इटहरी । स्वदेशमै स्वरोजगारी सिर्जना उद्देश्यले संचालन गरिएको इटहरी कृषि फार्म प्रा.लि.मा आधुनिक खोर निर्माण गरि कुखुरा तथा खसी, बोका पालनलाई व्यवस्थित गरिएको छ ।
सुनसरीको इटहरी–७ बज्राहमा संचालित फार्मको आधुनिक खोरमा उन्नत जातका १० बोका र १ सय ११ बाख्रा पालन गरिएको छ । मासुको लागि खसी, बोका पालन, पाठापाठी उत्पादनका लागि बोका–बाख्रा पालिएको फार्मका व्यवस्थापक निर्मल श्रेष्ठले बताए । उनले फार्मबाट आफूसहित ७ जना स्वरोजगार भएको बताए । श्रेष्ठका अनुसार फार्ममा उन्नत जातका बाख्रा खरिद गरि ल्याइएको छ । फार्म संचालनको लागत १ करोड २ लाख ८० हजार रहेकोछ । यसकालागि नेपाल बंगलादेश बैंकबाट ३० लाख ८४ हजार ऋण लिइएको श्रेष्ठले जानकारी दिए ।
फार्ममा ५ हजार लोकल कुखुरासमेत पालन गरिएको छ । त्यसबाट दैनिक ३ सय केजी मासु बजार पठाइरहेको श्रेष्ठले बताए । दशैं, तिहारजस्ता ठुला चाडवाडमा मासुको माग बढ्ने संभावना रहेको श्रेष्ठले बताए ।
यो फार्मले इटहरी–६ आइतबारेमा मासु बिक्री कक्ष पनि संचालन गरिरहेको छ । पिके पोल्ट्री सप्लायर्स नामबाट संचालित मासु बिक्री कक्षमा हांस, लोकल कुखुरा, कडकनाथ कुखुरा, खसी, बोकाको मासु पाइने संचालक निर्मल श्रेष्ठले बताए । श्रेष्ठका अनुसार होम डेलीभरीको सेवा छ । साथै चल्ला र दानको पनि यहाँबाट बिक्री गरिन्छ । तपाईंलाई मासु खान मन लागेको छ, पाहुनाको स्वागत सत्कारमा मासुका परिकार बनाउनु छ, तपाई कामको चापाचापले व्यस्त हुनुहुन्छ भने पि.के. पोल्ट्री सप्लायर्सको फोन नम्बरहरु – ०२५–५८५५७०, ९८५२०४८९७२, ९८४२०३७१७८ मा फोन गर्नुहोस् घरमै यस सप्लायर्सले मासु उपलब्ध गराउनेछ ।