स्वरोजगार हुन चाहने युवाहरुलाई सिराहा नगर प्रमुखले कार्यालयमा बोलाए

  • असार २७, २०७९ / नेपाल रेखा
alt

दीपक कार्की
सिराहा । मुलुक संघीयतामा गएपछि दोस्रो पटक सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आफूले निर्वाचनको समयमा जनता सामु गरेका बाचाहरु पुरा गर्ने अभियानमा सक्रियता बढाउन थालेका छन् । सिराहा नगरपालिकाका नगरप्रमुख डा.नवीनकुमार यादव निर्वाचित भएर आएसंगै नगर क्षेत्रमा भएका कामहरुको स्थलगत निरीक्षणसंगै आवश्यकताका कामलाई प्राथमिकीकरण गर्ने अभियानमा जुटेका छन् ।
सिराहा नगर प्रमुख डाक्टर नवीनकुमार यादव नगर माताहतका कार्यलयबाट प्रवाह हुने सेवाको अवस्था र नगरवासीको अवस्थाबारे बुझ्ने क्रममा आफ्नो घर पनि आएको स्थानीय देवेन्द्रकुमार पासवानले बताएका छन् ।
नगरप्रमुख यादवले वडा स्तरबाट हुने बिकासका काम कारवाहिलाई चुस्त दुरुस्त रुपमा संचालन गर्न सम्बन्धित वडा अध्यक्षहरुलाई आग्रह गरेका छन् । यादवले नगरवासीलाई स्थानीय सरकारको प्रत्याभूति हुने गरी सेवा प्रवाह गर्न सम्बन्धित वडा प्रतीनिधिहरुलाई आग्रह गरेका हुन् । सिरहा नगरपालिकाकोे विकासमा धेरै चुनौति रहेको बताउँदै उनले चुनौतिहरूको सामना गर्दै समृद्ध नगरको निर्माणका लागि आफू प्रतिबद्ध रहेको जानकारी दिए । उनले गाउँमै गएर स्थानीय युवाहरुलाई स्वरोजगारतर्फ प्रोत्साहन गर्ने हेतुले प्रभावकारी योजना लिएर नगरपालिका आउन आग्रह समेत गरे । शिक्षा, स्वास्थ्य, किसानकालागि सहजीकरण सामाग्रीको उपलब्धता, सौन्दर्यकरण, बसपार्क लगायत जनताका आसा अपेक्षाका विषयमा केन्द्रित रहि नगरको काम अगाडी बढाइने उनले बताए ।
आफ्नो बहुमत नभएता पनि सहज वातावरणमा एक भएर काम गरि विभिन्न मन्दिरमा मूर्ति र आवश्यक पूर्वाधार व्यावस्थापन गरि धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गरिने समेत उनले जोड दिए । वर्षको समयमा कमला नदीमा आउने बाढीका कारण सिराहा नगरपालीका डुवानमा पर्ने गरेको तर्फ मध्यनजर गर्दै आगामी दिनमा नदी क्षेत्रमा तटबन्ध निर्माण गर्न सम्बन्धित निकायसँग पटक–पटक खवरदारी गरिरहेको र नदीमा छिटै नै तटबन्ध निर्माण गरिने विश्वास व्यक्त गरे । फोहोरबाटै मोहोर व्यावस्थापनका लागि आवश्यक प्रकृया अगाडि बढिसकेको पनि उनले जानकारी गराए । नगरका २२ वटै वडामा सुझाव कल सेन्टरको स्थापना गरी नगरवासीका सुझाव,गुनासो र सल्लाहालाई नगरसमक्ष प्रत्यक्ष जोड्नेप्रति पनि नगर प्रमुख यादवको जोड रहेको छ ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]