कोशी प्रदेश स्तरीय एस.ई.ई.स्पिकर प्रतियोगितामा २३ जना सेमिफाइनल प्रवेश

  • वैशाख ८, २०८२ / नेपाल रेखा
alt

धरान । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई.) दिएर बसेका बिद्यार्थीहरुका लागि आयोजना गरिएको कोशी प्रदेश स्तरीय एस.ई.ई.स्पिकर–२०८१, सिजन–५ को शनिवार सम्पन्न दोश्रो चरणको अडिसनबाट २३ जना प्रतिष्पर्धीहरु छनोट भएका छन् ।
र्याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको प्रतियोगिताको दोश्रो चरणमा सहभागि ३४ जनामध्ये २३ जना सेमिफाइनलमा प्रबेश गरेका हुन् ।
सेमिफाइनलमा प्रबेश गर्नेहरुमा शिक्षादीप एकेडेमी इटहरीका समीक्षा पौडेल, लोटस इङ्लिस बोर्डिङ स्कुल धरानका सृष्टिका राई र श्रद्धा शाक्य, पब्लिक हाईस्कुलका जिज्ञासा भट्टराई, साक्षी मिश्र र आयुषा पौडेल रहेका छन् । यसैगरी हिबिस्कस इङलिस बोर्डिङ स्कुलबाट दिबिका राई, एभरेस्ट चिल्ड्रेन होम सेकेन्डरी स्कुल पानबारीका निशान बिश्वकर्मा, सरस्वती मा.बि.पानबारीकै निर्मला भण्डारी र आयुषा आचार्य सेमिफाइनलमा प्रबेश गरेका छन् ।
सेमिफाइनलमा प्रवेश गर्ने अन्यमा होली बेल इङलिस सेकेण्डरी स्कुल झापाका आबिस्कार राउत, इटहरीको बेबिलोन सेकेण्डरी बोर्डिङका होमिता पोख्रेल, भरोल बाल मन्दिर इङ्लिस स्कुल बराहक्षेत्रकी सलिना राई, ब्लुम नेपाल स्कुल इटहरीका शुभम पोख्रेल, पर्बत सेकेन्डरी स्कुल धरानका निङ्साङ लिम्बु र पिक्सि राई, डिपोट सेकेन्डरी स्कुलकी रोशनी नेपाल, कार्मेल हाईस्कुलकी पुजा लिम्बु रहेका छन् । त्यस्तै भानु स्मृति मा.बि. धरानका प्रतीक्षा तामाङ, सियोन स्कुलकी सोनिया राई, के.के.इन्टरनेसनल स्कुलकी तपस्या भण्डारी, जेम सेकेण्डरी बोर्डिङ धरानका सन्जिना राई र सुनाखरी एकेडेमीकी नाबिया सरखाना प्रबेश गरेका छन् । प्रतियोगिता धरान–३,सदन रोड स्थित प्रा.लि.को कार्यालयको हलमा भएको थियो ।
प्रतियोगिताका निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश बिद्रोही र सैनिक आवासीय मा.बि. का अङ्ग्रेजी शिक्षक डिल्लीराम कट्टेल थिए ।
प्रतियोगीहरुले नेपालको वर्तमान शिक्षा प्रणाली, देश विकासमा युवा पुस्ताको भूमिका, नेपाली संस्कृतिको संरक्षणमा हाम्रो कर्तव्य, डिजिटल प्रविधिको प्रभावः वरदान कि अभिशाप ? जलवायु परिवर्तन र हाम्रो दायित्व, सकरात्मक सोचको शक्ति र हरेक व्यक्ति इमान्दारः समृद्ध राष्ट्रको आधार गरी ७ वटा शीर्षकहरुमध्ये एउटा शीर्षक छानेर बोलेका थिए । प्रतियोगिताका बिजेताले ५५ हजार नगद, प्लस टु अध्ययनका लागि धरानमा शत प्रतिशत छात्रबृत्ति, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी फष्ट रनर अप र सेकेन्ड रनर अपले क्रमशः २५ हजार र १० हजार नगद, धरानमा प्लस टु अध्ययनका लागि ६० प्रतिशत र ५० प्रतिशत छात्रवृत्ति, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रा.लि. का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुको फुर्सदको समयको सदुपयोग गर्दै ब्यक्तित्व, नेतृत्व र वाककलाको बिकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष कार्कीले जानकारी दिए ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]