इटहरी । विश्व बजारमा उपभोक्ताको विश्वास जित्न सफल टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो ब्राण्डका विवभन्न उत्पादनहरु आज देखि कोशी प्रदेशमा विक्री वितरण शुरु भएको छ । भारतमा उत्पादन हुने साटो ब्राण्डका उपात्दनहरु कोशी प्रदेशको लागि आविकारीक विक्रेता विनायक हार्डवेयर स्टोर Binayak Hardware store Pvt. Ltd. इटहरीले पाएको छ । उक्त कम्पनीले आज देखि कोशी प्रदेशमा व्यसायीक कारोबार शुरु गरेको छ । नेपालमा यसको आविकारीक विक्रेताको जिम्मेबारी भने काठमाडौंमा रहेको कम्पनीले पाएको छ । ट्रराईनोक्स कम्पनीका प्रेशिडेन्ट सेल्स् एण्ड मार्केटिङ्ग विवेक शर्माले आज एक कार्यक्रमका विच इटहरीमा साटो ब्
इटहरी । सुनसरी उद्योग वाणिज्य संघमा आवद्ध सदस्यहरुले आउदो असार १९ गतेभित्र सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकोछ । सुनसरी उद्योग वाणिज्य संघको प्रधान कार्यालय धरानबाट प्रकाशित सूचनामा असार ३० गते हुन गइरहेको निर्वाचनका लागि १९ गतेभित्र सदस्यता नवीकरण गर्नुपर्ने भएको हो ।सुनसरी उद्योग वाणिज्य महासंघका महासचिव महेन्द्र प्रधानले सूचना जारी गर्दै तोकिएको समयभित्रै सम्बन्धीत सबैलाई सदस्यता नवीकरण अनुरोध गरेका छन् ।
इटहरी । सुनसरीको गढी गाउँपालिकाले सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली तालिम संचालन गर्ने भएकोछ । आगामी असार ६ गते शुक्रबारदेखि ८ गते आइतबारसम्म तालिम संचालन हुनेछ । तालिम बिहान ९ बजेदेखि गढी गाउँपालिकाको सभाहलमा हुनेछ । गढी गाउँपालिका क्षेत्रमा संचालित सहकारी संस्थाहरुको कारोबारलाई विद्युतीय प्रणालीबाट पारदर्शी गरि प्रतिवेदन प्रणालीलाई थप प्रभावकारी बनाउन तालिम गर्न लागिएको गाउँपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत छवी खड्काले जेठ ३० गते एक सूचना जारी गरि जनाएका छन् । तालिमको सहजीकरण वरिष्ठ उद्यम विकास सहजकर्ता वैजनाथ चौधरीले गर्ने बताइएको छ । तालिमका लागि गाउँपालिका
इटहरी । आयुर्वेद चिकित्सा पद्धतिमा आधारित गुणस्तरीय सेवा प्रदान गर्दै आएको सृष्टि संजीवनी आयुर्वेद क्लीनिक, इटहरीको मुख्य चौकस्थित पूर्वलाइनमा अवस्थित, पायल्स, फिसर, फिस्टुला लगायतका मलद्वारसम्बन्धी रोगको उपचारमा विश्वासको केन्द्र बन्दै गएको छ ।१४ वर्ष लामो अनुभव, सयौं सन्तुष्ट बिरामी र विशेषज्ञ चिकित्सकहरुको उपस्थितिले यो क्लीनिक कोशी तथा मधेश प्रदेशका नागरिकहरूको पहिलो रोजाइ बनाएको छ । पहाडी जिल्ला भोजपुर, संखुवासभा, इलाम, ताप्लेजुङ्गदेखि तराईका झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी हुदै सिरहासम्मका बिरामी यहाँको सेवा लिन आउने गरेका छन् ।सृष्टि संजीवनीमा अनुभवी वैध जगतबहादुर भट्टराईको नेतृत्वमा
धरान । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका विद्यार्थीहरूका लागि आयोजित कोशी प्रदेशस्तरीय ‘एस.ई.ई. स्पिकर–२०८१ सिजन–५’ को सेमिफाइनल शनिबार सम्पन्न भएको छ । प्रतियोगिताको सेमिफाइनल चरणमा सहभागी २२ जनामध्ये १५ जना प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका हुन् । र्याडिकल लाइट नेपाल प्रा.लि., धरानद्वारा आयोजित प्रतियोगिता धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा सम्पन्न भएको थियो । फाइनलमा छनोट हुने प्रतिस्पर्धीहरूमा शिक्षादीप एकेडेमी, इटहरीकी समीक्षा पौडेल, लोटस इङ्लिस बोर्डिङ स्कुल, धरानकी सृष्टिका राई, पब्लिक हाईस्कुलकी जिज्ञासा भट्टराई, साक्षी मिश्र र
धरान । धरानस्थित ¥याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित एस.ई.ई. स्पिकरको सेमिफाइनलमा प्रवेश गरेका सहभागीहरूलाई शनिबार वक्तृत्वकला तयारीसम्बन्धी प्रशिक्षण सम्पन्न गरिएको छ ।प्रा.लि.को कार्यालयमा सम्पन्न प्रशिक्षण कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश बिद्रोहीले वक्तृत्वकला प्रतियोगितामा विषयवस्तुमा कसरी प्रवेश गर्ने, वक्तृत्वलाई मौलिक कसरी बनाउने, तयारीको क्रममा आधिकारिक स्रोत कसरी लिने आदि विषयमा सहभागीहरूलाई स्पष्ट पारे ।प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले माइक र पोडियमको प्रयोग गर्ने तरिका, हाउभाउ, दर्शकको ध्यान आकर्षित गर्ने गरी आकर्षक प्रस्तुति दिने तरिका तथ
धरान । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई.) दिएर बसेका बिद्यार्थीहरुका लागि आयोजना गरिएको कोशी प्रदेश स्तरीय एस.ई.ई.स्पिकर–२०८१, सिजन–५ को शनिवार सम्पन्न दोश्रो चरणको अडिसनबाट २३ जना प्रतिष्पर्धीहरु छनोट भएका छन् ।र्याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको प्रतियोगिताको दोश्रो चरणमा सहभागि ३४ जनामध्ये २३ जना सेमिफाइनलमा प्रबेश गरेका हुन् ।सेमिफाइनलमा प्रबेश गर्नेहरुमा शिक्षादीप एकेडेमी इटहरीका समीक्षा पौडेल, लोटस इङ्लिस बोर्डिङ स्कुल धरानका सृष्टिका राई र श्रद्धा शाक्य, पब्लिक हाईस्कुलका जिज्ञासा भट्टराई, साक्षी मिश्र र आयुषा पौडेल रहेका छन् । यसैगरी हिबिस्कस इङलिस बोर्
धरान । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका बिद्यार्थीहरुका लागि आयोजना गरिएको कोशी प्रदेश स्तरीय एस.ई.ई.स्पिकर–२०८१, सिजन–५ को शुक्रबार सम्पन्न पहिलो चरणको अडिसनबाट ३७ जना प्रतिष्पर्धीहरु छनोट भएका छन् ।र्याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको प्रतियोगितामा सहभागि ४८ जनामध्ये ३७ जना दोश्रो चरमा प्रबेश गरेका हुन् ।दोश्रो चरणमा प्रबेश गर्नेहरुमा शिक्षादीप एकेडेमी इटहरीका समीक्षा पौडेल, लोटस इङ्लिस बोर्डिङ स्कूल धरानका सृष्टिका राई र श्रद्धा शाक्य, पब्लिक हाईस्कुलका रोजा कडेल, जिज्ञासा भट्टराई, साक्षी मिश्र, आयुषा पौडेल, सृष्टि राई र अनुप झा रहेका छन् । यसैग
इटहरी । फागुन ११ तय १६ – देशभरका बाइक उत्साहीहरूका लागि रोमाञ्चक डिलर छुटहरूका साथमा यामाहा नेपालले यामाहा मेगा एक्सचेन्ज कार्यक्रम सुरु गर्न लागेको छ । यहि फागुन ११ तय १६ गतेसम्म ग्राहकहरूले आफ्नो पुरानो बाइक र स्कुटरलाई धेरै फाइदाहरू सहितका ब्रान्ड–न्यू यामाहा दुई–पाङ्ग्रे सवारी साधनसँग साट्न सक्नेछन् । यसले अब आफ्नो दुई पाङ्ग्रे सवारीको अपग्रेड गर्न पहिलेभन्दा झन् सजिलो र फाइदाजनक बनाएको छ । यामाहा मेगा एक्सचेन्जबाट निम्न विशेष फाइदाहरू प्राप्त गर्न सकिने छः – पुरानो बाइक वा स्कुटरमा १०,००० रुपैयाँको अतिरिक्त मूल्याङ्कन ।– नयाँ यामाहाको खरिदमा ६,००० रुपैयाँको
इटहरी । सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ मा संचालिन श्री सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष संजयकुमार चौधरीले गरेका थिए भने प्रमुख अतिथि गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी रहेका थिए । साधारणसभाको सुरुवातमा संस्थाका अध्यक्ष संजयकुमार चौधरीले २०८०÷८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको लेखा संयोजक राजुकुमार चौधरीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक स्थितिको विस्तृत विवरण दिएका थिए । कार्यक्रममा संस्थाले जेष्ठ बचतकर्ता महिला तथा पुरुष, फरक क्षमता भएका बचतकर्त