शालिग्राम पाण्डे/सुमनचन्द्र कार्की राज्यको पुनरसंरचना पश्चात शक्ति पृथकिकरण र सन्तुलनको सिद्धान्त अनुरुप मान्य हुने राज्यसत्ता निर्माण गर्ने क्रममा जारी संविधानको मकसद पुरा गर्न संविधानवादको आधारभूत स्वरुप र विश्वव्यापीकरणलाई मनन गर्दै राज्य शक्तिको बाँडफाँड गर्नु आधारभूत र महत्वपूर्ण विषय ठानिएको थियो । यस परिवेशमा पूर्ववत संविधानका अभ्यासहरु, विश्वव्यापी प्रचलनहरु आधुनिकरण हुँदै गएको राज्य व्यवस्थाका नमूनाहरु संविधान निर्माणका मुलभूत श्रोत र शक्ति पृथकीकरणका तथ्यगत आधारहरु मान्न सकिन्छ । बहुविश्लेषण, आदर्श, राजनीतिक स्वार्थ, बैचारिक शक्ति सन्तुलन र शक्ति राष्ट्रहरुको हस्तक्षेपकारी भूमिकाले
मनहरि तिम्सिना काठमाडौँ । व्यक्तिगत र सामाजिक जीवनमा भ्रष्ट आचार एवं व्यक्तिका हरेक खराब आचरणलाई भ्रष्टाचार शब्दावलीले संकेन्द्रित गर्दछ । आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक एवं नैतिक दृष्टिले असल मार्गको अनुशरण गर्नु सदाचार भएजस्तै आर्थिक अपचलन, सांस्कृतिक दृष्टिले विचलन, दैनिक जीवनमा गलत आचारण र व्यवहार प्रदर्शन, कसैप्रति दूराग्रहपूर्ण व्यवहार, असभ्य शैली र प्रस्तुति, अरूप्रति कुभलो चिताउनुजस्ता क्रियाकलाप र आचार सबै भ्रष्टाचारभित्र पर्दछन् ।भ्रष्टाचारको विषद् परिभाषा र दायरा भए पनि नेपालको सन्दर्भमा यसको परिभाषा सङ्कुचित बुझ्ने गरिएको पाइन्छ । हाम्रो सन्दर्भमा भ्रष्टाचारको मूर्त परिभाषा
आफु जनप्रतिनिधी भएकोले आफ्नो कोही कसैसंग आग्रह र पुर्वाग्रह नभएको खड्काले बताएका छन् । आफ्ना बडा बासीको हितमा काम गर्न र अहिले मर्कामा पर्नु भएका बडाबासी दाजुभाईका लागि ब्यवस्थित बसोवासका लागि काम गर्न आफु कुनै कसुर बाँकी नराख्ने खड्काले बताए । तर, केही साथीहरू विषय तोडमोड गरेर म र सिंगो वडा प्रति खनिनु भएको छ उनले भने । मैले कहिँ कतै कुनै प्रकारको आर्थिक लेनदेन गरेको छैन, त्यसैले म नियमित कार्यालय गएर वडावासीलाई सेवा दिइरहेको छु, यही नै मेरो सामाजिक धर्म पनि हो , उनले भने । नेपालरेखा । मोरंग । भूमाफिया संग मिलेर सिंगो गाँउनै वडा अध्यक्षले बिक्री गरेको भन्ने समाचार बिभिन्न सञ्चार माध्यममा
डा जयराज आचार्य काठमाडाँैं । गणतन्त्र नेपालको परराष्ट्र नीतिबारे केही कुरा भन्नु अगाडि परराष्ट्र नीतिकै बारेमा एक–दुई सैद्धान्तिक कुरा गर्नु आवश्यक छ । ‘परराष्ट्र नीति’ भनेको एक देशले अर्को देश या सरकार या अन्तरर्राष्ट्रिय संस्थाहरूसित कस्तो सम्बन्ध राख्ने या कस्तो व्यवहार गर्ने भन्ने अवधारणा हो । त्यस अवधारणालाई कार्यान्वयन गर्ने प्राविधिक काम या जिम्मेवारीलाई चाहीँ ‘कूटनीति’ भनिन्छ । जनुसुकै देशको परराष्ट्र नीतिमा पनि परिवर्तन भन्दा निरन्तरताको मात्रा बढी हुन्छ किनकी परराष्ट्र नीति निर्धारण गर्ने स्थायी तत्व ‘भूगोल’ हो । भूगोल अपरिवर्तनीय छ । त्यसैल
स्मरण रहोस् धरानमा व्रिटिसले गोर्खा सैनिक भर्ना हेतु एउटा क्यम्प स्थापना गरेको थियो । त्यसलाई मलाया क्याम्प भन्ने गरिन्थ्यो । त्यस क्याम सम्म सिधै पहुँचका लागि मालसामान ओसार प्रसार गर्न विराटनगरदेखि धरान सम्म दुई लाईनको रोड निर्माण गरेको थियो । यस रोडलाई मलाया रोड भन्ने गरिन्थ्यो । जुन आज कोशी राजमार्ग भएको छ । यस रोडको सडक सिमा दाँयाबाँया १५/१५ मिटर रहेको छ । ठाउँठाउँमा एध्म् लेखिएका सडक सिमा स्तम्भरहरु ठाउँठाउँमा अहिले पनि देख्न सकिन्छ । नापि साखाको ट्रेसिङ नक्सामा यहि सिमा कायम छ । मोहनप्रसाद ढकाल । कोशी राजमार्ग इटहरी उपमहानगरपालिकाको औधोगिक व्यापारिक करिडोर क्षेत्र भ
सुशील दर्नाल काठमाडौँ । नेपाली जनताको सङ्घर्षपूर्ण योगदानबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १४ वर्ष पूरा भएको छ । विसं २००७ को राजनीतिक परिर्वतन हुँदै २०४६ सालको आन्दोलन, माओवादी जनयुद्ध र २०६२÷६३ को जनआन्दोलनपछि संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्रात्मक प्रणालीको अन्त्य भई गणतन्त्र स्थापना ग¥यो । त्यसपछिको १४ वर्ष हेर्दा देशमा व्यवस्था फेरियो तर जनताको अवस्थामा तात्विक फरक आएन । व्यवस्था फेरिए पनि खासगरी वञ्चितीकरणमा पारिएको दलित समुदायको अवस्था ज्यूँका त्यूँ छ । देशमा आएको राजनीतिक परिवर्तनसँगै दलित समुदायमा पनि चेतनाको स्तर भने वृद्धि हुँदै गएको
देशमा आज सम्म छलकपट, सामन्तवाद, अन्याय ,अत्याचार , दमन , जातिय विभेद, लिंगिय विभेद, धनी गरिव विचको विभेद आदी गलत कृयाकलापहरु हटाउने तथा त्यसको अन्त्य गर्न जनयुद्ध आवस्यक रहेको भनेर जनतामा हवला दिईयो । आखिर जनताले माओबादीले शुरु गरेको जनयुद्धबाट केही पाएनन् सत्तामा पहिले जे जस्ता विक्रिति विसंगति, अनियमितता थिए माओबादीका नेता प्रधानमन्त्री हूँदा पनि तिनै कुराले निरन्तरता पाएको अवस्था छ । जनताले अनुभुति गर्ने गरी के मा परिवर्तन भयो ? कहाँ परिवर्तन भयो ? राजनीतिमा आएका युवा नेताहरुका लागि यो खोजीको विषय बनेको छ । विश्वका कुनै पनि मुलुकमा सरकार रहेको हुन्छ र सरकारले देशका जनता, देशको
हाल ७२ वर्ष पुग्दा पनि उसरी नै युवाअवस्थाममा झै खटिरहनु भएकी गिता आमाका धेरै छोरारोरी,बुहारी,नाती नातिनाहरु छन्, जो देश विदेश सम्म पुगेका छन् । विभिन्न सेवामा संलग्न छन् । अझै पनि वाहाको काखमा ४४ जना (नावालकमात्र) सन्तान छन् । कोही युवा छन् कोही वयस्क छन् । सबै गरी जम्मा ३सय६५ लगभग सन्तानहरु छन् जसको शिक्षा, संस्कार विहे पास्नी लगायत सवै कर्म उनै गीता आमाले गर्नुभएको छ । “आमा बन्न नौ-नौ महिना बच्चालाई कोखमा जन्माउनु पर्छ“ भन्ने जुन मान्यता छ, त्यसको ठिक उल्टो वाहाको जीवनकथा बनेको छ । आफुले कोखमा बोकेर जन्मेदिने आमाहरु बाध्यताको आडमा आफ्नो सन्तान जथाभावि फाल्ने र
शिवकुमार राई । कुनै पनि विद्याका वा पेशाका व्यक्तित्व हरुले राष्ट्र र समाज प्रति योगदान गरेको जुन योगदान बाट राष्ट्र गौरान्वित हुनुपर्छ त्यस्तो व्यक्तित्व हरुलाई स्वतःनागरिकको तर्फबाट स्वस्फुर्त नागरिक अभिनन्दन गर्ने अवाज आउनु पर्छ त्यसको लागी कुनै अभिनन्दन मुल समिति निर्माण गर्नुपदैन त्यस्तो व्यक्ति स्वतः नागरिक अभिनन्दनका पुणर् हकदार हुन्छ यसमा विवादको रत्ती भर ठाँउ रहन सक्दैन । अभिनन्दन सम्मान, पुरस्कार प्रदान गर्नु राम्रो कुरा हो यसलाई हरेक क्षेत्रहरुमा मलजल गरी निरन्तरता दिनुपर्छ किनभने फरक फरक विद्या का व्यक्तित्वहरु लाई यो सम्मान दिनु भनेको हौसला प्रदान गर्नु हो अझै कर्मशी
शालिग्राम पाण्डे । रवि लामीछानेको नागरिकता वंशजको आधारमाहो, जन्मका आधारमा होइन, नेपालीहरु भारतमा र बेलायतमा फौजीमा काम गरेर निवृत्ति भरण पाँए पछि नेपालमानै आएर वसोवास गर्नेगरेको पाइन्छ । के ती फौजीमा गएका नेपालीहरु फौजीमा जानु अपराध हो, फौजीमा गएर आप्mनो डिउटी पुरा गरेर अवाकास प्राप्त भए पछि नेपाल आएर आप्mनो व्यवहार समाल्नु अपराध हो उनीहरुले फौजीबाट फर्के पछि पुन अर्को नागरिकता लिनु पर्ने हो । प्रचलन के छ ? त्यो अदालतलाई थाहा हुनु पर्छ पर्दैन । नेपालका शासकले निणर्य गरेर नेपालीलाई बेच्न पाउने हो ? भारतमा र बेलायतमा फौजीमा काम गर्न जाने नजाने अधिकार जनताको हो कसैलाई जानै पर्ने वाध्