नपालरेखा/इटहरी । पर्यटन क्षेत्रमा प्रवद्र्धनका लागि सहजता थप्न प्राईड हस्पीटालिटी प्रा.लि.ले होटल ब्यावशाय र यसका सेवाग्राहीको सुबिधाको लागि अनलाईन मार्फत होटल बुकिङ्ग र भूक्तानिको सेवाको लागि प्राईड क्लिक्स नामक एप्लीकेशन लन्च गरेको जनाएको छ ।
होटल ब्यावशायीहरुका लागि होटल ब्यवस्थापन कम्पनी प्राईड हस्पीटालिटी प्रा.लि.ले ल्याएको यस्तो सेवाले प्रत्यक्ष होटलको सम्पर्कमा रहेर गरिने बुकिङ्ग भन्दा प्राईड क्लिक्सबाट आफुले रोजेको होटल बुकिङ्ग गर्दा सस्तो मूल्य पर्न जाने बताइएको छ ।
सेवा सुबिधा लिए बापत सेवाग्राही तथा गेष्टले यसमा अतिरिक्त पोईन्टस र लोयाल्टी समेत प्रात्त गर्न सक्ने हुँदा सेवाग्राहीहरुले अतिरिक्त फाईदा लिन सक्ने प्राईड हस्पीटालीटीले बताएको छ । आफ्ना सेवा बारे सेवाग्राहीलाई बिशेष जानकारी दिने उद्देश्यले शनिवार ईटहरीमा आयोजित एक कार्यक्रममा प्राईड क्लिक्सको बारे प्राइड हस्पीटालीटीका अध्यक्ष नितेश पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
होटल बुकिङ्ग र जानकारीका लागि बजारमा अन्य धेरै एप्लीकेशन रहेको भएपनि ति सवै बाह्य कम्पनीहरुको भएको र नेपाली आम्दानी बिदेशतिरै फर्किरहेकोले आन्तरिक तथा बाह्य दुवै पर्यटनलाई प्रवर्धन हुने र नेपाली आम्दानी नेपाल भित्रै राख्न यस्तो ब्यवस्थापनको कार्यक्रम प्राईड हस्पीटालीटीले सुरु गरेको सस्थाका अध्यक्ष नितेश पोखरेलले बताएका छन् ।
होटलका उपभोक्ता र होटल ब्यावशायी अथवा यसको ब्यवस्थापन संग अनलाईन मार्फत सिधा संम्पर्क स्थापीत गराई होटल बारे आफ्ना सेवा र सुबिधाको सहज बिक्री का लागि यस अनलाईन एप्लीकेशनले मद्दत गर्नेछ । यसमा सेवाग्राही अथवा होटलका गेष्टले आफूले चाहेको होटल बुकिङ्ग, त्यहाँ उपलब्ध सेवा सुबिधा र बिशेषता का बारेमा जानकारी लिन सक्नेछन् ।
साथै आफुले चाहको होटल नेपाल भित्र र बाहिर जहाँसुकैबाट पनि प्राईड क्लिक एप्लीकशनबाट बुकिङ्ग र भूक्तानी समेत गर्न सकिने उक्त कार्यक्रममा बताईको छ । यस्तो सेवा प्रदान गरे वापत उद्यमीबाट ५ प्रतिशतको कमिशन रकम ब्यवस्थपकीय कम्पनीलाई प्राप्त हुने पनि कार्यक्रममा जानकारी दिइएको छ । कम्पनीले अहिले सम्म ३ सय भन्दा बढी होटलहरुसंग सम्झैता गरेर आफ्नो सेवा प्रवाह सुरु गरेको प्राईड हस्पीटालीटी प्रा.लि.ले बताएको छ ।