कुमोद अधिकारी
विराटनगर । पाँचवर्ष अघि बाढिले भत्काएको मोरङको लोहन्द्रा खोलाको पुल निर्माणको काम सम्पन्न नहुदा सर्वसाधारणलाई सास्ती भएको छ । २०७४ सालमा आएको वाढिले बेलबारी नगरपालिका तथा ग्रामथान गाउपालिकालाई जोड्ने खोलाको पक्कि पुल बगाएको थियो । सुनसरी मोरङ सिचाई आयोजनाको स्वामित्वमा रहेको पुल निर्माणको काम सम्पन्न नहुदा सो भेगका आधा दर्जन पालिकाका मानिसलाई आवतजावतमा समस्या भएको छ ।
वर्षा याम शुरु भएसंगै खोलानालामा वाढि आउने क्रम शुरु भइ सकेको छ । खोलामा वाढि आउदा एक गाउँबाट अर्को गाउँ जान समस्या भएको ग्रामथान गाउँपालिका–६ का रुद्र भण्डारीको भनाइ छ । तीनवर्षदेखि बन्न थालेको सो पुलको कामले गति लिन नसकेको भन्दै चाडै पुलको काम सम्पन्न गर्न उनले आग्रह गरे । पुल निर्माणका काम सुस्त भएकाले हाम्रो आग्रह छ यो पुल चाडै बनोस् उनले भने ।
त्यस्तै सोहि पालिका निवासी फुलकुमारी तामाङको गुनासोपनि उस्तै छ । खोलामा वाढिे छ वारपार गर्ने अवस्था छैन पारी जानुप¥यो भने धेरै घुम्नु पर्छ उनले भनिन् वाढि आउदा वारीको मान्छे वारी पारीको मान्छे पारी हुने अवस्था छ ।
पुल निर्माणका लागि आयोजनाले करिव ३० करोडमा लागतमा १ सय ५२ मिटर लामो सो पुल तीनवर्ष अघि ठेक्का लगाएको हो । पुल निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाइको छ । वाढि आउदा पुलमा सिचाइका लागि बनाइएको साइफन समेत वाढिले भत्काएको थियो । साइफनको माध्यमबाट नहरको पानीलाई पुल मुनिबाट बाहिर निकालिन्छ र खोला पारीको नहरमा जोडिन्छ । एकवर्ष अघि साइफन निर्माणको काम आयोजनाले सम्पन्न गर्दै साइफनबाट पानी सुचारु गरेपछि पूर्वी मोरङका २६ हजार हेक्टर जग्गामा सिचाई पुगेको छ ।
आयोजनाका सव इन्जिनियर शम्भुप्रसाद मण्डलको पुल निर्माण सम्पन्न गर्ने अवधि अझै १४ महिना बाँकी रहेको बताए । पुलको ६ वटा स्पानमध्ये ३ वटा स्पानको स्लाप ढलाइ गर्ने काम सम्पन्न भइ तोकिएको मितिमा पुलको काम सम्पन्न हुने उनको दावी छ । वर्षाका कारण अहिले काम केहि ढिलो भएको उनको भनाइ छ ।
वाढिले वगाएको दुइवर्ष पछि पुल निर्माणको ठेक्का आसिश स्वामिनारायण आसिर्वाद जेवी सुनसरी धरानले पाएको हो । वर्षायाममा भयाभव रुपले वाढि आउने सो खोलामा पुल निर्माण सम्पन्न नहुदा सो क्षेत्रका मानिसहरु आवश्यक कामपर्दा जोखिम मोलेर खोला वारपार गर्ने गर्दछन् । त्यसकारण पनि यस्ता महत्वपूर्ण आयोजनाहरुका काम चाडै सम्पन्न गर्नु आवश्यक रहेको स्थानीयहरु बताउछन् ।