कति सुरक्षित छन् स्थानिय आइसोलेसन सेन्टरहरु

  • जेठ ५, २०७८ / "नेपाल रेखा"
alt

https://youtu.be/HXlQ-v4kdGw

जनक पाण्डे
इटहरी÷सुनसरीमा आइसोलेसन सेन्टर निर्माण सहित कोरोना संक्रमितहरुलाई माया र हौसला दिदै उच्च मनोवल बढाउन बिभिन्न संघ संस्थाहरु मार्फत स्वस्फुर्त सामाजिक पहल कदमी बढाउन थालिएको छ । नेपालमा कोरोना संक्रमण दर तिब्र गतिमा बढिरहेकोले यो महामारी नियन्त्रण तथा रोकथामका लागि नागरिक स्तरबाटै यस्ता पहल कदमी बढाउन थालिएको हो ।


सुनसरीको इटहरीमा यहि साता दुईवटा आईसोलेसन सेन्टरहरु सञ्चालनमा ल्याउने तयारी भए । स्वास्थ्य मापदण्ड अनुरुपको जनाइएका आईसोलेसन सेन्टर एउटा इटहरी उपमहानगरपालिका र इटहरी अस्पतालको समन्वयमा इटहरी रंगशाला क्षेत्र वडा नं. ९ मा बिरामी राखेर सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै अर्को इटहरीकै १० नं. वडामा पिपल्स मल्टिपल हेल्थ इष्निच्युटको भवनमा आइसोलेसन तयारी अवस्थामा रहेको छ ।


त्यस्तै इटहरीमा यसैसाता बिभिन्न स्थानीय संघ, संस्थाले स्वास्थ्य कर्मीसहितको टोलिले कोरोना संक्रमितहरुको घरघरमा पुगेर संक्रमितको स्वास्थ्य परीक्षण लगायत माया, हौसला र मनोबल बढाउने कार्य गरिएको पनि इटहरी उद्योग बाणिज्य संघका सदस्य बिष्णु रिजारले जानकारी दिएका छन् ।


एकातिर, कोरोना संक्रमितको उपचार सहजिकरणका लागि नागरिक स्तरबाटै बिभिन्न जिल्लाहरुमा स्वास्थ्य सुबिधा सहितका आइसोलेसन सेन्टर या अस्पताल निर्माण गर्ने कार्यहरु गर्न थालिएको छ । भने अर्कातिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जथाभाबि स्वास्थ्य मापदण्ड बिपरितका पूर्ण स्वास्थ्य सेवा र सुबिधा रहित आईसोलेसन सेन्टरहरु नखोल्न सबैमा आग्रह पनि गरिरहेको छ । यद्यपी इटहरीमा सञ्चालनमा ल्याइएका आईसोलेसन सेन्टरहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनस्वास्थ्य मापदण्ड अनुरुपको भएको बताइएको छ ।


इटहरी अस्पतालको सहयोगमा इटहरी उपमहानगरले पालिकाले अक्सिजन सहित पचास शैयाको आईसोलेसन संक्रमित राखेर उपचार र सेवा सुरु गरिसकेको छ । ३० शैयाको पूरुषका लागि र २० शैया महिलाको लागि छुट्टाछुट्टै ब्लकमा आईसोलेसन तयार गरि सञ्चालनमा ल्याएको नगर प्रमुख द्वारिकलाल चौधरीले जानकारी दिए । आईसोलेसनमा अक्सिजन नेब्यूलाइजर सहितको सेवामा २४ सै घण्टा स्वास्थ्यकर्मीहरु बस्ने बताइएको छ । स्वास्थ्य मन्त्रालयको मापन्डमा निर्मित निःशुल्क खाना र स्वास्थ्य सेवा भएको आइसोलेसन ब्यवस्थित रहेको इटहरी अस्पतालका मेसु डा.योगेस चेम्जोङ्गले बताएका छन् ।

188535068_589117292067482_7600689625528864687_n
त्यस्तै अक्सिजन सहित एक सय शैयाको इटहरीको पिपल्स मल्टिपल हेल्थ इष्न्च्यिुटमा सञ्चालित आईसोलेसनमा नियमित ७ जना स्वास्थ्यकर्मीले संक्रमितलाई उपचार र सेवा दिने बताईएको छ । त्यस्तै एकसय जना स्वास्थ्यकर्मी डाक्टरहरु नियमित सम्पर्कमा रहने र बिरामीको स्वास्थ्य स्थितिबारे परामर्श दिने र आवश्यक परे बिरामीलाई समन्वय गरिएको अस्पताल लगेर समेत उपचार गरिन इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेले जानकारी दिएका छन् ।


पिपल्स कलेजको आईसोलेसन सेन्टर जिल्ला जनस्वास्थ्य कार्यालय, सामाजिक बिकास मन्त्रालय साथै बिश्व स्वास्थ्य संगठन प्रदेश नं. १ का प्रतिनिधिहरुबाट अनुगमन भइसकेको इटहरी उवासंघका महासचिव पिताम्वर पोखरेलले बताएका छन् । त्यस्तै इटहरी उपमहानगरपालिका र इटहरी अस्पताल समेतबाट अनुगमन भई सन्चालन स्विकृतिका लागि केहि कागजी प्रकिृया पूरा हुनासाथ सञ्चालनमा ल्याईने महासचिव पोखरेलले जानकारी दिएका छन्


नेपाल यूवा उद्यमी मन्च सुनसरी, श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपाल, मारवाडी सेवा समिति, प्रेस यूनियन सुनसरी लगायत इटहरीमा रहेका बस्तुगत संघ संस्थाहरु उद्योगी ब्यापारी र इटहरीमा रहेका सवै सामाजिक संघ संस्थाहरुको सहयोगमा पिपल्स कलेजमा संचालनार्थ आईसोलेसन सञ्चालन गर्न लागिएको उवासंघ इहरीका महासचिव पिताम्वर पोखरेल ले जानकारी दिए । आइसोलेसनमा सूरक्षाको जिम्मा सेनालाई दिइएको छ ।

बिश्वभरि नै कोरोना महामारी निरन्तर फैलिरहेको र यसको असरले मानबिय क्षति पनि दिनहु बढ्दो छ । यतिबेला बिभिन्न राष्ट्रिय तथा अन्तराष्टिय जनस्वास्थ्यसंग सम्बन्धित निकायहरुले समेत स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न नागरिक तहमा आग्रह गरिरहेका छन् । यो संगै अहिले कोरोना संक्रमित बिरामीको आवश्यकता अनुसारको सर्वसुलभ उपचार र स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने तर्फ सवै सचेत र इमान्दार हुन जरुरी छ ।

https://youtu.be/HXlQ-v4kdGw

 

 

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]