देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनको तेस्रो सभा सम्पन्न स्नातोकोत्तर स्नातकमा थप कार्यक्रम सञ्चालन गर्ने घोषणा

  • असोज १३, २०८० / नेपाल रेखा
alt

विराटनगर । बिभिन्न बिषयमा उच्च शिक्षाका थप कक्षा सञ्चालन गर्र्ने, आर्थिक बर्ष कोष निर्माण गर्ने र आफनै अस्पताल स्थापना गर्ने विभिन्न प्रस्ताव पारित गर्दै देशकै पहिलो प्राविधिक विश्वविद्यालयले तेस्रो साधारण सभा सम्पन्न गरेको छ ।
कुलपति तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्य र विश्वविद्यालयका बोर्डअफ गर्भनरका अध्यक्ष ईश्वर पोखरेलको बिशेष उपस्थिमा बिहिवार विराटनगरमा मनमोहनले विभिन्न महत्वपूर्ण प्रस्ताव पारित गर्दै आफ्नो तेस्रो परिषद सभा सम्पन्न गरेको हो ।
सभाले हेल्थ केयर एण्ड हस्पिटल म्यानेजमेन्ट तर्फ स्नातोकोत्तरको कोर्ष सञ्चालन गर्ने, बायोमेडिकलतर्फ स्नातक तहको पाठयक्रम निर्माण गरेर पठनपाठन सुरु गराउने, प्राकृतिक चिकित्सा सम्बन्धि स्नातक तहको पाठनपाठन सुरु गराउने, स्नातोकोत्तर तह अन्तर्गत स्ट्रक्चरल ईन्जिनियरिङग कोर्ष सञ्चालन गर्र्र्नेबारे स्वीकृत प्रदान गरेको रजिष्ट्रार डा दिलनाथ फुँयालले बताए ।
रजिष्ट्रार फुँयालका अनुसार सभाले स्नातक तहको सूचनाप्रबिधि कोर्ष निर्माण गरि पठनपाठन गराउन र विदेशी विज्ञहरुलाई बोलाएर पठनपाठन गराउनका लागि विश्विद्यालयबाट स्वीकृत प्रदान गरेको छ । यसैगरि सभाले आर्थिक बर्ष २०८०।०८१ को बजेट पनि सर्वसम्मतले पारित गरेको छ । विश्वबिद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरुको सेवाका शर्त र सुबिधा सम्बन्धि नियमावली पारित गर्नुका साथै स्वास्थ्य संकायतर्फ अध्यन गर्ने बिद्यार्थीहरुका लागि चिकित्सा आयोगको नीति अनुसार ७५ प्रतिशत छात्रबृत्ती उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसैगरि विश्वविद्यालयले आफ्नै आर्थिक कोष बनाउने अनुमति पनि सभाबाट प्राप्त गरेको छ । आफ्नै अस्पताल नहुँदा मनमोहनले अझै स्वाथ्यतर्फका कक्षाहरु सञ्चालन गर्न नसकेकालेले आफ्नै अस्पताल उपलब्ध गराउन प्रदेश सरकारसँग सभाले माग पनि गरेको छ ।
२०७६ सालमा कोशी प्रदेश सरकारले प्रदेश सभाबाट कानुन बनाएर २०७८ देखी पठनपाठन सुरु गरको देशकै पहिलो मनमोहन प्राविधिक विश्वबिद्यालयमा हाल ईन्जिनियरिङ, मेडिकल एण्ड एप्लाईड एण्ड हेल्थ साईन्स र साईन्स एण्ड टेक्नोलोजी लगायत ३ वटा स्कुल स्थापना भएका छन् । जसमध्ये हासम्म ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिोनिक्स एण्ड ईलेक्ट्रिोनिक्स र मेडिकलतर्फ विफार्मेसीको कक्षा सञ्चालन भैसकेका छन् । चालु शैक्षिक सत्रदेखी नै नेचुरोप्याथी, पब्लिक हेल्थ र हस्पिटल म्यानेजमेन्ट सम्बन्धि स्नातक तहको कक्षा पनि सञ्चालन भैरहेको छ ।

संघीयताप्रति संघीय सोच नै बाधक–उपकुलपति कार्की


सभालाई सम्बोधन गर्दै मनमोहन विश्वबिद्यालयका कुलपति तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लामो अध्ययन र छलफलपछि देशकै पहिलो प्राविधिक विश्वबिद्यालय स्थापना गर्न सफल भएको र हालसम्मको प्रगती पनि सन्तोषजनक रहेको बताए । उनले सिमित बजेट भएपनि मितव्ययिता अपनाएर विश्वबिद्यालय सञ्चालन गर्न प्रदेश सरकार सफल भैरहेको र भविष्यमा अझै प्रभावकारी ढंगले सञ्चालन गर्न प्रतिबद्धता जनाए । उनले मनमोहन प्रदेशको मात्र नभएर देशकै गौरव भएकोले यसले आफनो रणनीति अनुसार अन्तर्राष्ट्रिय तहमा ख्याती प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गरे । तर उनले संघीयताबारे संघको बुझाई अझै सकारात्मक नभैसकेकोले विश्वविद्यालयले गर्ने आपेक्षाकृत प्रगतीमा बाधा पुगिरहेको बताए । उपकुलपति कार्कीले भने,‘अझै देशको हिमाल र पहाडमा प्राविधिक शिक्षाको टडकारो खाँचो छ तर संघीयाप्रति संघीय सोच नै बाधक भैरहेकोले आपेक्षाकृत प्रगती हुन सकिरहेको छैन ।’

मनमोहन बिशिष्टकृत रुपले अगाडी बढ्नुुपर्छ – अध्यक्ष ईश्वर पोखरेल


विश्वबिद्यालय बोर्ड अझ गर्भनरका अध्यक्ष ईश्वर पोखरेलले स्वर्गीय लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीको शिक्षाको सपना पूरा गर्न ११ बर्ष अघि स्थापना भएको मनमोहन स्मृति शिक्षालय हाल विश्वबिद्यालयमा स्तरोन्नती भएकोमा आफूलाई गर्व लागेको बताए । उनले प्राविधिक शिक्षालाई गुणस्तरीय बनाउन पूर्वाधार निर्माण र आर्थिक आत्मनिर्भरतातर्फ विश्वबिद्यालयले चासो दिनुपर्नेमा जोड दिए । अध्यक्ष पोखरेललले भने, ‘अझै देशमा शिक्षा र स्वास्थ्य मौलिक हकका रुपमा कार्यान्वयनमा आउन सकेको छैन यसैले मनमोहन बिशिष्टिकृत रुपमा आफनो लक्ष्यमा अगाडी बढनुपर्छ ।’

मनमोहनमा पानी परिक्षण गर्ने मेघा ल्याव र अर्न टु लर्न र ईचवान टिचवान कार्यक्रम


उपकुलपति डा सुवाषश्री पोखरेलले मनमोहन विश्वबिद्यालयले विद्यार्थीलाई आफै कमाएर पढने अवसर सृजना गराउनका लागि ‘अर्न टु लर्न’ र पढिरहेका बिद्यार्थीहरुले तल्लो तहका बिद्यार्थीलाई पढाउने अवसर सृजना गर्न ‘ईचवान टिचवान’ कार्यक्रम सुरु गरेको जानकारी गराए । यसैगरि हाल भौतिक सामग्रीको गुणस्तर परिक्षण गर्दै आएको मनमोहनको ईन्जिनियरिङ प्रयोगशाला झै खाद्यतर्फ पानी परिक्षण गर्ने मेघा ल्याव पनि सुरु गर्न लागेको जानकारी गराए ।
उपकुलपति पोखरेलका अनुसार २०७६ मा स्थापना भएर २०७८ देखी पठनपाठन सञ्चालन गर्न थालेको मनमोहनले दश बर्ष भित्र तीन वटा स्कुल अन्तर्गत विभिन्न २७ वटा बिषयमा स्नातकदेखी बिद्यावरिधी सम्मको पठनपाठन गराउने दश बर्ष योजना बनाएको छ । उक्त योजना अनुसार दश बर्षपछि मनमोहन प्राविधिक विश्वविद्यालयबाट हरेक बर्ष २ हजार बढी बिद्यार्थी दिक्षित हुनेछन् । साथै दश बर्ष भित्र मनमोहन दक्षिण एसियामा चिनिएको अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रुपमा परिचित हुनेछ ।

cinete dr suwash shree mtu sabha udghatan ishwir pokhrel

 

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]