इटहरी उपमहानगरको बजेट दुई अर्ब १८ करोड बढी

  • असार ११, २०७९ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरी उपमहानगरले आर्थिक वर्ष २०७९।८० मा खर्च गर्नेगरि २ अर्ब १८ करोड ६ लाखको बजेट सार्वजनिक गरेको छ ।
असार १० गते शुक्रबार आउदो आवका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै इटहरी उपमहानगर उपमेयर संगीताकुमारी चौधरीले चालु आवको असार सम्ममा २ अर्ब ५ लाख ९३ हजार रुपैया मात्र प्राप्त हुने संशोधित अनुमान गरिएको बताइन् ।
इटहरी उपमहानगर आगामी आवको लागि आन्तरिक स्रोतबाट ३६ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । यसमा घरबहाल कर दोब्बर संकलन गर्ने बताइएको छ ।
अघिल्लो कार्यपालिकाले थालेका सबै योजनालाई आगामी आबमा प्राथमिकताका साथ अघि बढाउने पनि सार्वजनिक गरियो । यसमा बहुवर्षिय योजना, बहुजातिय संग्रालय, शीत भण्डार सहितको कृषि बजार, फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्र, जनता पार्क निर्माणजस्ता इटहरी गौरवका योजनाहरु छन् ।
प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पूराना सबै ठूला योजनालाई प्राथमिकता दिँदै नयाँ योजनाहरु सुरुवात गरिने उल्लेख गरियो ।
नीति तथा कार्यक्रममा बुढी गंगा जमुना मुक्तिघाटको थप विकास गर्दै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा संरक्षण र प्रवद्र्धन गरिने उपमेयर चौधरीले बताइन् । थारु जातीलाई प्रथम जाति घोषित गरि उनीहरुका ग्रामथानहरुलाई संरक्षण प्रबद्र्धन गर्ने योजना अघि सारिएको छ । इटहरी–५ मा रहेको पञ्च महालक्ष्मी सत्संग सामुदायिक भवनलाई १ नम्बर प्रदेशस्तरीय सामुदायिक भवनको रुपमा विकास गरिने पनि जानकारी दिइएको छ । जातिय धर्म संस्कृति परम्परा अनुसारका शव दाह स्थलहरुलाई विकास गरिने, २ वटा शवबाहन खरिद गरि इटहरी क्षेत्रभित्रका नागरिकहरुको मृत्यु भएको शबलाई स्थानीय घाटसम्म निःशुल्क पुर्याउने व्यवस्था मिलाइने उपमहानगरले जनाएको छ ।
इटहरी अस्पतालमा विशिष्टिकृत सेवाहरु बिस्तार गर्दै लगिने, हरेक ३ महिनामा सामुदायीक बिद्यालयका बिद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइने, प्रसुती सेवा उपलब्ध गराउन अनुमति प्राप्त स्वास्थ्य संस्थामा प्रसुती भएका महिलालाई मातृ शिशु पोषण कार्यक्रम अन्तर्गत स्याहार तथा पोषण खर्च २ हजार एक सय रुपैया उपलब्ध गराइने, ९० वर्षमाथिका ज्येष्ठ नागरिकलाई महिनामा एकपटक घरमै पुगेर स्वास्थ्य जाँच तथा औषधी निःशुल्क दिनेसमेत व्यवस्था गरिएको छ ।
यस्तै स्थानीय पाठ्यक्रम निर्माण गर्ने, सामुदायिक विद्यालयसँग कार्यसम्पादन मूल्याङ्कनका आधारमा दण्ड तथा पुरस्कारको व्यवस्था गरिने, सार्वजनिक जग्गा उपलब्ध हुने वडामा खुल्ला व्यायामशालासहितको पार्क निर्माण गरिने पनि आगामी योजनामा उल्लेख छ ।
इटहरी वडा नं. ९ मा शीतभण्डार बनाइने, ५ कठ्ठासम्म फलफूल खेती गर्ने कृषकलाई प्रोत्साहन दिने, पशुपन्छीहरुमा लाग्ने रोग नियन्त्रणको लागि घुम्ति शिविरको व्यवस्था गरिने पनि इटहरी उपमहानगरले जनाएको छ ।
घर नक्सा पास गर्दा कम्तीमा २ वटा बहुबर्षिय बिरुवाहरु रोपेर हुर्काउनु पर्ने नियम बनाइएको छ । नयाँ कालोपत्रे सडकहरुमा ड्रेनको व्यवस्था गरेर मात्र सडक कालोपत्रे निर्माण कार्यलाई अगाडि बढाइने बताइयो ।
इटहरीमा घुम्ती शौचालयको व्यवस्थापन गरिने, ट्याङ्ग्रा खोलालाई बुढीमा मिसाउन अध्ययन गरिनेछ ।
इटहरीमा भूमिहिन दलित र भूमिहिन सुकुम्बासी ६ हजार ४ सय ५०, अव्यवस्थित बसोबासी ५ हजार ८ सय ४९ जनाले लगत संकलन फर्म भरेको उल्लेख गर्दै अभिलेख तयार गरी भूमि व्यवस्था आयोगमा पठाउने कार्य भएको जानकारी दिइएको छ । भूमि आयोगले प्रमाणीकरण गरेकाहरूलाई पूर्जा वितरण गर्ने कार्यक्रम छ । यस्तै जनताबस्तीको समस्या समाधानका निम्ति प्रदेश सरकार मार्फत सङ्घीय सरकारसँग ठोस पहल र प्रयत्न गरिने उल्लेख छ ।
निजि क्षेत्रसँगको सहकार्यमा नगरमा एक घरेलु औद्योगिक ग्राम (हेन्डीक्राफ्ट भिलेज)को स्थापना गरिने उल्लेख छ । यस्तै सङ्घ, प्रदेश सरकार तथा निजी क्षेत्रसँगको सहकार्यमा एक प्रदर्शनीस्थल स्थापना गर्न पहल गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
भ्रष्टाचारमुक्त सेवा प्रदान गरिने, कर्मचारीको खाजा भत्ता दैनिक १३३.३३ लाई बढाएर १६६.६६ रुपैया बनाउने र उत्कृष्ठ कर्मचारीहरुलाई नगद पुरस्कार दिइने व्यवस्था गरिएको छ । यस्तै जनप्रतिनिधि तथा कर्मचारीहरुले समयमा नै पेश्की तथा बेरुजु फछ्र्यौट नगरेमा पारिश्रमिक, तलब भत्ता समेत रोक्का गरी असुल उपर गरिने पनि उल्लेख गरिएको
सूचिकृत बेरोजगार व्यक्तिहरुलाई १०० दिनको न्यूनतम रोजगारी समावेश गरिने इटहरी सरकारको नीतिमा उल्लेख छ । इटहरी उपमहानगरको चालु आर्थिक वर्षमा २ अर्ब १७ करोड ४५ लाखको बजेट तयार गरिएकोमा आगामी आर्थिक वर्षको लागिसमेत सोही सेरोफेरोमा बजेट बनाएको देखिन्छ । बजेट सभा उद्घाटन मन्तव्यमा इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले इटहरीको विकासमा इटहरीवासीको सहभागिता आवश्यकता रहेको बताए ।

1 6 2 4 5 2 3 6 7 1 4 2 6 1 9 10

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]