एस.ई.ई. स्पिकर सिजन–५ को फाइनलमा १५ जना छानिए

  • जेठ ५, २०८२ / नेपाल रेखा
alt

धरान । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका विद्यार्थीहरूका लागि आयोजित कोशी प्रदेशस्तरीय ‘एस.ई.ई. स्पिकर–२०८१ सिजन–५’ को सेमिफाइनल शनिबार सम्पन्न भएको छ ।
प्रतियोगिताको सेमिफाइनल चरणमा सहभागी २२ जनामध्ये १५ जना प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका हुन् । र्याडिकल लाइट नेपाल प्रा.लि., धरानद्वारा आयोजित प्रतियोगिता धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा सम्पन्न भएको थियो ।
फाइनलमा छनोट हुने प्रतिस्पर्धीहरूमा शिक्षादीप एकेडेमी, इटहरीकी समीक्षा पौडेल, लोटस इङ्लिस बोर्डिङ स्कुल, धरानकी सृष्टिका राई, पब्लिक हाईस्कुलकी जिज्ञासा भट्टराई, साक्षी मिश्र र आयुषा पौडेल रहेका छन् ।
यसैगरी हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलकी दिविका राई, एभरेस्ट चिल्ड्रेन होम सेकेन्डरी स्कुल, पानबारीका निशान विश्वकर्मा, होली बेल इङ्लिस सेकेन्डरी स्कुल, झापाका आविष्कार राउत, बेबिलोन सेकेन्डरी बोर्डिङ, इटहरीकी होमिता पोख्रेल सेमिफाइनलमा पुगेका छन् ।
त्यस्तै ब्लुम नेपाल स्कुल, इटहरीका शुभम पोख्रेल, डिपोट सेकेन्डरी स्कुलकी रोशनी नेपाल, भानु स्मृति मा.वि., धरानकी प्रतीक्षा तामाङ, के.के. इन्टरनेसनल स्कुलकी तपस्या भण्डारी, जेम सेकेन्डरी बोर्डिङ, धरानकी सन्जिना राई र सुनाखरी एकेडेमीकी नाबिया सरखाना छन् ।
प्रतियोगिताका निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही र शिक्षा सदन मा.वि.का अङ्ग्रेजी शिक्षक अशोक पोख्रेल रहेका थिए ।
प्रतियोगीहरूलाई १५ दिन अगाडि नै ‘कृषिमा आत्मनिर्भरताः चुनौती कि सम्भावना ?’, ‘युवाको विदेश पलायनः सपना कि बाध्यता ?’, ‘नेपालमा स्वास्थ्य सेवाः सहुलियतमा उपचार कि व्यापार ?’, ‘सामाजिक सञ्जालः अवसर कि चुनौती ?’ र ‘वातावरण संरक्षणमा हाम्रो जिम्मेवारी’ शीर्षकमा तयारी गर्न दिइएको थियो ।
प्रतिष्पर्धीहरुलाई सेमिफाइनलको दिन गोलाप्रथाबाट शीर्षक छानेर बोल्ने अवसर दिइएको थियो । फाइनल विजेताले नगद ५५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, फस्र्ट रनर–अपले २५ हजार, सेकेन्ड रनर–अपले १० हजार र सान्त्वना पुरस्कार विजेताले ५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीका अनुसार, एस.ई.ई. दिएर बसेका विद्यार्थीहरूको फुर्सदको समयको सदुपयोग गर्दै उनीहरूको व्यक्तित्व, नेतृत्व क्षमता र वाककलाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]