माओवादी जनयुद्ध अर्थहिन भएको जनताको बुझाई शालिग्राम पाण्डे ।

  • फाल्गुन ३०, २०७९ / नेपाल रेखा
alt

देशमा आज सम्म छलकपट, सामन्तवाद, अन्याय ,अत्याचार , दमन , जातिय विभेद, लिंगिय विभेद, धनी गरिव विचको विभेद आदी गलत कृयाकलापहरु हटाउने तथा त्यसको अन्त्य गर्न जनयुद्ध आवस्यक रहेको भनेर जनतामा हवला दिईयो । आखिर जनताले माओबादीले शुरु गरेको जनयुद्धबाट केही पाएनन् सत्तामा पहिले जे जस्ता विक्रिति विसंगति, अनियमितता थिए माओबादीका नेता प्रधानमन्त्री हूँदा पनि तिनै कुराले निरन्तरता पाएको अवस्था छ । जनताले अनुभुति गर्ने गरी के मा परिवर्तन भयो ? कहाँ परिवर्तन भयो ? राजनीतिमा आएका युवा नेताहरुका लागि यो खोजीको विषय बनेको छ ।

 

विश्वका कुनै पनि मुलुकमा सरकार रहेको हुन्छ र सरकारले देशका जनता, देशको रितिरिवाज, भुगोल, देशको परिवेश, देशमा भएका अपराधीक घट्नाहरु, धर्म संस्कृति, आर्थिक उन्नती, देशको इतिहास, विश्व परिवेश , अन्तराष्ट्रिय कानुनका आधारमा आप्mनो देशको शासन संचालन गर्न संविधान र संविधान अन्तरगत रहेर विभिन्न विषयमा विषयगत कानुन बनाएको हुन्छ ।

विभिन्न देशमा भएका विभिन्न घट्ना विवरण र आर्थिक रुपमा फड्को मारेका देशहरुको उदाहरण जनताको भावना आदीलाई कुनै पनि देशको सरकारले कार्ययोजनामा समेटेको हुन्छ । विश्वका २ सय भन्दा बढी देशहरुमा विभिन्न खालको शासन व्यवस्था रहेको छ ।

कही राजतन्त्र रहेको छ कही गणतन्त्र रहेको छ ,कहि बहुदलिय शासन व्यवस्था छ कही एक दलीय शासन व्यवस्था छ । कही संघियता छ कही एकात्मक व्यवस्था रहेको छ । कही सरकार प्रमुखले सासन गर्छन् भने कही राष्ट्र प्रमुखले शासन गर्दछन् । कुनै देशमा स्वतन्त्र न्यायालय रहेको हुन्छ भने कुनै देशमा न्यायालय नाममात्रको रहेको हुन्छ, सरकारको नियन्त्रणमा रहेर सरकारले निर्देश गरे अनुसार न्यायालयले काम गर्छ ।

मुलुकमा सही नेतृत्वको खाँचो छ , तर दलको खाँचो छैन ? राज्य के हो ? व्यवस्था केहो ? यस वारेमा सरकार स्पष्ट छैन । सधै भरि अस्थिर सरकार रहेको अवस्था छ । , जनतामा निरासा आएको छ । जनता बेचैन, हैरान भएकाछन् । जनताको आधारभुत समस्याको व्यवस्थापन सरकारले गर्नु पर्ने हुन्छ । अहिले भूमाफिया, जलमाफिया, तेलमाफिया जस्ता विभिन्न माफियाहरु र सेटिङवालाले देश चलाएकाछन् । सहकारीमा अनियमतिता, लघुवित्तमा अनियमितता, बैंकले ऋणी संग चर्को व्याज दर लिएका कारणले गर्दा व्यवसायीहरुलाई धरासायी बनाएको अवस्था छ ।

देशलाई स्वाधिनता दिन सकेको छैन , नागरिकलाई सम्मान दिन सकेको छैन । देश कमजोर बन्नुमा देशी विदेशी तत्वहरुको हात छ आपूmले चाहेको नियम कानुन लाद्न नेताहरु उद्दत छन् । नेताहरु स्वाधिनता र समृद्धिको हुँकार गर्छन् व्यवहारमा दलिय र व्यक्तिगत स्वार्थ,पद पैसा, कुर्सीको लागि लुछाचुडी गर्दछन् । पैसा र प्रतिष्ठा र शक्तिको उन्मादमा रहेका नेताहरुलाई आपूmले जे गरे पनि हुने भन्ने भान रहेको छ । नेताहरु सत्ताको स्वार्थ , सेटिङ र राज्यको ढीकुटी दोहन गर्ने र दलिय भागबण्डा जस्ता झिना मसिना स्वार्थमा अलमलिएकाछन् । सरकार को अस्थीरताको कारण दलिय स्वार्थ रहेको प्रष्ट छ ।

बृहत शान्ति सम्झौतामा अन्यायमा परेकालाई न्याय दिन्छौं, क्षति पूर्ति दिन्छौं भनि आस्वासन दिइयो तर जनताका नाममा केही गरीएन । नेताहरु दलिय स्वार्थमा एक ढिक्का भएर आगाडी बढ्छन् जस्तो २०७९साल मंसिर ४ गतेको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र , नेकपा एकिकृत समाजवादी लगायतका दलहरु गठबन्धन गरेर निर्वाचन लडेका थिए र निर्वाचनमा गठबन्धनका दलहरुलाई अधिक सफलता मिल्यो ।


सरकार बनाउन पुस १० गते नेकपा एमाले, माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलहरु विच अर्को गठबन्धन बन्यो र पुष्पकमल दाहाल देशको प्रधानमन्त्री बन्नु भयो । संघमा गठबन्धन सरकार बने संगै प्रदेशमा पनि त्यही मुताविक गठबन्धन बन्यो र प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न भयो ।


निर्वाचनमा सभामुख नेकपा एमालेले लियो भने उपसभामुख रास्वपाले लियो । प्रदेशमा मुख्यमन्त्री, प्रदेशसभामुख, प्रदेश उपसभामुख पनि भागबण्डा अनुसार विभिन्न दलका व्यक्तिहरु निर्वाचित भए । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा नेकपा एमाले र माओबादी केन्द्रको फरक सोचका कारण राष्ट्रपतिको निर्वाचनको मुखैमा आइपुग्दा नेकपा एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाबाट बाहिरिए पछि पुस १० गतेको गठबन्धन भत्कीएको छ ।


पुन नेपाली काँग्रेस, नेकपा मामओबादी केन्द्र, नेकपा एस, जसपा, नागरिक उन्मुक्तिपार्टी आदी ८/९ वटा दलहरु मिलेर नयाँ गठबन्धन बन्यो नयाँ गठबन्धन बने संगै नेपाली काँग्रेसले उठाएका उम्मेदवार रामचन्द्र पौडेलले निर्वाचन जित्नु भएको छ । अब उपराष्ट्रपतिको निर्वाचन पनि नयाँ गठबन्धन अनुसार गठबन्धन भित्रका दलहरुले दिएको उम्मेदवार निर्वाचित हुने निश्चित जस्तै भएको छ ।


देशमा शान्ति सुरक्षा छैन गाउँ घरमा जाँदा जालीफटाहरुको विगविगी छ , कमैया प्रथा,मिटरव्याजी, सामन्तवाद अन्त्य भएको छैन । जनताले चाहना राखेको नयाँ सरकार, नयाँ जनादेश , मुठ्ठीभरका दलालको हातमा रहेको छ । देशको शासन व्यवस्था देशको अर्थ तन्त्र तीनै मुठ्ठीभरका व्यक्तिहरुले संचालन गरेकाछन् । देशमा करिव दुई सयको हाराहारीमा रहेका दलालहरुले देशको अर्थ तन्त्र चलायमान गरेको अवस्था छ । तीनै देशको अर्थतन्त्र हातमा लिने हरुले सत्तालाई पनि आप्mनो चाहना अनुसार खेलाई रहेको अर्थात कब्जामा लिएको अवस्था छ ।


त्यस ठाउँमा अरुले सितिमिति ढंगले छिर्न पाउँदैनन् । सत्ताको सेरोफेरोमा कहिले एमाले, कहिले काँग्रेस, कहिले नेकपा माओबादी केन्द्र गरेर सेरोफेरोमा यीनै राजनीतिक दलहरु विच सत्ता घुमेको छ । अरु सानादलहरुलाई पनि यनै ठूला तीनदलहरुले भागबण्डामा मिलाएर केही मन्त्रीहरु, राजदुतहरु र संवैधानिक अंगमा हुने नियुक्तिमा पदको भागबण्डा गरेर समेट्ने गरेकाछन् ।


दलालहरुको घेरा बन्दीमा परेका राजनीतिक दलका नेताहरु पनि तीनै दलालहरुको अरौटे बनेको अवस्था आर्थिक बजेट तयार गर्दा एक जना नासु स्तरका कर्मचारी गएर करको दररेट फेर बदल गरेको घट्नाले पुष्टि गरेको छ । त्यस घट्नामा अर्थमन्त्रालयमा भएको सिसी क्यामेराको फुटेजनै गायव बनाएर घटनालाई सामसुम बनाइयो ।


दलका नेताहरुले शक्तिलाई मुठीमा राखेको पाइन्छ दलका नेताहरु सबैको सोच एउटै रहेको छ जसरी होस पद चाहियो । देशमा कसरी संकट आयो ? देशमा अपराधिकरण किन कसरी बढी रहेको छ ? अपराधिक गतिविधि गर्नेहरु को कहाँबाट संचालित छन् यसबारेमा नेताहरु बेखवर छन् उनीहरुमा यस विषयमा कुनै चिन्ता छैन ।

देशमा जसले ढीकुटी लुटेकाछन् , भागबण्डामा ढिकुटी रित्याएकाछन् , अपराधिक गतिविधि गरेर जनतालाई त्रसीत बनाएकाछन् उनीहरु सम्मानित भएकाछन् । जसले धेरै भ्रष्टाचार गरेर नेतालाई त्यसको हिस्सा दिन्छ , जसले ठूला ठूला अपराध गरेर जनतालाई त्रसित बनाएकाछन्, जसले दलका नेताहरुको गलत आदेशको हुवबहु पालना गर्छ उसैलाई राज्यद्वारा दिइने विभिन्न पदकहरुबाट विभुषित गरिन्छ ।


देशमा जनताले कही कतै चित्त बुझाउने ठाउँ छैन, शान्तिको सास फेर्ने ठाउँ छैन जहाँ सुकै गलत कृयाकलाप भएकाछन् , ठगी, हत्या, हिंसा दिन दिनै बढेको छ । देशमा अपराध हत्याहिंसा, बलत्कारका घट्नाहरु, भ्रष्टाचार बढेको छ । दलहरु आप्mनो स्वार्थमा जुनसुकै अवस्थामा पनि एकजुट हुन्छन् तर भ्रष्टाचार अन्त्य गर्न दलहरु ३२ वर्षको लामो अबधिमा कहिल्यै एक ठाउँमा उभिन सकेनन् । दलका नेताहरुले अवसर पाउँदा जनताका लागि के के काम गरे आज दलका नेताहरु संग त्यसको उत्तर छैन ।

राजनीतिक दलका नेताहरु कहिले जिम्मेवार हुने ? संसदवादी दलका नेताहरु आज जिम्मेवार नभएकोले यो समस्या आएको छ । दलका नेताहरुले राष्ट्रघाती सम्झौता गरेर देश प्रति चोट पुर्‍याएको अवस्था छ । मिटरव्याजको अत्याचार छ एक अंकमा बैंकको व्याज हुनु पर्ने मा बैंकले १६/१८ प्रतिसत व्याज लिएकाछन्, लघु वित्तले ३०/४० प्रतिसत सम्म व्याज लिएकाछन् । केही सहकारीहरुले विभिन्न दस्तुका नाममा २५/३० प्रतिसत सम्म व्याज लिएकाछन् । देशलाई बचाउनेहो भने देशमा भएको घुस, भ्रष्टाचार, कमिसन तन्त्र, अन्याय र अत्याचारका विरुद्धमा आवाज बुलन्द गर्दै देशमा शान्ति र समृद्धि ल्याउने नेताको खाँचो छ ।


देशमा आज सम्म छलकपट, सामन्तवाद, अन्याय ,अत्याचार , दमन , जातिय विभेद, लिंगिय विभेद, धनी गरिव विचको विभेद आदी गलत कृयाकलापहरु हटाउने तथा त्यसको अन्त्य गर्न जनयुद्ध आवस्यक रहेको भनेर जनतामा हवला दिईयो । आखिर जनताले माओबादीले शुरु गरेको जनयुद्धबाट केही पाएनन् सत्तामा पहिले जे जस्ता विक्रिति विसंगति, अनियमितता थिए माओबादीका नेता प्रधानमन्त्री हूँदा पनि तिनै कुराले निरन्तरता पाएको अवस्था छ । जनताले अनुभुति गर्ने गरी के मा परिवर्तन भयो ? कहाँ परिवर्तन भयो ? राजनीतिमा आएका युवा नेताहरुका लागि यो खोजीको विषय बनेको छ ।


देशमा दहेज प्रथा, बोक्सीको अरोप, दलित र गैर दलित विचको भेदभाव, गरिव र धनी विचको भेदभाव, सत्ता र शक्तिमा हुने हरु र सर्व साधारणहरु विचमा हुने गरेका भेदभावहरु यथावत छन् । देशमा क्रान्तिका नाममा अशान्ति फैलाइयो । निहत्था जनतालाई मार्नेहरु, अपराधिक गतिविधिहरु गर्नेलाई बचाउन गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाइयो । निहत्था जनतालाई मार्ने र जनयुद्धका नाममा ती हत्याराहरुलाई बचाउन गर्ने कार्य जनताका लागी सह्य छैनन् ।


जनयुद्धका नाममा भएका कत्लेआम हत्यालाई विभिन्न बहानामा त्यत्तीकै टुङ्याउन मिल्दैन । गणतन्त्रका नाममा जे पनि गर्न छुट हुन्छ भन्ने गलत सोच राजनीतिक दलका नेताहरुमा रहेकोले जनतामा थिचोमिचो अहिले पनि यथावत रुपमा रहेको पाइन्छ । नेताहरुले कानुनको पालना गर्न नपर्ने सर्वसाधारणले मात्र कानुनको पालना गर्नु पर्ने भन्ने गलत मान्यता राखेका दलका नेताहरुबाट नेपाली जनताको भाग्य र भविस्य उज्वल हुन सक्दैन । कामको जिम्मेवारी अनुसार कसैको सानो जिम्मेवारी होला कासैको ठूलो जिम्मेवारी होला सबैले आपूmले पाएको जिम्मेवारी बहन गर्नु पर्ने हुन्छ ।

हिजो माओबादीहरुलाई आतंककारी घोषणा गर्ने को हो ? माओबादीमा लागेका कारण कस्ता कस्ता को को मानिसहरु मारिए ? शसस्त्र जनयुद्धका नाममा कृयापुत्री, विद्यालयमा पढाईरहेका शिक्षक , पत्रकार , व्यापारी, समाजसेवी आदीलाई मारिएको अवस्था छ ।


जनयुद्धको नाममा आप्mनो पेसा व्यवसाय गरि रहेका, यात्रा गरि रहेका, आभ्प्mनो धर्म संस्कृतिअनुसार आसोच बारि रहेका मानिसलाई मारिएको अवस्था छ । युद्धमा दोहोरो भिडन्तमा मारिएको अवस्था होइन माआबोदी युद्ध संग सरोकार नभएकाहरु आप्mनो पेसा व्यवसाय गरेर खाएका व्यक्तिहरु मारिनुलाई जनयुद्धको व्याख्या गर्न मिल्दैन । देशमा मानव अधिकार छैन भन्नु पर्‍यो संविधानमा भएको मानव अधिकार सम्बन्धि व्यवस्थालाई संसोधन गरेर हटाउनु पर्‍यो अन्यथा निहत्था जनतालाई विभिन्न बहानामा मार्नेहरु उपर कानुनी प्रकृया शुरु गरिनु पर्छ । मृतकका परिवारलाई क्षतिपूति दिइनु पर्छ ।

सर्वसाधारण जो माओबादी संग युद्ध गर्न गएका थिएनन् उनीहरु माओबादीको निसानामा परेर मारिएकाछन् । त्यसरीनै राज्य पक्षले पनि माओबादीको सदस्यता लिएको भनेर सर्वसाधारणलाई मार्ने , वेपत्ता पार्ने , झुटा मुद्दा लाउने गरेको थियो । लोकतन्त्रमा कुनै विचार राख्नु कसैले जवर-जस्ती यो विचार मान् भन्दा नमान्नु अपराध हो ? माओबादी संग भिडन्तमा नगएकाहरु किन मारिए । सुरक्षा निकाय संग भिड्न नगएका हरु किन मारिए किन वेपत्ता पारिए ? यसको जवाफ आज जनताले मागि रहेकाछन् ।

 

 

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]