कृषि

    Showing 181-190 of 207 items.
  • कौशीखेति गर्नेलाई हौसला बढाउदै इटहरी उपमहानगर

    इटहरी । इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन् । उनीहरुले कौशीखेती गर्न २ वटा समूह नै निर्माण गरेका छन् । बजार क्षेत्रका महिलामा कौशीखेतीप्रतिको आकर्षण देखेर इटहरी उपमहानगरले स्वागत टोल विकास सस्था मार्फत ३० जना महिलालाई कौशीखेती सम्वन्धि तालिम दिएर आवश्यक समाग्री समेत उपलब्ध गराएको छ । उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत तालिम दिएर आवश्यक समाग्री डमस्टेन, हजारी र मलविउ उपलब्ध गराइएको हो । उपमेयर लक्ष्मी गौतम तथा वडा नम्वर ६ का अध्यक्ष दीपक गौतमले ती समाग्री हस्तान्तरण गर्नुभयो । उपमेयर लक्ष्मी गौतमले इटहरीलाई तरकारीमा आत्मनिर्भर बनाउने योजना अन्तर्गत बजारका महिलालाई

    • प्रकाशित मितिः असार २२, २०७७
    • 312 पटक पढिएको
    • "नेपाल रेखा"
  • असारे भाकासँगै बेठी परम्परा पनि लोप हुदै

    खाँदबारी । सहरिया नयाँ पुस्तालाई ‘बेठी’ शब्द नै आश्चर्यको विषय बन्न सक्छ । बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ । नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति अब स्मृतिमा सीमित हुँदै जान थालेको छ । पुर्खादेखि चल्दै आएको चलनलाई जीवन्त राख्न बेठी परम्परालाई संरक्षण गर्ने प्रयास गरिएको छ । लोप भइसकेको बेठी परम्पराको जगेर्ना गर्न सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ वानाका चार दाजुभाइले गत वर्ष बेठी लगाएर धान रोपाइँ गरेका थिए ।

    • प्रकाशित मितिः असार २१, २०७७
    • 358 पटक पढिएको
    • "नेपाल रेखा"
  • सलह नियन्त्रणलाई गण्डकीमा ‘र्यापिड रेस्पोन्स’ टोली

    कास्की । गण्डकी प्रदेशमा सलह कीराले कृषिबालीमा पु¥याउन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा आवश्यक सहजीकरणका लागि गण्डकी प्रदेश सरकारले द्रुत प्रतिकार्य समूह (¥यापिड रेस्पोन्स टोली) गठन गरेको छ । छिमेकी प्रदेश तथा तरार्ईका जिल्लामा सलह देखिएको तथा हावाको बहावसँगै प्रदेशमासमेत देखिनसक्ने सम्भावना बढेकाले नियन्त्रणका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालको संयोजकत्वमा छ सदस्सीय टोली गठन गरेको हो । टोलीमा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारी, बागबानी विकास अधिकृत अर्जुनदेव ज्ञवाली, बाली संरक्षण अधिकृत मीरा चौधरी र सञ्जीव

    • प्रकाशित मितिः असार १५, २०७७
    • 334 पटक पढिएको
    • "नेपाल रेखा"
  • अल्लोको कपडा बनाउने उद्योग लकडाउनको मारमा

    दीपक कार्कीविराटचौक । पहाडी क्षेत्रमा पाइने सिस्नु अर्थात अल्लोको कपडा तयार पार्ने पूर्वी तराईमा रहेको एक मात्र घरेलु उद्योग लकडाउनका कारण मारमा परेको सञ्चालकले गुनासो गर्नु भएको छ । लकडाउनका कारण बजारमा उत्पादन पुर्याउन नसकेको तथा कच्चा पदार्थ ल्याउन नपाएको कारण मारमा परेको लुमा घरेलु अल्लो कपडा उद्योगकी सञ्चालिका सिता राईले गुनासो गर्नु भएको हो । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ मा २०७१ साल देखि सञ्चालनमा आएको लुमा घरेलु अल्लो कपडा उद्योग तथा ट्रेनिङ्ग सेन्टरको लागि कच्चा पद्धार्थ ताप्लेजुङ्ग, संखुवासभा देखि ल्याउने गरेका सञ्चालिका राईले बताइन् । कच्चा पदार्थ पहाडी जिल्ला देखि ल्याएर त

    • प्रकाशित मितिः असार ७, २०७७
    • 506 पटक पढिएको
    • "नेपाल रेखा"
  • अनुदानले अल्छे बनाउला नि ...

    “अनुदान भन्दा अगाडी उहाँको सफलताका लागि दृढ संकल्प सहितको ईच्छाशक्ति, ईमान्दारिता, आत्मविश्वास, अटुट परिश्रमले काम गर्दछ । यो कसैलाई पत्तो छैन । अनि पारिवारिक समर्थनलाई उहाँ कहिल्यै बिर्सनुुहुुन्न । अनुदानमा मात्र खासै विश्वास नराख्ने नवराजलाई ‘अनुदानले अल्छे बनाउछ भन्ने लाग्छ ।” इटहरी उपमहानगरको एका छेउमा कृषिलाई ब्यावसायीकरण गर्दै जिवनलाई उत्साहि बनाउने मेहनति पशुपालक किसानसँग फोन सम्वादमै परिचय भयो । उहाँले आफ्नो कृषि कार्यको बारेमा सम्वादमै मलाई पनि उत्साह भर्नु भयो । म अकर्मण्यताका साथ उहाँको गोठ र खोर भएकै ठाँउमा पुग्न लालायीत भएँ । उहाँले मलाई फोन सम्वादमै पशुपालन

    • प्रकाशित मितिः असार ७, २०७७
    • 3,786 पटक पढिएको
    • "नेपाल रेखा"
  • कृषिमा आत्मनिर्भर इटहरी उपमहानगरको प्रयास

    इटहरी। इटहरी उपमहानगरका गुद्री देखि हाटबजारमा तरकारी किनबेच ठप्प हुँदा इटहरी १० खनारकी सञ्जादेवी चौधरीकोे परिवारलाई भने कुनै समस्या परेन । ‘मैले घरछेउको आफ्नै खाली जग्गामा तरकारी रोपेकी थिएँ,’ उनले भनिन्, “परिवारले खाएर छिमेकीलाई पनि बाडियो, घरखर्च चलाउन पनि सहयोग ग¥यो । आफूसँग कृषि उपज हुँदा जस्तोसुकै महामारी आएपनि फरक नपर्ने रहेछ ।”घरछेउ छाउका आाफ्नै बरीमा खनिखोस्री उब्जनी गर्ने घर परिवारलाई लकडाउनले खासै असर गरेन । तर बजारमै निर्भर रहनेहरुलाई भने प्रभाव पार्यो । केही खुलेको बजारमा पनि तरकारी नपाउँदा नगरवासीदेखि लिएर इटहरीका जनप्रतिनिधिहरुले बल्ल अनुभव गरे, &lsquo

    • प्रकाशित मितिः असार ४, २०७७
    • 307 पटक पढिएको
    • "नेपाल रेखा"
  • कृषकहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरियो

    इटहरी । कृषिमा बैज्ञानिकिकरण र बजारिकरण साथै व्यवसायिकतामा जोड दिदै मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ ले कृषकहरुलाई लक्षित गरी कृषि अभिमुखिकरण कार्यक्रम शुरु गरेको छ ।वडामा क्रियाशिल अगुवा कृषकहरुलाई प्रोत्साहन तथा कृषि पेशालाई व्यवस्थित बनाउन सुन्दरहरैचा १२ ले तीन दिने कृषि अभिमुखिकरण कार्यक्रम सुरु गरेको हो ।गुडलक एजुकेशन एण्ड ट्रेनिङ्ग सेन्टरको संयोजन तथा वडा नम्बर १२ को आयोजनामा शुरु भएको कृषि अभिमुखिकरण कार्यक्रममा कृषिमा आधुनिकरण, बजारिकरण, कम लागतमा बढी उत्पादन र यान्त्रिकरण लगायतका विषयमा कृषकहरुलाई जानकारी गराउने गरी कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष रोशन ढकालले कार्यक्रमको

    • प्रकाशित मितिः असार २, २०७७
    • 168 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरी उपमहानगरबाट ७५ जना कृषकलाई कोरली गाई दिइयो

    इटहरी । इटहरी उपमहानगरले ७५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ ।गाईपालन जोनका रुपमा निर्धारित १, २ र २० नम्वर वडाका ७५ जना कृषकलाई कोरली गाई वितरण गरिएको हो । शनिबार इटहरी–२ का २५ जना कृषकलाई उपमहानगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गर्नु भयो । यसअघि नै अन्य दुई वडाका पचास जना कृषकलाई गाई वितरण गरिसकिएको छ । इटहरीलाई कृषिमा आत्मनिर्भर बनाउने अभियान अन्तर्गत कोरली गाई वितरण गरिएको प्रमुख चौधरीले बताउनु भयो । कोरली गाई वितरण गरिएका ७५ जना कृषकलाई गाईपालक कृषक बनाउने र यो अभियानलाई निरन्तरता दिएर इटहरीलाई दुधमा आत्मनिर्भर बनाउने उपमेयर गौतमले बताउनु भयो ।

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 252 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरी उपमहानगरले दियो किसानलाई पावर ट्रिलर

    इटहरी । इटहरी उपमहानगरले खनजोत गर्न मिनि पावर ट्रिलर उपलब्ध गराएपछि कृषकहरु उत्साहित भएका छन् । आइतबार बिहान उपमहानगर परिसरमा उपमहानगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले ११ वटा पावर ट्रिलर कृषकहरुलाई हस्तान्तरण गर्नुभयो । कृषिसमूह र उद्यमी कृषकलाई मिनि पावर ट्रिलर हस्तान्तरण गरिएको हो । मिनि पावर ट्रिलर प्राप्त भएपछि अव खेतिपातीमा धेरै सजिलो हुने इटहरी– १५ की तरकारी खेति गर्ने कृषक शर्मिला चौधरीले बताउनुभयो । उहाँले खुशी हुदै भन्नुभयो–‘गोरुले जोतेर आफै खनजोत गरेर तरकारी खेति लगाउदै आएकी थिएँ, नगरपालिकाले ठूलो गुन लगायो अव सजिलो भयो ।’ उहाँले १५ कठ्ठा जग्ग

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 429 पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रदेश १ को नीति कार्यक्रमः मेरो कृषि, मेरो पौरख

    विराटनगर । प्रदेश नम्बर १ को सरकारका तर्फबाट प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम पेश भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३५ (१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले आर्थिक वर्ष २०७७÷७८ का लागि सो कार्यक्रम सदनमा प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा कोरोना भाइरसको महामारीद्वारा सिर्जिएको सङ्कटबाट प्रदेशलाई मुक्त गर्नु प्रदेश नं १ सरकारको पहिलो दायित्व हुने हुने उल्लेख छ । नीति कार्यक्रममा आगामी आर्थिक वर्ष २०७७÷७८ मा स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा रहने उल्लेख छ । कोभिड–१९को नियन्त्रण, रोकथाम र उपचार कार्यमा खटिने स्वास्थ्यकर्मी, अन्य

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 458 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]