इटहरी उपमहानगरद्वारा कृषकहरुलाई बोयर बोका वितरण

  • असार ११, २०७८ / नेपाल रेखा
alt

इटहरी । इटहरी उपमहानगरपालिकाले २१ वटा क्रस बोयर जातका बोका वितरण गरेको छ ।
शुक्रबार एक कार्यक्रमकाबिच इटहरी उपमहानगर उपमेयर लक्ष्मी गौतमले कृषक समूहरुलाई बोका बितरण गर्नुभएको हो । इटहरी उपमहानगर कार्यालयका प्रमुख प्रशासकीय अघिकृत सूर्यप्रसाद सुवेदी, वडा नम्वर ३ का वडाध्यक्ष बालकृष्ण बिष्ट र वडा नम्वर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीको समेत उपस्थितिमा क्रस बोयर जातका बोका वितरण गरिएको हो ।
इटहरी उपमहानगरपालिका पशुपक्षि शाखा प्रमुख दुर्गा श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत कृषि फर्महरुलाई १३ वटा बोका ७५ प्रतिशत अनुदानमा बितरण गरिएको हो ।
अरु बोका बाख्रा पकेट कार्यक्रम लागु भएको इटहरी–१८ को सिहंदेवी कृषि शहकारी संस्थामा आवद्ध कृषि समूहलाई वितरण गरिएको हो । यसमा कृषकको ३३ प्रतिशत लागत साझेदारी रहेको छ । त्यहाँका कृषकहरुलाई केहि दिन भित्रैमा सय वटा बोयर जातका पाठी वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
शुक्रबार बितरित बोकाको मूल्य ५० हजार देखि १ लाख ५० हजार सम्म रहेको छ । गत वर्ष बितरित बाख्राबाट जन्मिएको ६ महिनाको एउटा पाठो ६५ केजीको भएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

205446341_336567597863514_2064034817981805767_n 207102594_1191619914643239_2681310896904252250_n 205900324_159884722856778_3627191856624495690_n

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]