इटहरी उपमहानगरले दियो किसानलाई पावर ट्रिलर

  • जेठ ३२, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरी उपमहानगरले खनजोत गर्न मिनि पावर ट्रि103344696_1287599971631892_6096909245015436842_nलर उपलब्ध गराएपछि कृषकहरु उत्साहित भएका छन् ।
आइतबार बिहान उपमहानगर परिसरमा उपमहानगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले ११ वटा पावर ट्रिलर कृषकहरुलाई हस्तान्तरण गर्नुभयो ।
कृषिसमूह र उद्यमी कृषकलाई मिनि पावर ट्रिलर हस्तान्तरण गरिएको हो । मिनि पावर ट्रिलर प्राप्त भएपछि अव खेतिपातीमा धेरै सजिलो हुने इटहरी– १५ की तरकारी खेति गर्ने कृषक शर्मिला चौधरीले बताउनुभयो । उहाँले खुशी हुदै भन्नुभयो–‘गोरुले जोतेर आफै खनजोत गरेर तरकारी खेति लगाउदै आएकी थिएँ, नगरपालिकाले ठूलो गुन लगायो अव सजिलो भयो ।’ उहाँले १५ कठ्ठा जग्गामा तरकारी खेति लगाउदै आउनुभएको छ ।
इटहरी उपमहानगरको ७५ प्रतिशत लगानीमा मिनि पावर ट्रिलर वितरण गरिएको हो । इटहरी उपमहानगरले इटहरीलाई 103344696_1287599971631892_6096909245015436842_n (1)कृर्षीमा आत्मनिर्भर बनाउन बिभिन्न कार्यक्रम र अनुदानमा विभिन्न कृषि सम्वन्धी समाग्री वितरण गर्दै आएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

इटहरी बजार सहज बनाइदै लगिने

यसैबीच, इटहरी उपमहानगरमा बजारलाई स  हज बनाइने भएको छ । उपमहानगर प्रमुख द्वाकिरलाल चौधरीको अध्यक्षतामा आइतबार बिहान वसेको वैठकले जेठ २८ गतेको मन्त्रीपरिषदको वैठकको निर्णय वमोजिम इटहरीको बजारलाई सहज बनाउने निर्णय भएको हो ।
तोकिएको वाहेकका ब्यापार ब्यवसाय दिनभर संचालन गरिने छ । जनप्रतिनिधिहरु, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ सहितको वैठकले सटर बाहिर भने कुनै पनि ब्यापार ब्यवसाय संचालन गर्न नपाउने निर्णय गरेको छ । सब्जि भने सामाजिक दुरी कायम गरेर वेचविखन गर्न पाइने छ । सामाजिक दुरी पालना भए नभएको कडाइका साथ अनुगमन हुने भएको छ । कोरोना जोखिम कायमै रहेकाले सामाजिक दुरी कडाइका साथ कार्यावन्यन गर्न उपमहानगरले आग्रह गरेको छ ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]