रसुवामा भीषण बाढी, स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा गम्भीर क्षति

  • भदौ १०, २०८३ / नेपाल रेखा
alt

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ । बाढीका कारण जनधन तथा भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तिब्बततर्फबाट ठूलो बाढी आएपछि रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका केही गाउँ डुबानमा परेका छन् । बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुगेको र घटनाको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ ।
बाढीको अवस्था अझै विकसित हुनसक्ने भन्दै सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । उद्धार तथा राहतका लागि आवश्यक तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न पनि निर्देशन दिइएको छ ।
त्रिशूली नदीमा बाढीको बहाव बढ्न सक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्मका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन, नदी तथा खोलाको किनारमा नजान र अनावश्यक यात्रा नगर्न अनुरोध गरिएको छ ।
स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी सूचना तथा चेतावनीको पालना गर्न र अफवाहको पछि नलागी आधिकारिक सूचनामा विश्वास गर्न सरकारले आग्रह गरेको छ । सम्भावित जोखिम बढे तत्काल सुरक्षित स्थानमा सर्न तथा आवश्यक परे सम्बन्धित निकायलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

कांग्रेस महाधिवेशन प ...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्र्तगत शुक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]