नागरिकपत्रकारिता

    Showing 71-80 of 87 items.
  • पत्रकार महासंघले जारी गर्यो १५ बुंदे ‘सुर्खेत घोषणा’

    सुर्खेत । नेपाल पत्रकार महासङ्घको साधारणसभा १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबारदेखि सुरु भएको साधारणसभा शनिबार समापन भएको हो । साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै घोषणा जारी गरिएको महासचिव रोशन पुरीले जानकारी दिए । साधारणसभाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीन वटै तहका सरकारलाई आग्रह गरिएको छ । संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठन भएका तीन वटै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 84 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार सुत्केरी हुँदा २५ हजार सहयोग दिने निर्णय

    झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकार महिलालाई सुत्केरी हुँदा २५ हजार शल्यक्रिया खर्च उपलब्ध गराउने भएको छ । महासङ्घको हालै सम्पन्न साधारणसभाले सुत्केरी, बिरामी र मृत्यु संस्कारमा सहयोग दिने निर्णय गरेको शाखाका अध्यक्ष एकराज गिरीले बताए । उनका अनुसार महिला पत्रकार सुत्केरी हुँदा शल्यक्रिया गर्नुपरेमा २५ हजार दिने निर्णय गरेको छ भने महासङ्घका सदस्य बिरामी तथा घाइते हुँदा ३० हजार उपचार सहयोग दिइने भएको छ ।पत्रकारको मृत्यु हुँदा आश्रित परिवारलाई ५० हजार उपलब्ध गराइनेसमेत उनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ झापाले पत्रकारको सामाजिक सुरक्षाका लागि एक करोडको पत्रकार उपचार कोष स्थापना

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 76 पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचन प्रचारमा गरिने खर्च कम गर्न प्रमुख आयुक्तको आग्रह

    काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारका क्रममा हुने फजुल खर्चले वित्तीय अनुशासन उल्लघङ्नका साथै अर्थतन्त्रलाई प्रभावित पार्ने भएकाले कम खर्चमा मतदातासमक्ष दल र उम्मेदवारहरूलाई जान प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।नेपाल टेलिभिजनले निर्वाचन अभिमुखीकरण तथा विषयवस्तु र प्राविधिक तयारीबारे आयोजना गरेको कार्यक्रममा उनले प्रतिस्पर्धात्मक समयमा स्थलमा गएर सही समाचार ल्याउन टेलिभिजनकर्मीलाई प्रविधि, जनशक्ति वा अन्य कुनै पक्षको अभावका नाममा गर्न खोजेको काम गर्न नसकिएको भन्ने छुट नभएको भनाइ राखे । सूचना दिएर जितिन्छ, लुकाएर जित

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 214 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोखरेलद्वारा सञ्चारमाध्यममाथि अङ्कुश लगाउने कामको विरोध

    झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाको शुक्रबार वार्षिक साधारणसभा सम्पन्न भएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले साधारणसभाको उद्घाटन गरे । अध्यक्ष पोखरेलले कार्यक्रममा निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अङ्कुश लगाउने कामको विरोध गरे । उनले सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै निर्वाचन आयोगले सञ्चार माध्यममाथि अङ्कुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गरे । अध्यक्ष पोखरेलले सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयलाई लिएर जथाभावीरूपमा निर्वाचन आयोगले पत्र काट्दै स्पष्टीकरण सोध्ने गरेको र त्यस्तो काम तत्काल बन्द गरिनुपर्ने बताए । उनले भने, &ldq

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 208 पटक पढिएको
    • नेपाल रेखा
  • अग्रज पत्रकार शिव गाउँले इटहरीमा सम्मानित

    इटहरी । अनलाइन खबर डट कमका प्रधान सम्पादकसहित चार जना व्यक्तित्वहरुलाई शनिबार इटहरीमा सम्मान गरिएको छ । तारानिधि–धनमाया अधिकारी स्मृति प्रतिष्ठानले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका अग्रज पत्रकार गाउँलेलाई ३५ हजार एक सय १ रासीको नारायणप्रसाद रिजाल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । त्यसैगरि सुनसरीका अग्रज पत्रकार गिरीराज आचार्यलाई २५ हजार एक सय १ रासीकोे दीननाथ नारायणी स्मृति पुरस्कारबाट सम्मान गरियो । साथै पूर्वाञ्चल बाल सेवा आश्रमकी संचालिका सिता पोखरेलाई पनि २५ हजार एक सय १ रकमको पुरस्कारबाट सम्मान गरिएको छ त्यसैगरि, वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठलाई पनि ५

    • प्रकाशित मितिः भदौ १८, २०७९
    • 83 पटक पढिएको
    • नेपाल रेखा
  • प्रेस सेन्टर सुनसरीद्वारा रामधुनीमा आधारभूत पत्रकारिता तालिम आयोजना

    रामधुनी । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा रामधुनी नगरपालिकाको झुम्कामा तीन दिने आधारभूत पत्रकारिता तालिम बुधबारदेखी शुरु भएको छ ।तालिममा रामधुनी नगर भरिका ३५ जना युवा, युवतीको सहभागिता रहेको प्रेस सेन्टर सुनसरी जिल्ला अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।। पत्रकारिता क्षेत्रमा बिकास र स्वरोजगारका लागि तालिमको आयोजना गरिएको कार्कीको भनाइछ । बुधबारको तालिममा प्रशिक्षक सेन्टरका केन्द्रीय सदस्य श्रीशीशा राई रहेका थिए । दोस्रो दिन प्रेस काउन्सिलका पूर्व अध्यक्ष भवानी बरालले सहजीकरण गर्ने अध्यक्ष कार्कीले बताए । साथै तेस्रो तिर्थ कार्कीले नेतृत्व विकास तथा उद्घोषण कलाबारे तालि

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 328 पटक पढिएको
    • नेपाल रेखा
  • प्रधानमन्त्री देउवासँग पत्रकार महासङ्घका पदाधिकारीको भेट

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुङ्गोमा पुग्न नसकेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको छ ।महासङ्घका पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेटेर मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालु अधिवेशनमा नै टुङ्गोमा पु¥याउनका लागि पहल गर्न आग्रह गरेको हो । भेटमा हाल मस्यौदाका रूपमा विचाराधीन सञ्चारसम्बन्धी ती कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासङ्घले जोड दिएको छ ।अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 94 पटक पढिएको
    • नेपाल रेखा
  • प्रेस सेन्टर सुनसरीद्वारा पालिका स्तरमा पत्रकारिता तालिम र संगठन विस्तार

    सुनसरी । प्रेस सेन्टर नेपाल सुनसरीले पालिका स्तरमा पत्रकारिता तालिम र संगठन विस्तारको अभियानलाई जारी राखेको छ । सुनसरीको धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकामा पत्रकारिता तालिमसंगै पालिका कमिटि गठन पश्चात इटहरी उपमहानगरमा बिहिबारदेखि इटहरीमा सुरु भएको ३ दिवसीय आधारभूत पत्रकारिता तथा सार्बजनिक भाषणकला तालिम शनिबार सम्पन्न भएको छ । सेन्टरका सुनसरी अध्यक्ष तिर्थ कार्कीले पालिका स्तरमा सेन्टरका सदस्यहरु उत्पादन र तालिमलाई जारी राखेको बताए । उनले भने–अब केही दिनमै रामधुनी नगरक्षेत्रमा यो अभियान सुरु हुदैछ । प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा स्थानीय पिसजोन आवासीय मा.बि. (प्लस टु) को ह

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • 78 पटक पढिएको
    • नेपाल रेखा
  • काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर तहमा सञ्चार अध्ययन

    काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको छ ।विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले यसै शैक्षिकसत्रदेखि सञ्चार उद्यमशीलता, व्यवस्थापन र विशिष्टताका आयामहरू अध्यापनका लागि स्नातकोत्तरको भर्ना आह्वान गरिएकोे विभागका प्रमुख डा. सुधाम्शु दाहालले जानकारी दिए । एक शैक्षिकसत्रमा २० विद्यार्थीसम्म रहने यो तहमा एसियाको मौलिक परम्परा, संस्कृति, चलचित्र र प्रविधिलाई आधारशीला मानेर सञ्चारमाध्यमका विभिन्न आयामको अध्ययन हुनेछ । विश्वविद्यालयका सहप

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 80 पटक पढिएको
    • नेपाल रेखा
  • वरिष्ठ पत्रकार दाहाललाई ५० हजार पुरस्कार प्रदान

    मोरङ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल चारजना संचारकर्मीलाई सञ्चारकर्मी सञ्चार सहकारीले विराटनगरमा     पुरस्कृत एंवं सम्मान गरेको छ । सहकारी  संस्था लिमिटेडका विराटनगरको ११ औं स्थापना दिवसको अवसरमा तोरेन्द्र–इन्दिरा प्रधान प्रेस सम्मानबाट वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, ओमप्रकाश आर्थिक पत्रकारिताबाट मोहन मानन्धर, मेम्बर चन्द्रलाल–दुर्गादेवी सञ्चार श्रमजीवी पुरस्कारवाट  बाबुराम भण्डारी र मीना श्रेष्ठ(रासस)श्रमजीवी महिला पत्रकारिता पुरस्कारवाट उषा सदारलाई पुरस्कृत गरिएको हो वरिष्ठ पत्रकार दाहाललाई नगद ५० हजार, आर्थिक पत्रकारिताबाट मानन्धरलाई ५०

    • प्रकाशित मितिः असार २७, २०७९
    • 128 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]