्य बहुप्राविधिक विद्यालय इटहरीले युवाहरु छनोट गरेको छ ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोग, होटल व्यवसायी महासंघ कोशी प्रदेश र उद्योग संगठन मोरङको सहकार्यमा सञ्चालन गरिने दुई बर्षे औद्योगिक प्रशिक्षार्थी तालिमका लागि ४० जना युवाहरु छनोट गरिएको हो ।
नरबहादुर कर्मचार्य बहुप्राविधिक विद्यालय इटहरीका अध्यक्ष निर्मल बरालको अध्यक्षतामा भएको छनोट कार्यक्रममा सहभागिताका लागि आएका युवाहरुलाई इन्स्योर नेपालका घनश्याम लिम्बूले सहजिकरण गरेका थिए ।
तालिम लिएका युवाहरुलाई व्यवस्थापन गर्ने विषय केन्द्रित होटल व्यवसायीहरुसंग छलफल समेत गरियो । कार्यक्रममा होटल व्यवसायी संघ इटहरीका सचिव आरोण कार्की, नरोत्तम खड्का, पर्यटन व्यवसायी बासुदेव बराल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

NBK 2

 

आज महाअष्टमी पर्व मन ...

काठमाडौँ।आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी प ...

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]