कृषकहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरियो

  • असार २, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । कृषिमा बैज्ञानिकिकरण र बजारिकरण साथै व्यवसायिकतामा जोड दिदै मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ ले कृषकहरुलाई लक्षित गरी कृषि अभिमुखिकरण कार्यक्रम शुरु गरेको छ ।
वडामा क्रियाशिल अगुवा कृषकहरुलाई प्रोत्साहन तथा कृषि पेशालाई व्यवस्थित बनाउन सुन्दरहरैचा १२ ले तीन दिने कृषि अभिमुखिकरण कार्यक्रम सुरु गरेको हो ।
गुडलक एजुकेशन एण्ड ट्रेनिङ्ग सेन्टरको संयोजन तथा वडा नम्बर १२ को आयोजनामा शुरु भएको कृषि अभिमुखिकरण कार्यक्रममा कृषिमा आधुनिकरण, बजारिकरण, कम लागतमा बढी उत्पादन र यान्त्रिकरण लगायतका विषयमा कृषकहरुलाई जानकारी गराउने गरी कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष रोशन ढकालले कार्यक्रमको उद्घाटन गर्दै बताउनु भयो । बीस जना अगुवा कृषकहरुको सहभागिता रहेको अभिमुखिकरण कार्यक्रम गुडलक एजुकेशन एण्ड ट्रेनिङ्ग सेन्टरका प्रवन्धक बसन्त रेग्मीको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रोशन ढकालको प्रमुख आथित्यतामा सुरु भएको अभिमुखिकरणमा कृषकको समस्या, बेमौसमी र मौसमी तरकारी खेती, कौसी खेती, बाली, रोग, किरा लगायतका विषयमा प्राविधिक सहायक सुदीप भण्डारी, फरिन्द्र भट्टराई, विवेक भट्टराई, लगायतले सहजिकरण गरिने ट्रेनिङ्ग सेन्टरका संचालक रेवती निरौलाले बताउनु भयो ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]