जनक पाण्डेमोरङ्ग / पथरी–शनिश्चरे नगरपालिका अन्तर्गतको ५ नं. वडा पालिकाको बजेट बाहेक नै वडाबासी आफूहरुले जुटाएको आन्तरिक स्रोतको सदुपयोग गर्दै थप अतिरिक्त बिकाश निर्माण कार्यमा जुटेका छन् । दाताहरुको सहयोग लगायत अन्य सामाजिक सहयोगबाट प्राप्त आन्तरिक स्रोतबाट नै अतिरिक्त योजनाहरु सम्पन्न गर्ने लक्ष्य सहित वडामा छनौट भएका स्थानहरुमा सामुदायीक भवन र चिल्ड्रन पार्क बनाईने पथरी शनिश्चरे नगरपालिका, ५ नं. वडाका अध्यक्ष जोगबहादुर धिमालले बताउनुभएको छ । त्यस्तै बक्राहानदी शव दाहसंस्कार घाटमा मलामी प्रतिक्षालय पनि निमार्ण गरिने अध्यक्ष धिमालले जानकारी दिनुभएको छ । २०७३ सालमा आयोजना गरिएको श्री मद
धिरेन्द्र चौधरी, सुुनसरी । साबिक भासी, सिंगिया, बक्लौरी र डुम्राहा गाबिस समायोजन भइ बनेको रामधुनी नगरपालिका को ५ नं. बडा आफ्नो वडाको बिकाशका लागि प्रतिस्पर्धि भएर लागि परेको छ । मनै देखी लागि पर्दा कुुनैपनि बिकाश निर्माण कार्य असम्भव नहुुने मान्यताका साथ ५ नं. वडाले आफ्नो बिकाश निर्माणकार्यलाई गति दिईरहेको छ । वडावासी लाई साथमा लिएर काम गरेकैले बिविध बिकाशमा वडाले सफलता पाईरहेको पनि वडा अध्यक्ष डेगराज फुयाल बताउनुु हुुन्छ । नगरमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरका २,४,५, ७ र ९नम्बर वडा कार्यालयहरु भाडा घर बाट संचालन हुँदै आएपनि ५ नं. वडा कार्यालय अहिले आफ्नै भवनबाट कार्य सम्पादन गरिरहेको छ
इटहरी / सुनसरीको रामधुनी नगरपालिका १ का केसीलाल चौधरी; झुम्का खानेपानी तथा सरसफाइ मुल उपभोक्ता समितिको अध्यक्ष हुनुहुन्छ । सामाजिक सेवाको क्षेत्रमा सँधै सक्रिय रहने चौधरी विभिन्न संघ र सस्थामा समेत आबद्ध रहँदै आउनुभएको छ । दाना ग्रामीण बचत तथा ऋण सहकारी सस्थामा उपाध्यक्ष, रेडक्रस सोसाइटी झुम्काका आजिबन सदस्य, थारु कल्याणकारीणि सभा सुनसरीका केन्द्रिय पार्सद, झुम्का बहुउद्देश्यीय सहकारी सस्थाको शिक्षा समिति सदस्य लगायत स्थानीय स्तरमा विभिन्न बिकास निर्माण समितिहरुमा सक्रिय रही चौधरीले काम गर्दै आउनु भएको छ । साबिक सुनसरीको भासी गाबिस बाट जनप्रतिनिधिको रुपमा स्थानीय वडा अध्यक्ष पदमा निर्वाचित भ
जनक पाण्डे/हसन्दह । मोरङको पथरी–शनिश्चरे नगरपालिकाको वडा नम्बर ६ ले वडाबासीको आयआर्जन बृद्धि गर्ने गरि वडाका योजना र कार्यक्रमहरु अघि सारेको छ । बडावासीको आम्दानीको स्रोत फराकिलो बनाउन कृषि, शिक्षा, स्वास्थ्य लगायत स्वरोजगार कार्यक्रमलाई आफ्नो योजनाको प्राथमिकतामा राखेको वडाले कृषि पेशालाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्य सहित आफुले काम गरेको पथरी–शनिश्चरे ६ नं. वडा अध्यक्ष जयबहादुर तामाङ्ग बताउँछन् । पथरी–शनिश्चरे ६ नं. वडाले वडामा बाटो, घाटो भौतिक पूर्वाधार निर्माण र बिस्तारको काम सम्पन्न गर्दै वडालाई नगरको सडक सञ्जालमा जोडेर अत्यावश्यक साधन एम्वुलेन्स दमकल
नेपालरेखा / नगरबासी कृषकहरुको आयमा बृद्धि गर्दै आत्मनिर्भर बनाउन, कृषि प्रवर्धन र प्रोत्साहनका लागि पथरी शनिश्चरे नगरपालिकाले बिभिन्न कार्यक्रम सहित अनुदानका कार्यक्रम, उन्नत जातका बिउबिजनको बितरण, पशुपालक कृषकका लागि बिभिन्न जातका घाँसका बिउ, औसधी खोप, बिभिन्न कृषि औजार, पानीको आपूर्तिका लागि बोरिङ्ग पाइप, मोटर समेत बितरण गर्ने गरेको छ । नगरको संमुन्नत बिकाश र सम्बृद्धिका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा पूर्वाधार निर्माण लगायतका योजना कार्यक्रमहरुमा काम गर्दै आएको पथरी–शनिश्चरे नगरपालिकाले यूवा स्वरोजगार र जेष्ठ नागरिक बिषेश स्वास्थ्य सेवा कार्यक्रम समेत संचालन गर्दै आएको छ ।
पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । नेपालमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटन, ग्रामीण पर्यटन जस्तै कैयौँ आयामहरु पर्यटन क्षेत्रमा छन् । तर पनि हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । हाम्रो सम्पदा भित्र रहेका पर्यटनको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ । ग्रामीण पर्यटनका बलिया आधार मानिने पर्या–पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक
नेपालरेखा / इटहरी । संघीय र प्रदेश सरकार स्तरका योजना र बजेट आउन ढिलाई हुदा त्यसको असर स्थानीय तहमा पर्ने गरेको छ । संघ र प्रदेश स्तरबाट आउने योजना र बजेटमा आलटाल, ढिलासुस्ती हुदा बिगतमा स्थानीय तहहरुले बनाउने योजना र बजेट नै प्रभावित भएका छन् । सुनसरीको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेले संघीय र प्रदेश सरकारले रकम ढिलो पठाउदा योजना सम्पन्न गर्न कठिनाई उत्पन्न हुने बताएका छन् । ‘आर्थिक बर्ष अन्त्य हुन लाग्दा स्थानीय तहमा माथिका योजना बजेट आईपूग्छ अनि कसरी हामीले समयमा काम सम्पन गर्ने ?’ न्यौपानेले गुनासो पोखे– समयमा काम नसके दोष स्थानीयत
“जेष्ठ नागरिकको घर घरमा पथरी शनिश्चरे नगरपालिका भन्ने नारालाई” आत्मसात गर्दै पथरी नगरले जेष्ठ नागरिकलाई निशुल्क एम्वुलेन्सको सेवा प्रदान गरेको छ । साथै प्रत्येक ३ महिनामा निशुल्क घरदैलोमा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम समेत लागु गरिएको जानकारी दिदै अन्तमा उपप्रमुखले नगरवासीलाई संदेसमा भन्नुभयो– “हामीलाइ कोभिड १९ ले दुःख दिएको छ, आउदै गरेको हामी नेपालीहरुको महान पर्व दँशै, तिहार र छटपर्वमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्वहरु मनाउनुहोला, शुभ–कामना छ । जनक पाण्डे/ईटहरी । आफ्नो नगरको समुन्नत बिकाशका लागि सबैले ईमान्दार र प्रतिस्पर
इटहरी । सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर १ को भवन निर्माण कार्य कोरोनाकाकारण प्रभावित बनेको छ ।७० प्रतिशत निर्माण कार्य भएपनि बाँकी ३० प्रतिशत काम कोरोनाकाकारणले अघि बढ्न नसकेको सोही गाउँपालिका १ नम्बर वडा अध्यक्ष श्याम गुरुङ्गले बताउनु भयो । नेपालमा लक डाउन सुरु हुनुभन्दा एक महिना अघि ७८ लाख लागतमा ५ कोठे भवन निर्माण कार्य थालिएको थियो । कोरोनाको कारण निर्माण मजदुर परिचालनमा कठिनाई उत्पन्न भइ हाल सो भवन निर्माण कार्य स्थगित भएको छ । यतिबेला मासिक १२ हजारमा ४ कोठा भाडामा लिएर बर्जुको शुक्रबारे बजारमा वडा कार्यालय संचालन हुदै आएको छ ।वडा अध्यक्ष गुरुङ्ग अवस्था सहज भएपछि निर्माण कार्य पूरा