इटहरी । मोटरसाईकलका पारखी युवाहरुलाई लक्षित गरी यामाहा कम्पनीको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाल भित्र्याएको न्यू एफजेड एफआई भर्सन मोटरसाईकलको इटहरीमा विक्री सुरु भएको छ ।
यामाहा कम्पनीका मोटरसाईकल तथा स्कुटरहरु विक्री गर्दै आएको तिरुपति अटो सिटी इटहरीले न्यू एफजेड एफआई थ्रि भर्सनको बाइकको विक्री सुरु गरेको हो । पुर्व क्षेत्रका ग्राहकहरुलाई लक्षित गरि तिरुपति अटोसिटीले भित्रयाएको नयाँ बाइकको सार्वजनिकरण उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको प्रमुख आतिथ्यमा गरियो । सो अवसरमा तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले एफआई थ्रि भर्सन रहेको नेपाली बाटो सुहाउदो भएको बताए । यो बाइकमा डबल डिक्स ब्रेक रहेको एफआई थ्रि भर्सनमा कम्पनीले थप अपडेट गरेर बजारमा ल्याएको र १ सय ५० सिसीको यो वाइकले ४५ किलो मिटर भन्दा वढी फियूल माइलेज पराजुलीले दिने जानकारी गराए ।
यामाहा कम्पनीको नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजका नेशनल मेनेजर दीपक रौनियारले कम मूल्यमा कम्पनीले राम्रो बाइक उपलव्ध गराएको जानकारी दिए ।
न्यू एफजेड एफआई थ्रि भर्सनको बाइकको विक्री शुभाराम्भ कार्यक्रममा नागरिक समाज इटहरीका पुर्व अध्यक्ष सन्तवहादुर डुम्जन लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।