अर्जुन शर्माइटहरी । पूर्वमा एकबेला फुटबलको उद्गम स्थलको रुपमा इटहरी परिचित थियो । राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि सुरेन्द्र तामाङ्ग, रितेश थापा, श्याम मानन्धर, राजु सुन्दासजस्ता खेलाडीहरु मैदानमा उत्रिदा हाई हाई हुन्थे, अब यी खेलाडीहरुलाई भेट्रान प्रतियोगितामा भेट्ने छौं । इटहरीमा यही फागुन २६ गतेदेखि हुन लागेको भेट्रान गोल्डकप पूरानै फुटबलको झल्को दिंदै जनता क्याम्पसको मैदानमा चर्चित खेलाडीहरु लिएर सुरु हुदैछ । नेपालका ८ र भारत सिकिमको रियल फ्रेड्स गरि ९ वटा क्लबहरुको प्रतिस्पर्धा रोचक हुने आयोजक हाम्रो भेट्रान क्लब इटहरीको दावी छ । यो खेल सम्पन्न गर्न करिब ८ लाख रुपैंया लाग्ने
काठमाडौँ । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो । जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । टाइब्रेकरमा जोर्डनकी आय अल मजालीले गोल गरेपछि नेपालका लागि गीता रानाले बराबरी गोल गरिन् । त्यसपछि जोर्डनकी कप्तान मायसा बराहले गोल गर्दा नेपालकी दिपा शाहीले पनि गोल गरिन् । त्यसपछि जोर्डनको लगातार दुई प्रहार गोलमा परिणत भएको थियो तर नेपालकी हिरा भु
काठमाडौँ । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले लेबनानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडिययमा गए राति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा प्रवेश गरेको हो । नेपालले पहिलोपटक वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले समान एक–एक गोल गरे । खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा प्रीतिले गोल गरेपछि नेपालको जित सुनिश्चित भएको हो । त्यसअघि खेलको ३८ औँ मिनेटमा नेपाल
कास्की । मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ ।सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिताका लागि यस वर्ष अखिल नेपाल फुटबल सङ्घबाट समय तालिका प्राप्त भएपछि प्रतियोगिताको तयारी सुरु गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिता पोखरा रङ्गशालास्थित फुटबल मैदानमा सञ्चालन हुनेछ ।‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ बर्सेनि हुँदै आएको प्रतियोगितामा यसपटक विद
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित राजासिमा निर्माणाधीन रङ्गशालाको कामलाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले तीव्र गतिमा अगाडि बढाएको छ । आयोजनाअन्तर्गत नगरपालिकाभित्रका एकीकृत सहरी पूर्वाधार विकास कार्यका भौतिक संरचनाको कामलाई अगाडि बढेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख महेन्द्र सिंहले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९।८० देखि काम अघि बढेको हो । आयोजना प्रमुख सिंहका अनुसार उक्त काम २०८१ कात्तिकभित्र सक्नुपर्ने सम्झौता छ । नगरभित्रका विभिन्न भौतिक संरचनासहित रङ्गशाला निर्माणका लागि कूल ४० करोड ६२ लाखमा कविन्द्र निर्माण सेवा कम्पनी प्रालि काठमाडाँै
काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो । हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् । यस्तै कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा
गोरखा । एघारौँ लिगलिगे दौड प्रतियोगिता ‘२०८०’ को उपाधि नेपाली सेनाका गजेन्द्र राईले हात पार्नुभएको छ । निर्धारित १३ दशमलव ८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उहाँले उपाधि जित्नुभएको हो । उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित हुनु भएको छ ।प्रतियोगितामा निर्धारित दुरी ५६ मिनेट ५३ सेकेन्डमा पार गर्दै सेनाकै नरेन्द्रसिंह रावत दोस्रो हुनुभएको छ । भारतीय सेनामा कार्यरत अनिष थापामगर प्रतियोगितामा यसपटक तेस्रो हुनुभएको छ । उहाँले निर्धारित दुरी ५८ मिनेट ३५ सेकेन्डमा पूरा गरेर तेस्रो हुन सफल हुनुभएको हो । गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङदी नदीको दोभानमा रहे
इटहरी । इटहरी उपमहानगरपालिकाको वडा नम्बर–१९ बरमपुरमा प्रथम अल्टिट्युड रनिङ्ग कप फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।प्रतियोगिताका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अल्टिट्युट क्लब इटहरीले दशंै तिहार तथा छठ पर्वको अवसर पारेर आगामी कार्तिक १७ गते देखि २५गते सम्म प्रतियोगिता आयोजना गर्न लागिको जानकारी गराइएको हो ।प्रतियोगितामा अफ्रिकन टोली सहित ८ वटा टिमले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा खेल संयोजक मनोज तामाङ्गले जानकारी दिए । रनिङ्ग शिल्डका रुपमा सञ्चालन गरिने प्रतियोगिता तीन वर्षको खेलाइने निश्चित भइसकेको आयोजक अल्टिट्युट क्लब इटहरीका अध्यक्ष पिताम्बर तिम्स
इटहरी । सुनसरीको इटहरीमा कर्पाेरेट क्रिकेट फेस्टिवल २०८० सुरु भएको छ ।जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा रोटरी क्लव अफ इटहरी युगलको सह आयोजनामा कर्पाेरेट क्रिकेट फेस्टिवल सुरु भएको हो ।आयोजक जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीको अध्यक्षता तथा खेलकुद विकास वोर्ड कोशी प्रदेशका सदस्य सचिव हर्षराज वाग्लेको प्रमुख आतिथ्यमा प्रतियोगिता उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन खेलमा कस्तुरी कलेज इटहरी र उद्योग वाणिज्य संघ इटहरी टिम विच भएको थियो ।छरिएर रहेका व्यवसायीहरुलाई एक आपसमा चिनजान र भाइचारा अभिवृद्धि गराउन, खेलको माध्यमबाट होटल तथा पर्यटन व्यव
इटहरी । गण्डकी प्रदेशको पोखरा स्टेडीयममा नेपाल खेलकुद महासंघ समाजवादीद्वारा नेकोस खेलकुद महोत्सव आयोजना गरिएको छ ।सो खेलकुद महोत्सवमा कोशी प्रदेशका योग खेलकुदका खेलाडीहरुले २ स्वर्ण, २ रजत र १ कास्य सहित ५ पदकमा जित हासिल गरेका छन् ।कोसी प्रदेशबाट पदक जित्ने खेलाडीहरुमा स्वेच्छा थापा, किरण मगर प्रथम भएका छन् । त्यसैगरि, दोस्रो हुनेमा बलराम ढुंगाना, चाँदनी दर्जी रहेका छन् । तेस्रो मोहन पौडेल भएको योग खेलकुद संघ कोसी प्रदेश अध्यक्ष डा. खगेन्द्र ओलीले जानकारी दिए ।