अर्थ–वित्त

    Showing 211-220 of 279 items.
  • थुलुङदुधकोशीको देउसामा लक्ष्मी बैंकको शाखा रहित सेवा सुरु

    सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले सामाजिक सुरक्षा भत्ता वितरणलाई सहजै प्राप्त गर्ने वातावरण निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् । गाउँपालिका वडा नम्बर ८ बुडिडाँडामा लक्ष्मी बैंकको शाखा रहित सेवा उद्घाटन गर्दै अध्यक्ष राईले यस्तो बताएका हुन् ।सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने गरि बैंकिङ प्रणाली लागू गरेको भएपनि भौगोलिक हिसाबले कठिन भएको भन्दै अध्यक्ष राईले वडा नं. ७ र ८ लाई लक्षित गरि बुडिडाँडामा सेवा सुचारु गरिएको बताए । यस्तै जुबु र लोखिमलाई लक्षित गरि केहि दिनभित्रमै सुकेपोखरीमा पनि यस्तै शाखा रहित सेवा सञ्चालन गरिने अध्यक्ष राईको भनाइछ&

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 139 पटक पढिएको
    • नेपाल रेखा
  • सोलुखुम्बुको आठ स्थानीय तह मध्ये थुलुङदुधकोशीको सबैभन्दा कम बेरुजु

    सोलुखुम्बु । जिल्लाको आठ स्थानीय तह मध्ये सबै भन्दा कम बेरुजु थुलुङदुधकेशी गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयलेसार्वजनिक गरेको आथिक वर्ष २०७७–०७८ को लेखा परीक्षण प्रतिबेदनमा सबैभन्दा बढी माप्यदुधकोशी गाउँपालिकाको र सबैभन्दा कम थुलुङदुधकोशी १.४५ प्रतिशत बेरुजु देखिएको हो ।प्रतिवेदन अनुसार माप्यदुधकोशीको ६३ करोड ४० लाख ६ हजारको लेखा परीक्षण गर्दा ५ करोड ९३ लाख ३० हजार अर्थात ९.३६ प्रतिशत बेरुजु देखिएको छ । थुलुङ दुधकोशीको १ अर्ब ४ करोड १२ लाख ५० हजारको लेखा परीक्षण गर्दा १ करोड ५१ लाख ४७ हजार अर्थात १.४५ प्रतिशत बेरुजु देखिन्छ ।यस्तै कोशीपारीको गाउँपालिका महाकुलुङको ७१ करो

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 1,483 पटक पढिएको
    • नेपाल रेखा
  • पूरानो दायित्वमा बाँधिएर बजेट बनाउनु पर्योः मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले वित्तीय अनुशासन कायम गर्दै यथार्थपरक बजेट बनाएको स्पष्ट पारेका छन् । मुख्यमन्त्री राईले शनिबार प्रदेश सभाको दशौं तथा बजेट अधिवेशनको अठारौं बैठकलाई सम्बोधन गर्दै यथार्थपरक बजेट बनाएकाले आगामी बजेट खर्च कुनै समस्या नहुने प्रष्ट पारे ।उनले पुरानो दायित्वले डो¥याएअनुसारको बजेट बनाउनुपर्दा सोचेअनुरुपको कार्यक्रम ल्याउन नसकेको बताए । ‘पुरानो दायित्वले हामीलाई त्यतैतिर तानेको हुनाले पूर्णरुपमा सोचेअनुसार बजेट बनाउन पाइएन’ मुख्यमन्त्री राईले भने, ‘त्यैपनि केही दुरगामी महत्व राख्ने कोशिस गरेका छौं ।’ उनले

    • प्रकाशित मितिः असार १८, २०७९
    • 140 पटक पढिएको
    • नेपाल रेखा
  • सुन्दरहरैंचा नगरपालिकाको भुक्तानी सेवा प्रविधिमैत्री

    विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिकाले भुक्तानी सेवालाई प्रविधिमैत्री बनाउने क्रममा इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (इएफटी) सेवा कार्यान्वयन गरेको छ । यो सेवाले भुक्तानी प्रणालीलाई थप व्यवस्थित बनाउने नगरपालिकाले जनाएको छ । सो सेवा लिनका लागि सेवाग्राहीले बैंकको स्टेटमेन्ट, चेकको पछाडि संस्थाको छाप लगाएर गरिएको फोटोकपी र आधिकारिक व्यक्तिको नाम र मोबाइल नम्बर उपलब्ध गराउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईको हस्ताक्षरमा जारी सूचनामा जनाइएको छ ।

    • प्रकाशित मितिः असार १८, २०७९
    • 284 पटक पढिएको
    • नेपाल रेखा
  • सनेश सहकारीद्वारा उन्नत जातको बाख्रा बितरण

    रामधुनी । इटहरी उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको सनेश कृषि सहकारी सस्था लि. ले उन्नत जातका बोयर बाख्रा संस्थाका आठ जना शेयर सदस्यलाई बितरण गरेको छ ।बाख्राको नश्ल सुधारका लागि बितरण गरिएको हो । बोयर बाख्रा पाउनेमा संस्थाका आठ जना सदस्यहरु पुष्पलाल चौधरी, गोविन्द चौधरी, बिनोद चौधरी, सिरबिङ राई, अशोक चौधरी, उषा गुरुङ, उर्मिला चौधरी, लालु चौधरी रहेका छन् । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा न. १८ का वडा अध्यक्ष रामकुमार चौधरी, संस्थाका अध्यक्ष राजदेव चौधरी, खेमराज अधिकारी, तेज नारायण चौधरी लगायतले बाख्रा बितरण गरेका थिए । यस अघि भएको कार्यक्रममा वडा अध्यक्ष चौधरीले गरिबी निवारणका लागि आय आर्

    • प्रकाशित मितिः असार १७, २०७९
    • 412 पटक पढिएको
    • नेपाल रेखा
  • रामधुनी नगरको बजेट ७१ करोड १४ लाख ८२ हजार

    धिरेन्द्रकुमार चौधरी रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाको १२ आंै नगरसभाबाट आर्थिक बर्ष २०७९।८० को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । नगरसभामा रामधुनी नगर प्रमुख शंकरलाल चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा रामधुनी नगर उपप्रमुख तारा थापाले आ.ब. २०७९÷०८० का लागि बजेट ७१ करोड १४ लाख ८२ हजार रुपैयांको अनुमानित बजेट प्रस्तुत गरिन् । गत आ. ब. को यथार्थ ४९ करोड ८१ लाख १२ हजार ७९७ रहेको प्रस्तुत बजेटमा उल्लेख रहेको छ । चालु आ. ब. को संसोधित अनुमान ७३ करोड ३८ लाख ८४ हजार ४९८ रुपैया बजेट रहेको जनाइएको छ ।बजेट तथा कार्यक्रममा प्राथमिकतामा बालमैत्री स्थानीय शासनलाई निरन्तरता

    • प्रकाशित मितिः असार ११, २०७९
    • 262 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी उपमहानगरको बजेट दुई अर्ब १८ करोड बढी

    इटहरी । सुनसरीको इटहरी उपमहानगरले आर्थिक वर्ष २०७९।८० मा खर्च गर्नेगरि २ अर्ब १८ करोड ६ लाखको बजेट सार्वजनिक गरेको छ । असार १० गते शुक्रबार आउदो आवका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै इटहरी उपमहानगर उपमेयर संगीताकुमारी चौधरीले चालु आवको असार सम्ममा २ अर्ब ५ लाख ९३ हजार रुपैया मात्र प्राप्त हुने संशोधित अनुमान गरिएको बताइन् । इटहरी उपमहानगर आगामी आवको लागि आन्तरिक स्रोतबाट ३६ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । यसमा घरबहाल कर दोब्बर संकलन गर्ने बताइएको छ । अघिल्लो कार्यपालिकाले थालेका सबै योजनालाई आगामी आबमा प्राथमिकताका साथ अघि बढाउने पनि सार्वजनिक गरियो । यसमा बहुवर्षिय योजना, बहुज

    • प्रकाशित मितिः असार ११, २०७९
    • 200 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर महानगरको बजेट तीन अर्ब ६२ करोड ५५ लाख बढी

    कुमोद अधिकारी विराटनगर । विराटनगर महानगरपालिकाको नगर सभाको १० औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक भएको छ ।महानगरपालिकाले सार्वजनिक गरेको आय व्यय वजेटमा आगामी आर्थिक वर्षमा कुल .तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजार व्यय हुने अनुमान गरिएको छ । महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आय व्ययको वजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकास क्षेत्रतर्फ .एक अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकास क्षेत्रतर्फ २७ करोड ७३ लाख वजेट अनुमान गरिएको छ ।त्यस्तै प्रस्तुत वजेटमा सामाजिक विकास तर्फ ७८ करोड ३९ लाख, सुशासन त

    • प्रकाशित मितिः असार ११, २०७९
    • 130 पटक पढिएको
    • नेपाल रेखा
  • सुन्दरहरैंचाको बजेट १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार

    विराटचोक । सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार ७ सय ३४ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सो बजेटको आयमध्ये आन्तरिक आयतर्फ १३ करोड ९५ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । दशौं नगरसभाको तेस्रो बैठकमा बिहीबार नगर उपप्रमुख अकली चौधरीले बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाको दशौं नगरसभाको पहिलो बैठकमा असार ७ गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक भएको थियो । नगरसभाको दोस्रो बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको थियो । नीति तथा कार्यक्रम पारित हुनुअघि नगरसभा सदस्यले उठाएका जिज्ञासाको नगरप्रमुख केदारप्रसाद गुरागाईँले जवाफ दिएका थि

    • प्रकाशित मितिः असार ९, २०७९
    • 137 पटक पढिएको
    • नेपाल रेखा
  • स्वीस सरकारले प्रदेश १ सहयोग कार्यक्रमलाई निरन्तरता दिइने

    विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने मनसायका साथ स्वीट्जरल्याण्ड सरकारले गरेको सहयोग सकारात्मक भएको उल्लेख गरेका छन् । स्वीस सरकारको सहयोगमा सञ्चालित प्रदेश सहयोग कार्यक्रम निर्देशक समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघीय प्रणालीमाथि नै प्रश्न उठेका बेला स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त सहयोग स्थानीय सरकारको सबलीकरणमा खर्च हुनु राम्रो भएको बताए । उनले संघीय प्रणालीलाई बलियो बनाउनेगरी स्वीस सरकारको सहयोग कार्यक्रम केन्द्रित भएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । मुख्यमन्त्री राईले प्रदेश सहयोग कार्यक

    • प्रकाशित मितिः असार ७, २०७९
    • 104 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]