मनमोहनले कर्मचारीहरुलाई सपथ ग्रहण गरायो

  • कार्तिक २४, २०८० / नेपाल रेखा
alt

आषिका लम्साल
विराटनगर । देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले शिक्षक र कर्मचारीहरुलाई सपथ ग्रहण गराएको छ ।
प्राविधिक विश्वविद्यालयले आफ्नो सेवा बिस्तारका लागि स्थायी र नयाँ नियुक्त भएका बढुवा भएका २७ जना शिक्षक र कर्मचारीहरुलाई आफन्तको उपस्थितीमा नियुक्ति प्रदान गरि सपथ ग्रहरण गराएको हो ।
मोरङ बुढीगंगा गाउँपालिका–४ हात्ती मुढामा रहेको विश्वविद्यालयको केन्द्रिय कार्यालयमा बिहीवार आयोजना भएको सपथग्रहण कार्यक्रममा स्थायी र बढुवा हुने २१ जना र खुल्लाबाट पदपूर्ति भएका ६ जना नयाँ अधिकृतहरुले नियुक्तिपत्र लिएर आफन्तको उपस्थितीमा सपथ लिए । सपथ कार्यक्रममा सबै कर्मचारीहरुले आफुहरु ऐन नियम र अनुशासनको पालना गर्दै विश्वविद्यालयको दत्तचित्त भएर सेवा गर्ने प्रतिबद्धता जनाए ।
स्थायी हुने र बढुवा भएका अनि नयाँ पदपूर्ति भएका सबै कर्मचारीहरुलाई विश्वविद्यालयका राजिष्ट्रार डा दिलनाथ फुँयालले नियुक्तिपत्र प्रदान गरि सपथ ग्रहण गराएका थिए ।
सपथ समारोहमा पूर्व समाजिक विकासमन्त्री तथा विश्वविद्यालयका संरक्षण समिति सदस्य जिवन घिमिरे, संरक्षण समिति सदस्य सत्यनारायण चौधरी विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल लगायतले कर्मचारीहरुले प्रतिस्पर्धी र सृजनशिल बनेर काम गर्न सकेमात्र विश्वविद्यालयको दु्रत रुपमा स्तरोन्नती हुनसक्ने बताए । उनीहरुले देशकै पहिलो प्राविधिक विश्वविद्यालयले छोटो समयमा सिमित बजेट र कर्मचारीको अभाव झेलेर भएपनि उल्लेख्य प्रगती गर्न सफल भएको र कर्मचारीहरुको सहयोगले केही बर्षमै मनमोहन दक्षिण एसियामा चिनिएको विश्वविद्यालय हुनसक्ने आशा ब्यक्त गरे । उपकुलपति डा सुवासश्रीले तिहार लगत्तै थप २० जना कर्मचारीहरु नियुक्त हुने र त्यसपछि केन्द्रिय कार्यालयको काम प्रभावकारी ढंगले अगाडी बढने बताए ।
मनमोहन प्राबिधिक विश्वविद्यालय कोशी प्रदेश सरकारले २०७६ सालमा स्थापना भएको देशकै पहिलो विश्वविद्यालय हो । यस विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ्ग, स्कुल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कूल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज सञ्चालनमा छन् । विश्वविद्यालयमा हाल स्नातक तहको सिभिल र इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग अनि स्नातक तहको मेडिसिन एण्ड एलाइड हेल्थ साईन्सेजतर्फको कक्षा सञ्चालन भैरहेको छ । यो विश्वविद्यालयले चाँडै प्राकृतिक चिकित्सा र आर्टिफिसियल मेडिकल टेक्नोलोजी र अस्पताल मनेजमेन्टबारेको स्नातक तहको कक्षा सञ्चालन गर्ने तयारी पनि पुरा गरेको छ । यो विश्वविद्यालयको मनमोहन पोलिटेक्निक नामको आफनै आंगिक शिक्षालय पनि रहेको छ ।
यो विश्वबिद्यालयले तीन वटा स्कूलहरु अन्तर्गत दश वर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारधी (पिएचडी) गरी २८ वटा विभिन्न विषयहरु सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
मनमोहनले सूचना प्रविधि, मेडिकल ल्याबोरोटरी टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, स्ट्रक्चरल इन्जिनियरिङ्ग, पावर सिस्टम इन्जिनियरिङ्ग, इन्भाइरोमेन्टल हेल्थ एण्ड सेफ्टी, नेचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड डेभलप्मेन्ट, हेल्थ पोलिसी, इनोभेसन एण्ड म्यानेजमेन्ट, बायोमेडिकल, मेकानिकल, अटोमोबाइल, एग्रीकल्चर, अप्टोमेट्री, होटल म्यानेज्मेन्ट, ट्रान्सपोर्टेसन, टनेल ईन्जिनियरिङग लगायतका विभिन्न बिषयमा पठनपाठन गराउदै जाने योजना तयार पारेको छ ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]