इटहरी । विश्व बजारमा उपभोक्ताको विश्वास जित्न सफल टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो ब्राण्डका विवभन्न उत्पादनहरु आज देखि कोशी प्रदेशमा विक्री वितरण शुरु भएको छ । भारतमा उत्पादन हुने साटो ब्राण्डका उपात्दनहरु कोशी प्रदेशको लागि आविकारीक विक्रेता विनायक हार्डवेयर स्टोर Binayak Hardware store Pvt. Ltd. इटहरीले पाएको छ । उक्त कम्पनीले आज देखि कोशी प्रदेशमा व्यसायीक कारोबार शुरु गरेको छ । नेपालमा यसको आविकारीक विक्रेताको जिम्मेबारी भने काठमाडौंमा रहेको कम्पनीले पाएको छ ।
ट्रराईनोक्स कम्पनीका प्रेशिडेन्ट सेल्स् एण्ड मार्केटिङ्ग विवेक शर्माले आज एक कार्यक्रमका विच इटहरीमा साटो ब्राण्डका उत्पादनहरु कोशी प्रदेश डिलरहरु मार्फत विक्रीवितरणका लागि आधिकारीक विक्रेताको रुपमा रहेको विनायक हार्डवेयरलाई सामान हस्तान्त्रण गरेर व्यसायिक कारोबार गरिएको हो ।
विनायक हार्डवेयरका संचालकहरु बाबुलाल अग्रवाल र पंकज अग्रवालले साटोको आधिकारिक विक्रेता हुन पाउँदा खुसी लागेको बताए ।
SATO (साटो) ब्राण्डले विश्वभरका ग्राहकहरूको मन जित्दै छोटो समयमै लोकप्रिय भएको छ । भारत, चीन, हङकङ, कतार, दुबई र हाल नेपालसम्म आफ्नो बजार विस्तार गरेको साटोले घरघरमा प्रचलित नाम कमाएको छ । टााँस्ने र जोड्ने उत्पादनको पर्याय बनेको साटो ब्रान्ड बजारमा विश्वसनीयता र स्थायीत्वको प्रतिमूत्र्ति बन्न सफल भएको छ ।
अत्याधुनिक उत्पादन एकाइहरू र उच्च स्तरीय प्रविधिको प्रयोग गर्दै, साटोले मिक्सिंग, ब्लेन्डिंग र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादनहरू सुनिश्चित गरेको छ । अनुसन्धान र विकास (R&D) को क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै साटोले नयााँ चिपकने उत्पादनहरूको आविष्कार र सुधारमा निरन्तर काम गरिरहेको कम्पनीका प्रेशिडेन्ट सेल्स् एण्ड मार्ककेटिङ्ग विवेक शर्माले बताए ।
साटोले उद्योगका नयाँ प्रवृत्तिवहरू र ग्राहकहरूको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउदै लगेको शर्माको भनाई छ । ट्राराईनोक्स कम्पनीले यस अघि घटस्थापनाको अवसर पारेर काठमाडौंंमा व्यसायीक कारोबार शुरु गरेको थियो । तथा क्रमशः छोटो समयमा नेपालका प्रमुख शहरहरू जस्तै बीरगंज, जनकपुर, लहान, विर्तामोड, भद्रपुर, नारायणघाट, बुटवल, पोखरा लगायतमा पनि कारोबार सुरु गरिसकेको छ । यति छोटो समयमै नेपालका यति धेरै शहरहरूमा व्यसाय विस्तार गर्न सफल हुनु भएको साटो नेपालमा adhesive ब्रान्डमध्ये पहिलो ब्रान्ड हो । सातै प्रदेशमा आफ्ना डिस्ट्रीब्युटरहरू बनाएर ९०० प्लस डिलरहरूको मार्फत साटोका सामान बजारमा सार्वजनिक गरि एक शक्तिशाली नेटवर्कको निर्माण गरेको देखिन्छ । अहिलेसम्म ४००० प्लस कार्पेन्टरहरूले यसको उत्पादनहरू प्रयोग गरिरहेका छन् र कम्पनीले उच्च गुणस्तरीय उत्पादन दाबी गदै आएको कुरा सही रहेको बताउनुभएको छ ।
साटोको उत्पादन श्रंखलामा विभिन्न प्रकारका चिपकने सामग्रीहरू समवेश छन्, जसमा ARCYLO, XTREME, OCEAnN, ELITE, DELUXE, HEATGAURD जस्ता उच्च गुणस्तरीय वुड एडहेसिव तथा रबर एडहेसिवहरू रहेका छन् ।
यी उत्पादनहरू विशेष रूपमा टिकाउ, जलप्रतिरोधी र सहज प्रयोगका लागि डिजाइन गरिएका छन्, जसले विभिन्न प्रकारका सामग्रीहरूलाई मजबुत र दीर्घकालीन जोड गर्न सक्षम बनाउँँछ । साटो उत्पादनहरूको विशेषताहरूमा क्रसलिकिंङ टेक्नोलोजी, २ प्रवतशत अतिरिक्त ठोस सामग्री, उच्च कभरेज, छिटो सेटिङ समय र डी ३ वाटरप्रुफ्र समावेश गरिएको छ ।
क्रसलिकिंङ टेक्नोलोजीले उत्पादनको मजबुती र स्थायीत्वमा बृद्धि गर्दछ, २ प्रतिशत अतिरिक्त ठोस सामाग्रीले अधिकतम पकड़ र टिकाउपन प्रदान गर्छ, उच्च कभरेजले कम मात्रामा बढी क्षेत्रलाई कभर गर्ने क्षमताका साथ उत्कृष्ट कार्य प्रर्दशन गर्छ, चाडै सेटिङ गरी छिटो सुक्ने समयमा सुधार ल्याउँछ, र डी ३ प्रमाणीकरणले जलप्रतिरोधी गुणस्तर सुनिश्चित गर्ने कम्पनीका प्रेशिडेन्ट सेल्स विवेक शर्माले जानकारी दिए ।
गुणस्तरमा कडा नियन्त्रणका साथ उत्पादनको हरेक चरणमा कच्चा पदार्थको निरीक्षणदेप्ति अन्तिम उत्पादनको मूल्यांकनसम्म साटोले उच्च गुणस्तरीय परीक्षणहरू गरिरहेको छ । आइएसओ प्रमाणपत्र समेत पाइसकेको साटोले युरोपियन स्टन्डर्ड २०२१ जस्ता प्रमाणपत्रहरू समेत प्राप्त गरेको कम्पनीका प्रेशिडेन्ट सेल्स विवेक शर्माले बताए ।