इटहरी उपमहानगरबाट ७५ जना कृषकलाई कोरली गाई दिइयो

  • जेठ ३२, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरी उपमहानगरले ७५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ ।
गाईपालन जोनका रुपमा निर्धारित १, २ र २० नम्वर वडाका ७५ जना कृषकलाई कोरली गाई वितरण गरिएको हो । शनिबार इटहरी–२ का २५ जना कृषकलाई उपमहानगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गर्नु भयो ।
यसअघि नै अन्य दुई वडाका पचास जना कृषकलाई गाई वितरण गरिसकिएको छ । इटहरीलाई कृषिमा आत्मनिर्भर बनाउने अभियान अन्तर्गत कोरली गाई वितरण गरिएको प्रमुख चौधरीले बताउनु भयो । कोरली गाई वितरण गरिएका ७५ जना कृषकलाई गाईपालक कृषक बनाउने र यो अभियानलाई निरन्तरता दिएर इटहरीलाई दुधमा आत्मनिर्भर बनाउने उपमेयर गौतमले बताउनु भयो । विपन्न कृषकले कोरली गाई पाएपछि खुशी ब्यक्त गरेका छन् । इटहरी–२ की यशोदा दाहालले भनिन्–“किन्न सक्ने अवस्था थिएन उपमहानगरले कोरली गाई प्रदान गरेको छ खुशी लागेको छ उपमहानगरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।” इटहरी–२ की अनिलकुमारी राईले उपमहानगरले प्रदान गरेको गाईपालन गरेर आय–आर्जन गर्न सकिने आशा पलाएको बताइन् ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]