मैले चिनेकी गीता आमा सीता दाहाल

  • फाल्गुन २८, २०७९ / नेपाल रेखा
alt

 

 

हाल ७२ वर्ष पुग्दा पनि उसरी नै युवाअवस्थाममा झै खटिरहनु भएकी गिता आमाका धेरै छोरारोरी,बुहारी,नाती नातिनाहरु छन्, जो देश विदेश सम्म पुगेका छन् । विभिन्न सेवामा संलग्न छन् । अझै पनि वाहाको काखमा ४४ जना (नावालकमात्र) सन्तान छन् । कोही युवा छन् कोही वयस्क छन् । सबै गरी जम्मा ३सय६५ लगभग सन्तानहरु छन् जसको शिक्षा, संस्कार विहे पास्नी लगायत सवै कर्म उनै गीता आमाले गर्नुभएको छ ।

“आमा बन्न नौ-नौ महिना बच्चालाई कोखमा जन्माउनु पर्छ“ भन्ने जुन मान्यता छ, त्यसको ठिक उल्टो वाहाको जीवनकथा बनेको छ । आफुले कोखमा बोकेर जन्मेदिने आमाहरु बाध्यताको आडमा आफ्नो सन्तान जथाभावि फाल्ने र फोस्रो इज्जत बचाउने सोच भएका अनैतिक रुपमा उक्त बच्चा जन्माउने काममा संलग्न अदृष्य बाबुहरुले गर्दा माया,खाना,नाना, आश्रय र पहिचान समेत नपाएको बालबालिकाहरुलाई उक्त सबै चिजहरु दिलाउने एक महान नारी जसको भौतिक शरिरले आफ्नो कोख र काख दिने गरी आफै सन्तानको जन्म दिने बराबरको मात्र होइनकी इश्वरले समेत अनाथ बनाएका सन्तानलाई न्याय, माया, इज्जत, नाम र आत्मियता समेत दिएर बनेको आमा सम्बन्ध निकै महान् र प्यारो छ ।


मान्छेका हरेक जन्महरु यस धर्तीका उपज हुन् । हरेक जीवनहरु आमाका उपहार हुन् । आमा नभए सन्तान हुन असम्भव छ ।

आमा हुन पनि सजिलो छैन आ-आफ्नो परम्परा अनुसार वैवाहिक गठबन्धनमा वाँधिनु पर्ने सन्तानलाई वैधानिक रुपमा ९/९ महिना कोखमा पाल्नुपर्ने, आफु मृत्यु नजिक पुगेर कठोर पिंडा सामना गर्दै सन्तानलाई जन्म दिनु यी सबै प्रकिया पुरा गरेपछि आमा भइन्छ । यो सबैले देखे भोगेको कुरा हो ।

तर यो संसार सधै देखे जस्तो हुदैन र भएजस्तो भोगिदैन साथै भोगेजति सबै देखिदैन । भन्ने कुरा सँग मेल खाने पनि कति परिस्थितिहरु हुन्छन् । यस्तै परिस्थितिसँग ठ्याक्कै मिल्ने एक उदाहरण मैले चिनेकी गीता आमा हुनुहुन्छ ।


लगभग ३ सय ६५ जना छोराछारीहरुकी ममतामयी आमा सुश्री गीता गौतमको जन्म वि.सं २००७ साल फाल्गुन १४ गते नेपालको धनकृटा जिल्ला को साविक अर्खौले जितपुरमा भएको थियो । पिता विष्णुप्रसाद गौतम र माता कृष्ण कला गौतमकी एकमात्र सन्तान वाहालाई आफु ३ महिनाकी हुँदा पिताको जागिरको सिलसिलामा भारत जाने क्रममा वाहाहरुकै साथ उतै लगियो । वाल्यकाल भारतका विभिन्न ठाउँमा सर्दै विताउने क्रममा तीन वर्षे को कलिलो उमेरमानै आफ्ना पिताजीलाई गुमाउन पर्‍यो । जहाज दृर्घटनामा परी पिता वितेको २ वर्ष पछि तुरुन्तै यो संसार देखाउने ममतामयी आमाको न्यानो काख र माया पनि दैबले खोसेर लग्यो र ५ वर्षको उमेर देखि अब वाहाको संसार अनाथ आश्रम बन्न पुग्यो ।


भारतका विभिन्न अनाथलयहरु परिवर्तन गर्दै सर्दै बस्दै गर्दा वाहाले आफ्नो पढाईलाई पनि निरन्तरता दिंदै जाने क्रममा चण्डीगढबाट एस एल सी पास गर्न सफल गीता आमा हुने विरुवाको चिल्लो पात तथा बहुमुखी प्रतिभाशाली दुवै नामले वोलाउदा फरक नपर्ने भएकै कारण हरेक क्रियाकलापहरुमा अग्रसर हुुनुहुन्थ्यो । यसै करण वाहाँलाई गुरुहरुको प्रेरणा पनि सधै मिलिरह्यो ।

गुरु तथा संरक्षकहरुको साथ, सहयोग र समर्थनबाट उहाँ नर्सिङ पेसामा केही वर्ष आवद्ध हुनुभयो । धेरै वर्ष लामो संघर्षको यात्रामा तल्लिन भएकै कारण हरेक घटनाहरुको ठ्याक्कै मिति बताउन नसके पनि घटना क्रमहरु वाहामा क्रमशः एक एक याद भएको अवगत हुन्छ । केही वर्ष नर्सिङ सेवा गरेपछि अलिक असन्तृष्ट महसुस गर्दै फेरि वाहाँ त्यो छोडेर भारतीय जासुस प्रहरी सीआइडी प्रहरी पेसामा आवद्ध रहनुभयो त्यसताका वाहाँले अरुले झै प्रहरी पेसाक नित्य लगाइरहनु पर्दैनथ्यो । प्रहरी असइ भएर विभिन्न ठाँउमा जाँदा वाहा मान्छेका विविध किसिमका वाध्यता, दुःख,पिंडा, अभाव र अस्तव्यस्ततासँग परिचित हुने मौका मिल्यो ।


वाहाँको वास्तविक जीवन कहानी सुन्दा कुनै चलचित्रको कथा भन्दा कम छेन । अनेकौँ दुःख र सङ्घर्षका साथमा पनि वाहा साहित्य सङ्गीत र कलाका विभिन्न विधाहरु भनेपछि मरिहत्ते गर्ने भएकोले यस्ता कार्यक्रमहरुमा पनि जानुहुन्थ्यो । भारतका अनेकौँ अनाथालय हरुलाई आफ्नो घर मान्नुपर्ने वाध्यता भएतापनि त्यहाँँबाट नै शिक्षा र संस्कार पाएको तथा आजसम्म पनि त्यहाका नागरिकहरुले गर्दै आएका विभिन्न सहयोगहरुको मुक्त कण्ठले स्वागत गर्न रुचाउने गीता आमालाई आफ्नाृ जन्मभुुमि नेपाल आउने रहर भने पहिल्यै देखि थियो ।

यसै बिच वाहाँलाई कटियारको आश्रममा ल्याइएपछि एउटा नेपाली वुद्ध धर्मावलम्वीको कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । जहाँ वाहालाई नेपाली मुलकी महिला भएको कारणले बढीनै सम्मान मिल्यो जसले अझै वाहाको नेपाल आएर यहीं बसेर केही गर्ने कुरामा थप उर्जा थपियो त्यस पछि लगातार नेपाली साहित्यकार कलाकर्मीहरु सँगको भेटघाट, शुभचिन्तन तथा सहयोगले नेपाल भित्रीन ठुलो साथ प्रेरणा मिल्यो ।


यस मुलुकमा जरो गाडेर वस्ने रहर हँुदा हुँदै पनि नेपाली नागरिक नभएको तथा बसोबासबा लागि थोरै जमिन पनि नहँदा यो सपना लम्बिएर गयो ।विभिन्न व्यक्ति तथा सञ्जालको माध्यम बाट यस धर्तीमा केहि खेतियोग्य जमिन समेत जोडिसक्नु भएको आमालाई पुणर्ःसाहित्यिक कार्यक्रममा सामेल हुने क्रममा नेपालका केही कलकार तथा सामहित्यकर्मीहरुकै सहयोगले नेपाल आउने बाटो बन्यो । यस कार्यमा इटहरी निवासी साहित्यकार धरणीधर दाहालको विशेष सहयोग रह्यो ।

यसरी आफ्नो जन्मभुमिमा समाजसेव गर्ने इच्छाले यहाँ आएतापनि विभिन्न वाधा अड््चनहरु खडा हुन थाले जसले यस नयाँ समाजमा स्वतन्त्र काम गर्न गाह्रो हुँदै गयो । नागरिकता वाहाको पहिलो विषय थियो । भारतमा जागिर खाएर बचत गरेको रकमले नेपालमा केही जमिन त किन्नुभएको थियो तर त्यो अर्कै कसैको नाममा पास गरिएको थियो । बाल आश्रम सञ्चालन गर्ने वाहाको सपना भएकोले यसैमा लागि पर्नुभयो ।

भखरै भारतबाट आएकी, नेपाली राम्ररी बोल्न नजान्ने, अनि बालबालिकाहरु जम्मा गरेर अनाथ बालबालिकाको व्यवस्थापन गर्ने काम गरेको देखेर त्यतिवेलाको ईटहरीको समाजले गलत व्याख्या समेत नगरेको होइन । महिलाको महान कार्यलाई समेत वेवास्ता गर्ने र प्राथमिकता नदिने हाम्रो समाजले वाहालाई मान्छे बेच्ने गिरोहकी सदस्य भन्न समेत भ्याए तथापि अथक प्रयास धैर्यता, मानवता, निश्वार्थता साथै दृढ इच्छा शक्ति भएकै कारण वाहालाई नेपाली नागरिकता लिने अवसर मिल्यो ।

आफ्नो नाममा पुणर्ः केही जग्गा जोडेर वि.सं २०३७ सालबाट अनाथहरुलाई लिएर अनौपचारिक रुपले बालगृह सञ्चालनको सुरुवात गर्नुभयो । वि.सं २०३८ सालमा पनि २/३ जना अनाथ बालबालिकाहरु भएको वाहाको वाल आश्रमले २०४४ सालमा मात्र वैधानिकता पायो । वाहाँको काम गराइको सिलसिला र दिगोपन देखेर वैधानिक रुपमा दर्ता स्वीकृति पाएपछि वाहाको आमा बनेर अनाथहरुको सेवागर्ने सपनाको सुरुवाती भयो ।


यसरी २०४४ सालमा दर्ता भई वैधानिक औपचारिक रुपमा सञ्चालन हुँदै आएको निः सहाय बाल गृह ईटहरी हाल हाम्रो कोसी प्रदेशको प्रधान कार्यालय बनेको छ । यसै संस्थाको संबन्धन र सहमति लिएर अन्य १६ वटा बालआबश्रमहरु विभिन्न जिल्लामा सञ्चालित छन् ।


यो संस्था सञ्चालनका क्रममा गीता आमाले भोगेको कठिनाइ र वाहाले दिएको योगदान हेर्दा संघर्षको वास्तविक अर्थ बुझिन्छ । अहिलेको परिस्थितिमा त महिलालाई गलत सोच्ने यो समाजमा अविबाहित तथा अनाथ महिलालाई समाजमा टिकेर समाजसेवा गर्न कतिको गारो भय भन्ने अनुमान गर्न सकिन्छ । समाजमा खराब नियतले हेर्ने सँग बच्न केश मुण्डन गरेर आफुलाई कुरुप बनाएको, आर्थिक अभावले गर्दा बालवालिकालाई पालनपोषण गर्न जग्गा बेचेर खर्च निकालेको सालनाथ पनि नकाटिएका मर्न लागेका बच्चाहरुलाई लिएर लाखौँ खर्च गरी बचाउनु परेको जस्ता वाहाको संघर्षका कथा वास्तावमा हृदयविदारक छन् ।

“आमा बन्न नौ-नौ महिना बच्चालाई कोखमा जन्माउनु पर्छ“ भन्ने जुन मान्यता छ, त्यसको ठिक उल्टो वाहाको जीवनकथा बनेको छ । आफुले कोखमा बोकेर जन्मेदिने आमाहरु बाध्यताको आडमा आफ्नो सन्तान जथाभावि फाल्ने र फोस्रो इज्जत बचाउने सोच भएका अनैतिक रुपमा उक्त बच्चा जन्माउने काममा संलग्न अदृष्य बाबुहरुले गर्दा माया,खाना,नाना, आश्रय र पहिचान समेत नपाएको बालबालिकाहरुलाई उक्त सबै चिजहरु दिलाउने एक महान नारी जसको भौतिक शरिरले आफ्नो कोख र काख दिने गरी आफै सन्तानको जन्म दिने बराबरको मात्र होइनकी इश्वरले समेत अनाथ बनाएका सन्तानलाई न्याय, माया, इज्जत, नाम र आत्मियता समेत दिएर बनेको आमा सम्बन्ध निकै महान् र प्यारो छ ।


हाल ७२ वर्ष पुग्दा पनि उसरी नै युवाअवस्थाममा झै खटिरहनु भएकी गिता आमाका धेरै छोरारोरी,बुहारी,नाती नातिनाहरु छन्, जो देश विदेश सम्म पुगेका छन् । विभिन्न सेवामा संलग्न छन् । अझै पनि वाहाको काखमा ४४ जना (नावालकमात्र) सन्तान छन् । कोही युवा छन् कोही वयस्क छन् । सबै गरी जम्मा ३सय६५ लगभग सन्तानहरु छन् जसको शिक्षा, संस्कार विहे पास्नी लगायत सवै कर्म उनै गीता आमाले गर्नुभएको छ ।


बुवा जागिरे छँदा राजकुमारी झै माया पाएको झझल्को मात्र याद हुने वाहा कति त आफ्नै कथा पनि अरुबाट सुन्ने गर्नुहुन्छ । सुरुवाती कालमा जे जस्ता सोचेर जस्तो व्यवहार गरे पनि आज यस समाजले वाहालाई हेर्ने नजर र गर्ने व्यवहार सुधारी सकेको छ । आज पनि यो आश्रम चलाउन आर्थिक कठिनाइ उत्तिकै होला, साँघुरो जग्गा भित्र चेपिएर बस्नु पर्दा फराकिलो ठाँउको अभाव खड्केको होला तथापि वाहाको अनुहारको चमक हराएको छैन । काम गर्ने इच्छा शक्ति उक्तिकै छ। यसैकारण वाहाको साहसिक पनको धेरैले सम्मान गर्दछन् ।

यसै क्रममा वाहा अनगिन्ति संघ संस्थाबाट पुरस्कृत तथा सम्मानित हुनु भइसकेको छ । यसै क्रममा २०५६ साल असोज २ गते समाज कल्याण परिषद्बाट ५१हजार नगद सहित सम्मानित हुनुभयो यस्तै सन् २०१० मा भारतबाट गौरव सम्मान गौतम बन्धु समाज काठमाडौँ द्वारा ७५हजार रुपैयाँ सहित सम्मान भु.पु प्रमुख जिल्ला अधिकारी रेवती रमण नेपाल द्वारा २ लाख २ हजार दुइ सय रुपैया सहित सम्मान तथा कदरपत्र ।

२०७९ सालमा सिग्देल बन्धु परिवार समाजबाट १लाख रुपैयाँ सहित सम्मान , २०७९/११/५ गते ईटहरी सहित्यिक समुहको आयोकत्वमा धरणीधर स्मृृति प्रतिष्ठानको संयोजकत्वमा २५हजार रपैयाँ सहित धरणीधर स्मृति पुरस्कार तथा सम्मान, साल्ट ट्रेडिङ् कर्पोरेसनबाट ७५हजार सहित को लक्ष्मीदास मानन्धर बालहितकारी पुरस्कार २०७९ द्वारा सम्मान लगायत यस्ता हजारौँ सम्मान र कदरपत्रहरुले वाहा सम्मानित भइसक्नु भएको छ ।


मैले चिनेकी यस्ती आदर्श नारी, उदाहरणीय समाजसेवी सयौँ सन्तानकी ममतामयी आमा, यस ईटहरी स्थित कोसी प्रदेश निसहाय बाल गृहकी संस्थापक अध्यक्ष तथा कर्मशिल छवी भएकी नागरिक सुश्री गीता गौतम (गीता आमा) प्रति सदैव सम्मान र नमन गर्न पाइयोस् । वाहाको उदार मनले सोचेको र चहिको सम्पूणर् सुकर्महरु पुरा होउन् ।

वाहाका सन्तान आज कोही स्वास्थ्य कर्मी छन् कोही इन्जीनियर छन् कोही प्रविधिक होलान कोही अन्य विविध पेसामा संलग्न होलन् तर कुकर्म गरेर हिँडेको सुन्नु परेको छैन । यो संस्कार प्रदान गरेर असल कर्मगरी धर्म जोडनु हुने महान आमाको यो माया सद्भाव र यो अभिभावकत्व ती सन्तानले कहिल्यै नभुलुन् ।गलत नजरले हेर्ने यो समाजले पनि कहिल्यै नभुलुन् । गलत नजरले हेर्ने यो समाजले पनि आफ्ना सन्तान जस्तै सम्झेर वाहाँको आश्रमका सन्तानका खातिर केहि सहयोगी कर्म गर्न नछाडोस् भन्ने कामना छ ।


लेखकः सीता दाहाल
इटहरी -१ ,सुनसरी

 

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]