सुनसरी सेन्ट जेभियर्समा अभिभावक दिवस मनाउदै पुरस्कार वितरण गरियो

  • फागुन ८, २०८० / नेपाल रेखा
alt

इटहरी । सुनसरी सेन्ट जेभियर्स सेकेण्डरी इंगलिस स्कुल इटहरीले विविध कार्यक्रमको आयोजना गरी २५ औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।
स्कुलका संस्थापक प्रिन्सिपल कविन्द्र मण्डलको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख द्रोणप्रसाद दाहालको प्रमुख आथित्यमा अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न शैक्षिक तथा प्रविधिका सामाग्रीहरु वनाएर प्रदर्शन गरेका थिए भने बिभिन्न सांस्कृतिक कार्यक्रम सहित प्रहसन पनि विद्यार्थीहरुले देखाएका थिए । सोही अवसरमा इटहरी क्षेत्रमा सामाजिक विकासमा योगदान पुर्याएको भन्दै राजकुमार तामाङ्ग र राजु केसीलाई सम्मान गरियो ।
अभिभावक दिवसमा सहभागी अभिभावकहरुलाई नै प्रतिस्पर्धी बनाएर म्युजिकल चेयर र हाजिरी जवाफ प्रयोगिता समेत आयोजना गरियो । त्यसै गरी शैक्षिक तथा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरियो । कार्यक्रममा नागरिक समाज इटहरीका पूर्व अध्यक्ष तथा राजा क्लवका अध्यक्ष सन्तबहादुर डुम्जन, प्याब्सन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र दाहाल, समाजसेवी कमल राई लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।

SSXB 2

 

आज महाअष्टमी पर्व मन ...

काठमाडौँ।आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी प ...

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]