सनेश सहकारीद्वारा उन्नत जातको बाख्रा बितरण

  • असार १७, २०७९ / नेपाल रेखा
alt

रामधुनी । इटहरी उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको सनेश कृषि सहकारी सस्था लि. ले उन्नत जातका बोयर बाख्रा संस्थाका आठ जना शेयर सदस्यलाई बितरण गरेको छ ।
बाख्राको नश्ल सुधारका लागि बितरण गरिएको हो । बोयर बाख्रा पाउनेमा संस्थाका आठ जना सदस्यहरु पुष्पलाल चौधरी, गोविन्द चौधरी, बिनोद चौधरी, सिरबिङ राई, अशोक चौधरी, उषा गुरुङ, उर्मिला चौधरी, लालु चौधरी रहेका छन् । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा न. १८ का वडा अध्यक्ष रामकुमार चौधरी, संस्थाका अध्यक्ष राजदेव चौधरी, खेमराज अधिकारी, तेज नारायण चौधरी लगायतले बाख्रा बितरण गरेका थिए ।
यस अघि भएको कार्यक्रममा वडा अध्यक्ष चौधरीले गरिबी निवारणका लागि आय आर्जन गर्न सहकारी, समूहमा इटहरी उपमहानगरको बाख्रा बितरण अनुदान कार्यक्रम रहेको जानकारी गराए ।
कार्यक्रममा राजु अधिकारीले आफू वैदेशिक रोजगार छाडी अहिले गाउमै बाख्रा पालन गरी आम्दानी गरिरहेको बताए । उनले बाख्राको नश्ल सुधारका लागि बोयर बाख्रा रहेको बताउदै बोयर जातको बाख्रा अन्य बाख्रा भन्दा ठुलो हुने जानकारी दिए । सो कार्यक्रम आयोजक संस्थाका अध्यक्ष राजदेब चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा उनले संस्थाले नियम अनुसार बाख्रा खरिद गरी बितरण गरिएको जानकारी दिए ।

goat bitaran

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]