दुहबी–इनरुवा सडक खण्ड फराकिलो बनाउन स्थानीयद्वारा नगरपालिकालाई दबाब

  • असार २४, २०७९ / नेपाल रेखा
alt

प्रेम गिरी
दुहबी । सुनसरीको दुहबी–इनरुवा क्षेत्रीय मार्ग सडक खण्ड जिर्ण र साँघुरो भएको भन्दै तत्काल निर्माण तथा बिस्तार गर्न संघिय र प्रदेश सरकारलाई दबाब दिनको लागि दुहबी र इनरुवाको संयुक्त दबाब समितिको बृहत भेला दुहबीमा सम्पन्न भएको छ । दुहबीको साह सेवा समितिको भवनमा भएको संयुक्त भेलाले दुहबी संयोजक र सचिवालय सदस्यहरु गठन गर्दै भेला सम्पन्न गरेको थियो ।
मुल समितिका संयोजक गोबिन्दप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त बृहत भेलाको प्रमुख अतिथि दुहबी नगर प्रमुख बेदनारायण गच्छादारले आज भन्दा २३ बर्ष पहिला पूर्व मन्त्री बिजयकुमार गच्छादारले निर्मण गरेको उक्त सडक तत्कालिन बस्ती र सवारी साधनको चापलाई थेग्ने भएपनि समयक्रम संगै घना बस्ती बिकास र साना तथा ठुला मालबाहक सवारी साधनको चापलाई थेग्न नसकी अत्यन्तै जिर्ण र साँघुरो भएको हुदा दैनिक सवारी दुर्घटनामा ज्यान जाने गरेको साथै खतरायुक्त बन्दै गएको हुदा यसको बिस्तार अनिवार्य रहेकाले आफ्नो ऐक्यवद्धता रहेको जनाएका छन् ।
दुहबीमा बर्सेनि डुबानको समस्या आउने हुंदा सडक बिस्तार नगरि नाला निर्माण नहुने र नाला नबनी निकास नहुने हुंदा डुबान मुक्त र दुर्घटना मुक्त सहज जिबनयापनकालागि पनि सडक निर्माण आवश्यक रहेको बताउदै गच्छादारले २०७३ को सडक मापदण्ड अनुसारकै बन्नु पर्नेमा जोड दिए । दुहबीको सडकले गर्दा आफ्ना सहकर्मी अन्य पालिका प्रमुखसंग मात्रै होइन देशी, बिदेशी नियोगका प्रतिष्ठित व्यक्तिहरु सग भेट्दा र उनीहरुले दुहबीको सडकको दुर्दशा उठान गर्दा आफू निरुत्तर भएर हिड्नुपर्ने अवस्था आइपरेको हुदा २०५४ को मन्त्रीपरिषद्को निर्णयले दुहबी कुरुप भएको जिकिर गर्दै नगरप्रमुख गच्छादारले यसलाई नसच्याइ बिल्ड अप एरियाभित्र सडक विस्तार हुन नसक्ने सम्भावना रहेकोप्रति चिन्ता ब्यक्त गरेका थिए ।
उनले दुहबी–इनरुवा सडक खण्ड मर्मतका लागि प्रदेश सरकारसंग पहल गरि १ करोड पार्न सफल भएपनि यो पर्याप्त नहुने र थप बृहत योजना पारि सधैको लागि समाधन खोज्नु पर्ने बताएका थिए । स–साना बखेडा झिकेर बिकास बिरोधि गतिबिधि नगर्न समेत सबैमा आग्रह गरेका थिए ।
उक्त भेलामा दुहबी वडा नम्बर २, ३, ५, ९ र १० का वडा अध्यक्षहरु क्रमशः अरबिन्द बिश्वास, माधव भण्डारी, रमेश रौनियार, मेहेदि हुसैन र तुलाराम माझीले सडक अत्यन्तै जिर्ण र भयावह रहेको हुंदा सडक निर्माणका लागि गठित दबाव समितिलाई साथ दिने ऐक्यवद्धता प्रकट गरेका थिए । सोहि क्रममा दुहबीबाट संयोजक चितनारायण चौधरी र सहसंयोजक लधुराम माझीसहित थप ५ जनाको सचिवालय सदस्य गठन गरिएको थियो ।
कार्यक्रममा दबाब समितिका संयोजक गोबिन्दप्रसाद पोखरेलले भौतिक पूर्वधार तथा सहरी बिकास मन्त्रालयमा बुझाएको ज्ञापन पत्रको बोधार्थ दुहबी नगर प्रमुख बेद गच्छदारलाई हस्तान्तरण गरेका थिए । गत असार ६ गते पहिलो पटक इनरुवामा हस्ताक्षर संकलन गरि सुरु भएको दवाब समितिले कुनै सर्तमा पनि पछि नहट्ने जनाएको छ ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]