सलह नियन्त्रणलाई गण्डकीमा ‘र्यापिड रेस्पोन्स’ टोली

  • असार १५, २०७७ / "नेपाल रेखा"
alt


कास्की । गण्डकी प्रदेशमा सलह कीराले कृषिबालीमा पु¥याउन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा आवश्यक सहजीकरणका लागि गण्डकी प्रदेश सरकारले द्रुत प्रतिकार्य समूह (¥यापिड रेस्पोन्स टोली) गठन गरेको छ ।
छिमेकी प्रदेश तथा तरार्ईका जिल्लामा सलह देखिएको तथा हावाको बहावसँगै प्रदेशमासमेत देखिनसक्ने सम्भावना बढेकाले नियन्त्रणका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालको संयोजकत्वमा छ सदस्सीय टोली गठन गरेको हो । टोलीमा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारी, बागबानी विकास अधिकृत अर्जुनदेव ज्ञवाली, बाली संरक्षण अधिकृत मीरा चौधरी र सञ्जीव बाँस्तोला तथा कृषिप्रसार अधिकृत विश्वास काफ्ले सदस्य रहनुभएको छ ।
मन्त्रालयले सलहबारे केही बुझ्नु परेमा, शङ्का लागेमा वा थप जानकारी आवश्यक परेमा किसानलाई टोलीका सदस्यसँग सम्पर्क गर्न आग्रह गरेको छ । सलह आउँदै गरेको पाइएमा चर्को ध्वनी, धुवाँ आदिको प्रयोग गरी बस्न नदिई झुण्डलाई अन्यत्र मोडिदिन तथा नर्सरी र करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा जालीले छोपेर बाली जोगाउन कृषकमा आग्रह गरेको छ ।
त्यसैगरी ठूलो झुण्डमा देखिने भएकाले थोरै सङ्ख्यामा सलह जस्तै देखिने फट्याङ्गा देख्दैमा भ्रमित र आतङ्कित नभई सजग हुन र विषादी प्रयोग गर्नुपरेको खण्डमा सुरक्षित पहिरनको प्रयोग गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ । टोलीका सदस्य ज्ञवालीले प्रदेशका केही जिल्लामा सलह जस्तै फट्याङ्ग्रा देखिए पनि हालसम्म सलहनै हो भनेर पुष्टि नभएको बताउनुभयो ।

सलह किरा मार्नेलाई किलोको एक सय

भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् ।
गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सलह किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह किरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौँ ।”
गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह किरा देखिएको गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताउनुभयो । यसैगरी हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह किरा देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिनुभयो ।
सलह किरा जिल्लामा प्रवेश गरेपछि गल्याङ नगरपालिकाका किसानलाई सचेत गराइएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताउनुभयो । किसानलाई धानको ब्याड र नर्सरी गरेर राखिएका बिरुवामा झुल टाँगेर राख्न भनेको अर्यालले बताउनुभयो । खेतबारीमा सलह किरा देखिएपछि स्थानीयवासी यतिबेला आगो बाल्नुका साथै ठूलो आवाज निकालेर भाँडाकुँडा ठटाएर सलह किरा धपाउन जुटेका छन् ।
लमजुङः सलह किरा लमजुङमा पनि प्रवेश गरेको छ । जिल्लाको सुन्दरबजार नगरपालिका–६ फेदिकुनामा आइतबार सलह किरा देखिएको हो । स्थानीयले सलह किरा प्रवेश गरेको जानकारी दिएपछि कृषि ज्ञानकेन्द्र कार्यालय लमजुङबाट कार्यालय प्रमुख रोहिणीराज घिमिरे, अर्थविज्ञ मदन रेग्मीलगायतका टोली अनुसन्धानका लागि पुगेको छ । कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख घिमिरेले भन्नुभयो, “सलह किराजस्तै देखिएको छ तर ठूलो समूहमा यो किरा आएको छैन, सलह किराको एउटा प्रजाति भएको देखिन्छ यहाँ जम्मा १०÷१२ वटा मात्र फेला परेको छ ।” उहाँका अनुसार सलह किरा भएको आशङ्का भए पनि पुष्टि भइसकेको छैन ।
कैलालीः कृषि विज्ञले पश्चिम नेपालमा सलह किराको यात्रा हुनसक्ने पूर्वअनुमान गरेपछि धनगढी उपमहानगरपालिकाले आइतबार यहाँ १९ वटै वडाका वडाध्यक्ष र कृषि शाखाका कर्मचारीसँग छलफल गरेको छ । सलह किराको व्यवस्थापनको पूर्वतयारीका लागि स्थानीयस्तरमा कसरी क्षति घटाउन सकिन्छ भनेर छलफल गरिएको बताइएको छ ।

सलह किराको सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनका बारेमा छलफल गरिएको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो । “जोखिम घटाउनका लागि स्थानीयस्तरमा सबै उपाय अपनाउन वडाध्यक्ष र कृषि प्राविधिकलाई निर्देशन दिएको छु”, नगरप्रमुख वडले भन्नुभयो, “क्षति घटाउनका लागि थाल ठटाउने, ड्रम बजाउने, स्पीकर बजाउने, धुँवा लगाउने, आगो बाल्नेलगायत सबै प्राकृतिक विधि अपनाउन किसानलाई आग्रह गरेका छौँ ।”

सडककाे दुरावस्था ...

केही दिनदेखिकाे वर्षाका कारण सुनसरीको इनरुवा नगरपालिका- ...

पुलको ड्याम पुर्ननिर ...

कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली ...

समाजका लागि केही गर् ...

हामीले सुरु गरेको ‘व्यक्तित्व परिचर्चा’ कार ...

कोशी प्रदेशसभामा बजे ...

विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आगामी आर्थि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]