प्रिमा ग्याँस कम्पनिले गर्यो उपभोक्ता लक्षित सचेतना कार्यक्रम

  • मंसिर १२, २०८० / नेपाल रेखा
alt

इटहरी । ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्यूनीकरणमा उपभोक्तालाई सचेत गराउने उद्देश्यले प्रिमा ग्याँस उद्योग इटहरीले बिक्रेताहरुको लागि सिलिण्डर सुरक्षा तालिम सहित अन्तरक्रिया गरेको छ ।
प्रिमा ग्याँस उद्योगका सञ्चालक सुदिप घिमीरेको अध्यक्षतामा तालिम सहित अन्तरक्रिया गरिएको हो ।
ग्याँस सिलिण्डरको सुरक्षा, ग्याँस सिलिण्डरबाट हुन सक्ने संभावित दुर्घटना न्यूनीकरण, सम्भावित दुर्घटना नियन्त्रण तथा रोकथामका विषयमा हिमालय सेफ्टी सोलुसन प्रा.लि. काठमाडौंका प्रशिक्षक श्याम खनाल सहित प्रिमा ग्याँस कम्पनिका प्राविधिकहरुले सहजिकरण गरेका थिए । विक्रेताहरुले ग्याँस सिलिण्डरको सुरक्षाका विषयमा पाएको ज्ञान उपभोक्ताहरु समक्ष पुर्याउने गरि सञ्चालन गरिएको तालिममा १ सय ८७ जना विक्रेता, २५ जना कर्मचारी, १० जना सुरक्षा गार्ड सहित अन्य आमन्त्रितहरु गरी कुल २ सय ८२ जनाको सहभागिता रहेको प्रिमा ग्याँस कम्पनीका प्रवन्धक लक्ष्मण गिरीले जानकारी दिए । प्रिमा ग्याँसले समय–समयमा उपभोक्ताहरु लक्षित बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

आज महाअष्टमी पर्व मन ...

काठमाडौँ।आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी प ...

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]