सुन्दरहरैंचा नगरपालिकाद्वारा पाँच मूलभूत नीति सार्वजनिक

  • असार ९, २०७९ / नेपाल रेखा
alt

विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सुन्दरहरैंचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले २१ पेज लामो नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सुशासन, सहभागिता, समृद्ध नगर र सुखी नगरवासी नाराका साथ दीर्घकालीन सोच राखी ४ बुँदे रणनीतिका आधारमा नीति तथा कार्यक्रम ल्याइएको गुरागाईँले बताए । ४ व टा संकल्पका साथ आएको नीति तथा कार्यक्रमको लक्ष्य समृद्ध नगर र सुखी नगरवासी रहेको बताइएको छ ।
आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटका ४ वटा उद्देश्य रहेका र ५ वटा क्षेत्रलाई प्राथमिकता दिई बजेट निर्माण गरिएको उनले जानकारी दिए । नगरपालिकाले स्थानीय सामाजिक विकाससम्बन्धी नीति, आर्थिक विकाससम्बन्धी नीति, पूर्वाधार विकाससम्बन्धी नीति, वातावरण तथा विपत् व्यवस्थापनसम्बन्धी नीति, सुशासन तथा संस्थागत विकाससम्बन्धी नीति गरेर ५ वटा मूलभूत नीति तथा कार्यक्रम अघि सारेको छ ।
स्थानीय सामाजिक विकाससम्बन्धी नीतिमा शिक्षासम्बन्धी नीति, स्वास्थ्यसम्बन्धी नीति, खानेपानी तथा सरसफाइसम्बन्धी नीति र युवा तथा खेलकुदसम्बन्धी नीति अघि सारिएको छ ।
आर्थिक विकाससम्बन्धी नीतिअन्तर्गत कृषि, पशु विकास र सिँचाइसम्बन्धी नीति, पर्यटनसम्बन्धी नीति, उद्योग, सहकारी तथा वैदेशिक रोजगारसम्बन्धी नीतिलाई नगरपालिकाले अंगीकार गर्ने भएको छ ।
पूर्वाधार विकाससम्बन्धी नीतिमा भौतिक पूर्वाधार (आवास, भवन, सडक तथा पुल, यातायात) नीति, सञ्चार, विद्युत तथा ऊर्जा नीति अघि सारिएको छ ।
वातावरण तथा विपत् व्यवस्थापनअन्तर्गत वन, वातावरण, भू संरक्षण, जलवायु परिवर्तन, अनुकूलनसम्बन्धी नीति, विपत् व्यवस्थापनसम्बन्धी नीतिलाई समेटेर कार्यक्रम ल्याउने भएको छ ।
सुशासन तथा संस्थागत विकाससम्बन्धी नीतिअन्तर्गत विभिन्न ३२ वटा नीतिका आधारमा कार्यक्रम अघि बढाइने नगरप्रमुख गुरागाईँले बताए ।

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]