सुन्दरहरैंचाको बजेट १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार

  • असार ९, २०७९ / नेपाल रेखा
alt

विराटचोक । सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार ७ सय ३४ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सो बजेटको आयमध्ये आन्तरिक आयतर्फ १३ करोड ९५ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । दशौं नगरसभाको तेस्रो बैठकमा बिहीबार नगर उपप्रमुख अकली चौधरीले बजेट प्रस्तुत गरेकी हुन् ।

नगरपालिकाको दशौं नगरसभाको पहिलो बैठकमा असार ७ गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक भएको थियो । नगरसभाको दोस्रो बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको थियो । नीति तथा कार्यक्रम पारित हुनुअघि नगरसभा सदस्यले उठाएका जिज्ञासाको नगरप्रमुख केदारप्रसाद गुरागाईँले जवाफ दिएका थिए । नगर प्रमुखले जवाफ दिएपछि सो नीति तथा कार्यक्रम पारित भएको थियो ।

त्यसपछि बसेको दशौँ नगरसभाको तेस्रो बैठकमा उपप्रमुख चौधरीले बजेट प्रस्तुत गरेकी थिइन् । सोही बैठकमा विनियोजन विधेयक २०७९ तथा आर्थिक विधेयक २०७९ पारित भएको थियो । सोही बैठकले पूर्व योग्यता परीक्षणबिना विभिन्न मितिमा नियुक्त गरिएका करार सेवाका कर्मचारीको करार अवधि नवीकरण नगर्नेलगायतका विभिन्न ८ वटा निर्णय पनि गरेको छ ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]