अभिनन्दन भित्र रुमलिएका नागरिक अभिनन्दन शिवकुमार राई ।

  • फाल्गुन २८, २०७९ / नेपाल रेखा
alt

शिवकुमार राई ।

कुनै पनि विद्याका वा पेशाका व्यक्तित्व हरुले राष्ट्र र समाज प्रति योगदान गरेको जुन योगदान बाट राष्ट्र गौरान्वित हुनुपर्छ त्यस्तो व्यक्तित्व हरुलाई स्वतःनागरिकको तर्फबाट स्वस्फुर्त नागरिक अभिनन्दन गर्ने अवाज आउनु पर्छ त्यसको लागी कुनै अभिनन्दन मुल समिति निर्माण गर्नुपदैन त्यस्तो व्यक्ति स्वतः नागरिक अभिनन्दनका पुणर् हकदार हुन्छ यसमा विवादको रत्ती भर ठाँउ रहन सक्दैन ।

 


अभिनन्दन सम्मान, पुरस्कार प्रदान गर्नु राम्रो कुरा हो यसलाई हरेक क्षेत्रहरुमा मलजल गरी निरन्तरता दिनुपर्छ किनभने फरक फरक विद्या का व्यक्तित्वहरु लाई यो सम्मान दिनु भनेको हौसला प्रदान गर्नु हो अझै कर्मशील भएर दृढ संकल्प सँग लाग्ने आत्मविश्वास प्रदान गरेको हुन्छ । सम्मान को पनि आफ्नो परिभाषा हुन्छ, जस्तै कदर पत्र सम्मान को पनि आफ्नै परिभाषा हुन्छ, जस्तै कदर पत्र, सम्मान पत्र, प्रशसां पत्र र विभिन्न संघ संस्था हरुले घोषणा गरेका पुरस्कार हरु विभिन्न संघ संस्थाहरुले प्रदान गरेका छन् र भविष्यमा प्रदान गर्दै आउने नैछ ।


हरेक विधा वा क्षेत्रमा उल्लेखनिय वा अतुृलनिय कार्य गरेको खण्ड मा त्यो क्षेत्रका व्यक्ति विशेषले सम्मान पाएको हुन्छ र पाउनु पनि पर्छ तर यहाँ प्रसँग नागरिक अभिनन्दन सँग जुडिएका अनेको प्रश्नहरु खडा भएका छन् ।


कदर पत्र सम्मान पत्र लगायत अनेको यस्ता सम्मान भन्दा विशेष सम्मान भित्र पर्न जान्छ नागरिक अभिनन्दन यो सम्मान विशेष परिस्थिति विशेष कालखण्ड मा देश र आम जनसमुदाय हरुमा महत्वपुणर् भुमिका खेल्ने व्यक्तित्व हरुलाई प्रदान गरिन्छ जसले राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रहरुमा आफ्नो राष्ट्रलाई गौरववान्वित गरेको हुन्छ र यसै को आधारमा आम देशवासी नागरिक हरुले त्यस्ता व्यक्तित्व हरुलाई नागरिक को तर्फबाट अभिनन्दन गरेर वहाँ प्रति सम्मान को भाव प्रकट गरेको हुन्छ ।

यो चान चुने व्यक्ति विशेष ले पाउने हक र अधिकार क्षेत्र भित्र भन्दा नितान्त आयामकार चीज हो यसको पनि एवटा परिधी हुन्छ एवटा मापदण्ड हुन्छ एवटा सीमारेखा हुन्छ र यही सीमारेखा वा मापदण्ड भित्र पर्ने व्यक्ति विशेषले नागरिक स्तरबाट यो सम्मान पाँउछ र यो सम्मान दिनुको लागि राज्य होइन आम नागरिक हरु उत्साहित भएर त्यस्ता व्यक्तिलाई नागरिक अभिनन्दन गर्न ललायित हुन्छ । यो परिधी वा परिवेश भित्र पर्छ नागरिक अभिनन्दन ।


तर हाम्रो देशको रिति र बेथिति अर्के खालको छ यहाँ त डोनेसन वा चन्दा दिदैमा डाक्टर को उपाधी पाइन्छ नाम चलेका संघ संस्थाहरुलाई रकम सहयोग गरेको खण्डमा मानार्थ पदवी धारण गराइन्छ यस्तो प्रकिया भित्र चल्दै आएको सम्मान पुरस्कारहरुबाट नागरिक अभिनन्दन कसरी अधुतो रहन सक्छ प्रश्न आफैमा जटिल र गम्भीर छ मनन गर्ने खालको छ ।

कुनै पनि विद्याका वा पेशाका व्यक्तित्व हरुले राष्ट्र र समाज प्रति योगदान गरेको जुन योगदान बाट राष्ट्र गौरान्वित हुनुपर्छ त्यस्तो व्यक्तित्व हरुलाई स्वतःनागरिकको तर्फबाट स्वस्फुर्त नागरिक अभिनन्दन गर्ने अवाज आउनु पर्छ त्यसको लागी कुनै अभिनन्दन मुल समिति निर्माण गर्नुपदैन त्यस्तो व्यक्ति स्वतः नागरिक अभिनन्दनका पुणर् हकदार हुन्छ यसमा विवादको रत्ती भर ठाँउ रहन सक्दैन ।


विभिन्न संघ संस्थाहरुबाट दिइने सम्मान वा पुरस्कार हरु भन्दा अहम र ठुलो सम्मान को घेरा भित्र पर्न जान्छ नागरिक अभिनन्दन नेपालमा पनि यस्ता अभिनन्दनका हकदार थुप्रै व्यक्तित्वहरु छन् जसलाई प्रदान गर्दा विवाद रहित बनोस र आमजनमानसहरुले पनि वास्तविकमा पाउने व्यक्तिलाई अभिनन्दन गरियो भन्ने आत्म सन्तृष्टी होस् त्यस्ता व्यक्तित्व हरुमा नेत्र विशेषज्ञ डा.सन्दुक रुइत, वैज्ञानिक महावीर पुन डा.गोविन्द केसी कुलमान घिसीगं लगायत यस्ता थुप्रै व्यक्तित्वहरु छन् जसलाई नागरिक अभिनन्दन गर्नुपर्छ भनी जनआवाज उठेका छन् किनभने यी व्यक्तित्वहरुले राष्ट्रलाई साथै अन्तराष्ट्रीय जगतलाई पनि आफ्नो कर्म क्षेत्र बाट अमुल्य योगदान दिएका छन् र दिन्दै आएका पनि छन् यसमा कसैको दुई मत हुनै सक्दैन ।


राज्यले प्रदान गर्ने सम्मान विभिन्न पेशा तब्काहरुमा लागेका व्यक्तित्वहरुलाई गर्ने सम्मान प्रथम र फरक सम्मान हो नागरिक अभिनन्दन यो अभिनन्दनलाई पैसाबाट खरिद गरेर प्रदान गर्न सकिदैन यो त स्वतः नागरिक बाट दिइने सवोच्च सम्मान हो गर हाम्रो देश नेपालमा सम्मान पनि राजनितिकरण गरिएको छ यहाँ त राजनीतिक दलहरु को चाटुकार वा झोलेवादहरु यो सम्मान को लागि लाइन लागेको देखिन्छ हरेक क्षेत्रहरुमा राजनितिकरण भएको अवस्था छ र यो अवस्थाबाट पकै पनि नागरिक अभिनन्दन अछुतो कसरी रहन सक्छ त ?

यी प्रश्नहरुको घेराबाट अब माथी उठने समय आएको छ छिमेकी मुलुक भारतमा पनि नागरिक अभिनन्दन वा सम्मान दिने चलन छ तर त्यहाँ को नागरिक समुदायहरुको संगठनले कस्ता व्यक्तित्वहरुलाई नागरिक सम्मान दिने भन्ने विषयमा एउटा मापदण्ड नै बनाएका छन् र यो मापदण्ड भित्र पर्ने विभिन्न जाति धर्म समुदायका व्यत्तित्व हरुलाई नागरिक अभिनन्दन दिने गर्छन् तर हाम्रो देशमा कुनै मापदण्ड छैन यहाँ त कसले कति राजनितिक दलहरुलाई चन्दा दिएको छ कति निर्वाचनमा सहयोग गरेको छ यही नै यहाँको मापदण्ड रहेको देखिन्छ । यही प्रकिया भित्र अभिनन्दन भित्र नागरिक अभिनन्दन रुमलिएको को अवस्था छ ।


समाजमा आफ्नो योगदान दिने व्यत्तित्वहरु सम्मान पुरस्कारको हकदार हुन्छ यसमा दुईमत छैन तर नागरिकबाटै अभिनन्दन गर्ने सवालमा धेरै प्रश्न उब्जीएका छन् एउटा डाक्टरले ३० वर्ष विभिन्न सरकारी अस्पतालमा तलब लिएर सेवा दिएका वा एवटा शिक्षकले तलब लिएर २५ वर्ष शिक्षा क्षेत्रमा विताएका वा एउटा पत्रकारले कान्तिपुरमा २० वर्ष जागिरि गरेर तलब खाएको व्यक्तित्वहरु के नागरिक अभिनन्दनको हकदार हुनुसक्छ र ?

विभिन्न क्षेत्रहरुमा जागिर खाएका व्यक्तित्वहरुको लागि नागरिक अभिनन्दन गर्ने चलन छ त ? नागारिक अभिनन्दन गर्दा नागरिक मुल समितिको नाममा राजनीतिक दलका नेताहरुको हााली मुहाली हुन्छ र ? खोई त आम नागरिकहरु ? यी यस्ता धेरै प्रश्नहरु उठेका छन् तर जबाव निरउत्तर रहेका छन् किन भने यो नेपाल देश हो यहाँ चाटुकारिता गरेका भरमा नै जागीर वा सम्मान पाइन्छ कुनै योग्यता र क्षमता को भरमा होइन ? यही हाम्रो लागी विडम्वना रहँदै आएको छ ।


कुनै व्यक्ति विशेषले सम्मान वा अभिनन्दन पाएको विरोधमा यो विचारहरु प्रस्तुत गरिएका होइन अपीतु कुन-कुन सम्मान कुन-कुन अभिनन्दनहरु कस्तो मापन रेखा भित्र परेपछि पाउन उपयुक्त हुन्छन् यी विचार धाराहरु यस लेखमा समेट्ने प्रयास गरिएको हो ।

 

 

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]