सोलुखुम्बु । जिल्लाको आठ स्थानीय तह मध्ये सबै भन्दा कम बेरुजु थुलुङदुधकेशी गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयलेसार्वजनिक गरेको आथिक वर्ष २०७७–०७८ को लेखा परीक्षण प्रतिबेदनमा सबैभन्दा बढी माप्यदुधकोशी गाउँपालिकाको र सबैभन्दा कम थुलुङदुधकोशी १.४५ प्रतिशत बेरुजु देखिएको हो ।
प्रतिवेदन अनुसार माप्यदुधकोशीको ६३ करोड ४० लाख ६ हजारको लेखा परीक्षण गर्दा ५ करोड ९३ लाख ३० हजार अर्थात ९.३६ प्रतिशत बेरुजु देखिएको छ । थुलुङ दुधकोशीको १ अर्ब ४ करोड १२ लाख ५० हजारको लेखा परीक्षण गर्दा १ करोड ५१ लाख ४७ हजार अर्थात १.४५ प्रतिशत बेरुजु देखिन्छ ।
यस्तै कोशीपारीको गाउँपालिका महाकुलुङको ७१ करोड १८ लाख ८० हजारको लेखा परीक्षण गर्दा २ करोड २१ लाख १० हजार अर्थात ३.११ प्रतिशत रकम बेरुजु छ भने जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डको १ अर्ब ४१ करोड ४६ लाख ७३ हजारको लेखा परीक्षण गर्दा ३ करोड २८ लाख ४९ हजार अर्थात २.३२ प्रतिशत रकम बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै सोताङ गाउँपालिकाको ६८ करोड ६५ लाख ५२ हजारको लेखा परीक्षण गर्दा ५ करोड ३२ लाख ५२ हजार अर्थात ७.७६ प्रतिशत बेरुजु देखिदा खुम्बु पासाङ ल्हामु गाउँपालिकाको ६५ करोड ८३ लाख १३ हजारको लेखा परीक्षण गर्दा ४ करोड १५ लाख ६६ हजार अर्थात ६.६१ प्रतिशत रकम बेरुजु छ ।
उता लिखुपिके गाउँपालिकाको ५० करोड ८१ लाख ९१ हजारको लेखा परिक्षण गर्दा २ करोड ६९ लाख ९५ हजार आर्थात ५.३१ प्रतिशत रकम बेरुजु देखिएको छ । नेचासल्यान गाउँपालिकाको ९१ करोड १२ लाख ९१ हजारको लेखा परीक्षण गर्दा २ करोड ९८ लाख ८१ हजार अर्थात ३.२८ प्रतिशत रकम बेरुजु देखिएको छ ।