नेपाली विद्यार्थीलाई दक्षिण कोरियामा पढ्दै कमाउने अवसर

  • कार्तिक ३, २०८० / नेपाल रेखा
alt

इटहरी । नेपालमा कृषि अध्ययनरत विद्यार्थीले दक्षिण कोरियामा ‘पढ्दै कमाउदै’ को अवसर पाउने भएका छन् ।
सुनसरीको रामधुनीमा रहेको जीविका कृषि विज्ञान कलेज र दक्षिण कोरियाको सोलमा रहेको नेपाल कल्चर सेन्टरबीच कृषि क्षेत्रमा शिक्षा, तालीम तथा प्रविधि हस्तान्तरणका विषयमा सम्झौता भएसंगै नेपाली विद्यार्थीका अगाडी पढ्दै कमाउदै गर्ने अवसर आएको हो ।
जीविका कृषि सहकारी संस्था लि.द्वारा संचालित कृषि कलेजका तर्फबाट तेजबहादुर ढकाल र दक्षिण कोरिया स्थित नेपाल कल्चर सेन्टर निर्देशक ह्वाङ्ग क्युहोले कृषि शिक्षा बिषयमा अध्ययनरत विद्यार्थीहरुको वृत्ति विकासमा सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा नेपाली विद्यार्थीलाई कोरियामा पढ्दै कमाउदै कार्यक्रम मार्फत इन्टर्नसीप, टप अप र उच्च शिक्षाका लागि आवश्यक सहयोग गर्नुका साथै ज्ञान, सिप, प्रविधि आदान प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । त्यसैगरि, नेपालको कृषि क्षेत्रको व्यवसायिक विकासका लागि उपाय खोज्ने पनि दुई पक्षबीच सहमति भएको छ ।
रामधुनी–६ मा रहेको कलेज परिसरमा फार्मर स्कूल पनि संचालन गरिएको छ । फार्मर स्कूललाई सिटिइभिटिले सम्वन्धन दिएको छ । जिविका कृषि कलेज भने कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हो । दुई पक्षबीच भएको यस्तो सम्झौताले जीविका कृषि विज्ञान कलेज र नेपालको समग्र कृषि क्षेत्रको व्यवसायिक विकासमा योगदान हुने कलेजका संचालक सदस्य शिवकुमार डाँगीले बताए ।

Jibika

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]