एस.ई.ई. स्पिकरको सेमिफाइनल पुगेका प्रतिस्पर्धीलाई प्रशिक्षण

  • वैशाख २०, २०८२ / नेपाल रेखा
alt

धरान । धरानस्थित ¥याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित एस.ई.ई. स्पिकरको सेमिफाइनलमा प्रवेश गरेका सहभागीहरूलाई शनिबार वक्तृत्वकला तयारीसम्बन्धी प्रशिक्षण सम्पन्न गरिएको छ ।
प्रा.लि.को कार्यालयमा सम्पन्न प्रशिक्षण कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश बिद्रोहीले वक्तृत्वकला प्रतियोगितामा विषयवस्तुमा कसरी प्रवेश गर्ने, वक्तृत्वलाई मौलिक कसरी बनाउने, तयारीको क्रममा आधिकारिक स्रोत कसरी लिने आदि विषयमा सहभागीहरूलाई स्पष्ट पारे ।
प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले माइक र पोडियमको प्रयोग गर्ने तरिका, हाउभाउ, दर्शकको ध्यान आकर्षित गर्ने गरी आकर्षक प्रस्तुति दिने तरिका तथा प्रेरणादायी भनाइका साथ निष्कर्ष प्रस्तुत गर्ने कुराहरूमा सहभागीहरूलाई प्रशिक्षण दिए ।
सहभागी श्रद्धा शाक्यले पहिलो अडिसनमा धेरै डर लागेको भए पनि अहिलेसम्म आइपुग्दा धेरै आत्मविश्वास बढेको बताइन्। अर्की सहभागी सोनिया राईले पहिलोपटक यस्तो प्रतियोगितामा भाग लिएकाले सुरुमा धेरै नर्भस भए पनि प्रशिक्षणले धेरै आत्मविश्वास बढेको बताइन् ।
सहभागीमध्येका निशान विश्वकर्माले सुरुआतदेखि आजको प्रशिक्षणसम्म आइपुग्दा आत्मविश्वासमा धेरै वृद्धि भएको बताए । अर्का सहभागी शुभम पोखरेलले उत्साहित हुँदै यो प्रतियोगितालाई राष्ट्रिय स्तरको बनाइनुपर्ने धारणा व्यक्त गरे। अधिकांश सहभागीहरूले पहिलो र दोस्रो अडिसन पार गर्दै यहाँसम्म आइपुग्दा आत्मविश्वास झन् झन् बढ्दै गएको प्रतिक्रिया दिएका छन् ।

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]