इटहरी । आयुर्वेद चिकित्सा पद्धतिमा आधारित गुणस्तरीय सेवा प्रदान गर्दै आएको सृष्टि संजीवनी आयुर्वेद क्लीनिक, इटहरीको मुख्य चौकस्थित पूर्वलाइनमा अवस्थित, पायल्स, फिसर, फिस्टुला लगायतका मलद्वारसम्बन्धी रोगको उपचारमा विश्वासको केन्द्र बन्दै गएको छ ।
१४ वर्ष लामो अनुभव, सयौं सन्तुष्ट बिरामी र विशेषज्ञ चिकित्सकहरुको उपस्थितिले यो क्लीनिक कोशी तथा मधेश प्रदेशका नागरिकहरूको पहिलो रोजाइ बनाएको छ । पहाडी जिल्ला भोजपुर, संखुवासभा, इलाम, ताप्लेजुङ्गदेखि तराईका झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी हुदै सिरहासम्मका बिरामी यहाँको सेवा लिन आउने गरेका छन् ।
सृष्टि संजीवनीमा अनुभवी वैध जगतबहादुर भट्टराईको नेतृत्वमा आयुर्वेदिक औषधी र क्षारसूत्र शल्यक्रिया विधिबाट उपचार गरिन्छ, जसले रोगको जरैदेखि समाधान गर्दछ ।
ताप्लेजुङ्गकी ४३ बर्षीया माया लिम्बूलाई पायल्सको विमारले सतायो । उनी भारतको सिलगुढी उपचार गर्न गइन्, त्यहाँ उनको उपचार पनि भयो तर, पूर्णरुपमा निको भएन, बरु बल्झिरहने समस्या आइलाग्यो ।
एक दिन फेसबुक खोलेर हेर्दा इटहरीमा रहेको सृष्टि संजिवनी आयुर्वेद क्लीनकबारे थाह पाइन् । उनी गतसाल पुस २१ गते यस क्लीनिकमा आएर उपचार गरेपछि उनी यतिबेला कब्जीयतको समस्याबाट मुक्त छिन् । शुक्रबार उनले फोन सम्पर्कमा भनिन माया लिम्बूले भारतसम्म गएर उपचार गरेर पनि निको नभएको पायल्सको समस्या सृष्टि संजीवनीमा आयुर्वेदिक विधिबाट उपचार गरेपछि निको भएको बताइन् । ‘अब कब्जीयत छैन, मासुको डल्ला हरायो, पीडा छैन,’–उनी भन्छिन् ।
त्यस्तै, तेह्रथुमकी ३८ बर्षीया रेनु लिम्बूलाई पनि विगत ५ बर्षदेखि दिसा गर्दा मलद्वारबाट रगत आउने, दिसा गर्दा धेरै बल गर्नुपर्ने, मासु बाहिर निस्कने, अनि हातले ठेलेर भित्र ठेल्नुपर्ने समस्याले सताइरहेको थियो ।
जब उनले गाउँकै साथीबाट सृष्टि संजिवनी आयुर्वेद क्लीनिकको नाम सुनिन्, उनलाई त्यहाँ गएर उपचार गर्न पाए निको हुन्थ्योकी भन्ने आश जाग्यो । अनि उनी आइन्–सृष्टि संजिवनी आयुर्वेद क्लीनकमा । यो क्लीनकमा विशेषज्ञ सर्जनबाट क्षारसुत्र सल्यक्रिया गरियो । रेनु लिम्बूले ५ वर्षदेखि सताएको फिस्टुलाको समस्या क्लीनिकमा गरिएको क्षारसूत्र सल्यक्रियाबाट पूर्णरुपमा समाधान भएको बताइन् ।
सुनसरी, धरानकी संगिता बराइलीको पहिलो सन्तान पेटमा हुदा अत्यधिक कब्जीयतले सतायो । मलद्वार चिरिएर रगत आउने, दुख्ने, पोल्ने, चिलाउने भयो । हुँदा हुँदा चिरिएको ठाउँबाट अंगुरको झुप्पाजस्तो मासु पलाएको थियो । ‘६ महिना अगाडि धरानकै एक आयुर्वेद क्लीनकमा गराएँ तर, मलाई लागेको रोग पूर्णरुपमा निको भएन उनले भनिन् ।’
यस्तै पीडा भोगिरहदा उनले साथीबाट सृष्टि संजिवनी आयुर्वेद क्लीनिकको बारेमा थाह पाइन् र उपचार गर्न आउन थालिन् । उनले यस क्लीनिकका वैधसँग स्वास्थ्य परामर्श लिइन् । वैधले क्षारसुत्र विधिबाट उपचार गर्दा यो समस्या जरैदेखि समाधान हुने परामर्श दिए । त्यसपछि काठमाडौंबाट आउने जे.के. मण्डलले क्षारसुत्र विधिबाट उनको उपचार गरियो । उपचारपछि उनले यस्ता समस्याबाट मुक्ति पाइन् । निको भइन् । आजभोलि पनि उनी सृष्टि संजिवनीका वैधसँग स्वास्थ्य परामर्श लिइरहेकी छिन् ।
बराइलीले पनि गर्भावस्थापछि सुरु भएको मलद्वार चिरिने, मासु पलाउने, पोल्ने समस्या क्षारसूत्र विधिबाट सृष्टि संजिवनीमा उपचार गरी निको भएको अनुभव साझा गरिन् ।
सृष्टि संजिवनी आयुर्वेद क्लीनक इटहरीमा नेपालका प्रथम आयुर्वेदक सर्जन डा. जे.के. मण्डलबाट दिसाबाट रगत बग्ने, दिसा गर्दा दुख्ने, चिलाउने, पोल्ने, मासु पलाएको, दिसा गर्दा कठिन हुने, दिसामा पिप, रगत देखा पर्ने, कब्जीयत हुने रोगहरुको उपचार हुने गर्दछ ।
साथै यहाँ आयुर्वेद औषधि तथा क्षारसुत्र पद्धतिबाट कहिल्यै नबल्झिने गरि विशेषज्ञ डाक्टरहरुबाट उपचार सेवा उपलब्ध गराउने सृष्टि संजिवनी आयुर्वेद क्लीनिक इटहरीले जानकारी दिएको छ । यो क्लीनिक प्रत्येक दिन साढे ८ बजेदेखि बेलुका साढे ६ सम्म संचालन हुने गर्दछ । यस क्लीनिकमा विशेषज्ञ डाक्टरहरुका साथै वैध, कविराजहरुद्वारा पनि स्वास्थ्य परामर्श सेवा प्रदान गरिने र उपचार पनि गरिन्छ ।
