भोटेघुम्ती जग्गा प्रकरणमा वडा अध्यक्ष खड्काको भनाई

  • जेठ १२, २०८० / नेपाल रेखा
alt

आफु जनप्रतिनिधी भएकोले आफ्नो कोही कसैसंग आग्रह र पुर्वाग्रह नभएको खड्काले बताएका छन् । आफ्ना बडा बासीको हितमा काम गर्न र अहिले मर्कामा पर्नु भएका बडाबासी दाजुभाईका लागि ब्यवस्थित बसोवासका लागि काम गर्न आफु कुनै कसुर बाँकी नराख्ने खड्काले बताए । तर, केही साथीहरू विषय तोडमोड गरेर म र सिंगो वडा प्रति खनिनु भएको छ उनले भने । मैले कहिँ कतै कुनै प्रकारको आर्थिक लेनदेन गरेको छैन, त्यसैले म नियमित कार्यालय गएर वडावासीलाई सेवा दिइरहेको छु, यही नै मेरो सामाजिक धर्म पनि हो , उनले भने ।

नेपालरेखा ।
मोरंग । भूमाफिया संग मिलेर सिंगो गाँउनै वडा अध्यक्षले बिक्री गरेको भन्ने समाचार बिभिन्न सञ्चार माध्यममा आएपछी त्यसमा सत्यता नभएको भन्दै पथरी शनिश्चरे ५ का वडा अध्यक्ष चेतेन्द्र खड्काले आपत्ति जनाएका छन् । मोरङको पथरी शनिश्चरे ५, भोटेघुम्तीको एउटा गाँउनै भूमाफियालाई मोटो रकममा सौदाबाजी गरेको भन्ने समाचार प्रति उनले आपत्ति जनाएका हुन् ।

वडाध्यक्ष चेतेन्द्र खड्काले कुनै पनि भू-माफियाहरूसँग आफ्नो मिलेमतो नरहेको बताएका छन् । जग्गाधनीलाई नेपाल सरकारले दिएका निस्साका आधारमा सिफारिस दिएको आईतवार प्रकाशित वडाको बिज्ञप्तीमा भनिएको छ ।

खड्काले भनेका छन्-जग्गा धनीद्वय योगेन्द्र कटुवाल र अम्बिका बोहोरा क्षेत्रीले मिति २०७९ पुस १७ गते वडा कार्यालयमा आफ्नो जग्गाको प्रमाण पत्र प्रतिलिपी उपलब्ध गराईपाँउ भनि सिफारिस माग गरे बमोजीम सम्वन्धित निवेदकलाई सिफारिस को लागि सम्बिन्धित कार्यालयमा सिफारिस उपलब्ध गराउनु पर्ने हुन्छ । त्यही अनुरुप सरकारी निस्सा प्रमाणका आधारमा बडा कार्यालयले सिफारिस उपलब्ध गराएको हो । सिफारिस दिएकै आधारमा भूमाफिया संग मिलेर कार्यगरेको जस्तो बिभिन्न सञ्चार माध्यमद्वारा अनर्गल प्रचारबाजी सञ्चार माध्यमहरुमा देखिएकोले यस्ता समाचारहरुले निवेदक या कुनै पिडीत पक्ष वा सरोकारबालाई कुनै फाईदा नपुग्ने हुँदा यस्तो प्रचार नगरिदिन हुन उनले अनुरोध गरेका छन् ।
वडा कार्यालयले प्राप्त निवेदन अनुसार प्रतिलिपिका लागि सिफारिस दिएको हो तर जग्गाको स्रेस्ता नै कायम गरेर कसैलाई आफुले बसोवासको लागि सिफारिस नगरेको अध्यक्ष खड्काको बिज्ञप्तीमा उल्लेख छ ।
आफ्नो कार्यालयमा २०७९ पुस १७ गते जग्गाधनीे निवेदकद्वय योगेन्द्र कटुवाल र अम्बिका वोहोरा क्षेत्रीले जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि पाउँ भनी नापी विभागले दिएको जग्गाको नक्शा , पथरीशनिश्चरे नगरपालिकामा जग्गाको मालपोत तिरेको रसिद सहित सिफारिस मागको निवेदन दिएपछि वडा कार्यालयले प्रतिलिपिका लागि सिफारिस दिएको अध्यक्षले बताएका छन् ।

तर पछि पिडीत भनिएको पक्षको निवेदनलाई समेत ख्याल गरेर उक्त जग्गा रोक्का गर्न नगरपालिकाको न्यायीक समिति मार्फत मोरंगको बेलवारी मालपोत कार्यालय खड्का आफु समेत गएको बताएका छन् । बेलवारी पुगेर मालपोत कार्यालयको श्रेस्ता हेर्दा धनुश्याम गौतमको नाममा रहेको उक्त जग्गा २०५३/०२/३१ गते सो जग्गाको कित्ता नं. ४८ को २ बिगाहा ६ कठ्ठा १ धुर जग्गा ससिम पास भएर आएको देखिएको बडाध्यक्ष चेतेन्द्र खड्काले बताए । त्यसैगरेर अर्को कित्ता नं. ६६को ५ कठ्ठा १० धुर जग्गा कित्ता काट भई ७७ नं. कित्ता भएको देखिएको खड्काले बताए ।

यद्दपी आफु जनप्रतिनिधी भएकोले आफ्नो कोही कसैसंग आग्रह र पुर्वाग्रह नभएको खड्काले बताएका छन् । आफ्ना बडा बासीको हितमा काम गर्न र अहिले मर्कामा पर्नु भएका बडाबासी दाजुभाईका लागि ब्यवस्थित बसोवासका लागि काम गर्न आफु कुनै कसुर बाँकी नराख्ने खड्काले बताए ।

तर, केही साथीहरू विषय तोडमोड गरेर म र सिंगो वडा प्रति खनिनु भएको छ उनले भने । मैले कहिँ कतै कुनै प्रकारको आर्थिक लेनदेन गरेको छैन, त्यसैले म नियमित कार्यालय गएर वडावासीलाई सेवा दिइरहेको छु, यही नै मेरो सामाजिक धर्म पनि हो , उनले भने ।

अध्यक्ष खड्काको भनाई भिडियोमा हेर्नुहोस 

https://youtu.be/9gHXQFAj_y0

सामाजिक सञ्जाल नियमन ...

काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन ग ...

इटहरीमा ‘कोशी एक्सिल ...

इटहरी । इटहरीमा रहेको नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वा ...

स्वास्थ्यप्रति सचेत ...

बलेवा । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका ...

लमजुङमा मह बिक्रीबाट ...

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]