गढी गाउँपालिकाले सहकारीकर्मीलाई तालिम दिने

  • जेठ ३०, २०८२ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको गढी गाउँपालिकाले सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली तालिम संचालन गर्ने भएकोछ ।
आगामी असार ६ गते शुक्रबारदेखि ८ गते आइतबारसम्म तालिम संचालन हुनेछ । तालिम बिहान ९ बजेदेखि गढी गाउँपालिकाको सभाहलमा हुनेछ ।
गढी गाउँपालिका क्षेत्रमा संचालित सहकारी संस्थाहरुको कारोबारलाई विद्युतीय प्रणालीबाट पारदर्शी गरि प्रतिवेदन प्रणालीलाई थप प्रभावकारी बनाउन तालिम गर्न लागिएको गाउँपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत छवी खड्काले जेठ ३० गते एक सूचना जारी गरि जनाएका छन् ।
तालिमको सहजीकरण वरिष्ठ उद्यम विकास सहजकर्ता वैजनाथ चौधरीले गर्ने बताइएको छ । तालिमका लागि गाउँपालिका क्षेत्रमा संचालित सहकारीहरुले एक–एक जना प्रतिनिधि पठाउनुपर्नेछ । तालिम लिन चाहनेले सहजकर्ता वैजनाथ चौधरीको मोवाइल नम्बर–९८४२५२७०७३ र नहीम अन्सारको मोवाइल नम्बर– ९८२७३७८४१५ मा सम्पर्क गर्नुपर्नेछ ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]