नेपालरेखा / इटहरी । लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीको नयाँ कार्य समितिले सेवाको पहिलो दिन जुलाई १ तारिख बाट निशहाय बालबालिका सेवा आश्रम इटहरीलाई खाद्यान्न बितरण गरेर सप्ताहब्यापी कार्यक्रमको सुरुवात गरेको छ । सन् २०२१–२०२२ को नयाँ कार्यसमितिले आफ्नो नियमित सामाजिक सेवाको बिभिन्न कार्यक्रम अघि सार्दै आफ्नो सेवा सप्ताह सुरु गरेको हो ।
बालबालिकाका लागि चामल, दाल, खाजा, दुध लगायतका सामाग्रीहरु क्रिएटिभ लेडीका अध्यक्ष्य निता शर्मा लगायतका सदस्यहरुले संयूक्त रुपमा निशहाय बालबालिका सेवा आश्रम इटहरी कि आमा संस्थापक गितादेवी गौतमलाई उक्त खाद्यान्न हस्तान्तरण गरेका थिए ।
जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नाराका साथ सामाजिक सेवा भावले उत्प्रेरित भइ समाजमा बिभिन्न सहयोग गर्दै आइरहेको लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडीले आगामी जुलाई ७ तारिख सम्म समाजमा बिभिन्न सेवाका कार्यक्रमहरु सञ्चालन हुने जनाएको छ ।
सेवा सप्ताह अनुरुप दोस्रो दिन शुक्रबार इटहरी उपमहानगर पालिकाको १० नं. वडा स्थित मुसहर बस्तीमा हंगर रिलिफ कार्यक्रम अन्तर्गत खाद्यान्न बितरण कै कार्यक्रम रहेको लायन्स क्लव अफ ईटहरी क्रिएटिभ लेडीकी सचिव स्मृती सापकोटाले बताइन् ।
त्यसैगरी, तेस्रो दिन सुन्दर हरैचा नगरपालिका स्थित श्रीराम आधारभूत बिद्यालयमा बृक्षा रोपण कार्यक्रम, बिद्यालयमा स्वास्थ्य परिक्षण, स्कुल अड्यापटेशन अन्तर्गत आवश्यकता अनुसारका सेवा, सुबिधा बिद्यालय र बिद्यार्थीहरुलाई उपलब्ध गराउने, प्राकृतिक प्रकोप प्रभाबितलाई सहयोग पु¥याउने, लता कपडा बितरणको कार्यक्रम र कोभिड–१९ संग सम्बन्धित कार्यक्रम लगायतका बिभिन्न कार्यक्रमहरु सेवा सप्ताहमा समावेश भएको पनि क्रिएटिभ लेडीकी सचिव सापकोटाले जानकारी दिएकी छन् ।
इटहरी स्थित निशहाय बालबालिका सेवा आश्रममा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमकि प्रमुख अतिथि रिजनल चेयरपर्सन निर्मला चौधरीले कोरोना कहरमा खाद्यान्न बितरण गर्नु अति आवश्यक रहेको बताउँदै, आवश्यक पर्दा आश्रममा सेवा गर्न क्रिएटिभ लेडी सदैव तत्पर रहेको बताएकी छन् ।
त्यस्तै कार्यक्रममै बोल्दै बिशिष्ट अतिथि जोनल चेयरपर्सन गोबिन्द थापाले निशहाय बालबालिका आश्रम पबित्र मन्दिर रहेको बताएका छन् । त्यस्तै अतिथि आश्रमकि आमा संस्थापक गितादेवी गौतमले मन्दिरमा बच्चाहरुलाई खुसी राख्न सके भगवान स्वतः खुसी हुने बताएकी छन् ।
कार्यक्रममा अतिथि इन्दिरा काफ्ले, अतिथि सरस्वती कार्की, कोषाध्यक्ष अम्बिका श्रेष्ठ, कबिर माबि इटहरीकी प्रधान अध्यापक मिनु न्यौपाने, पत्रकार, समाजसेबी लगायत लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडिका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम स्वास्थ्य मापदण्ड अपनाउँदै भौतिक दुरी कायम राखेर सम्पन्न गरिएको थियो ।