निर्वाचन प्रचारमा गरिने खर्च कम गर्न प्रमुख आयुक्तको आग्रह

  • कार्तिक २६, २०७९ / नेपाल रेखा
alt

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारका क्रममा हुने फजुल खर्चले वित्तीय अनुशासन उल्लघङ्नका साथै अर्थतन्त्रलाई प्रभावित पार्ने भएकाले कम खर्चमा मतदातासमक्ष दल र उम्मेदवारहरूलाई जान प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।
नेपाल टेलिभिजनले निर्वाचन अभिमुखीकरण तथा विषयवस्तु र प्राविधिक तयारीबारे आयोजना गरेको कार्यक्रममा उनले प्रतिस्पर्धात्मक समयमा स्थलमा गएर सही समाचार ल्याउन टेलिभिजनकर्मीलाई प्रविधि, जनशक्ति वा अन्य कुनै पक्षको अभावका नाममा गर्न खोजेको काम गर्न नसकिएको भन्ने छुट नभएको भनाइ राखे ।
सूचना दिएर जितिन्छ, लुकाएर जितिँदैन भन्ने मान्यताका साथ आयोगले सूचनामा सबैको समान पहुँच स्थापित गर्ने गरी संयन्त्र स्थापना र प्रवाह गरिरहेकाले तथ्य जाँच गरेर समयमा सही समाचार दिन उनले आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको अनुगमन भइरहेकाले गालीगलौज र लाञ्छनायुक्त भनाइलाई रोक्न पाइँदैन भन्ने हिसाबले प्रस्तुत हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।
प्रमुख आयुक्त थपलियाले जनताको अभिमत प्रकट हुनुपूर्व फलानो उम्मेदवार बलियो वा फलानो उम्मेदवार कमजोर भन्ने ढङ्गले समाचार वा मत सर्वेक्षण गर्न आचारसंहिताबमोजिम नपाइने भएकाले त्यसबाट सजग रहन आग्रह गर्दै मतदानको दिन र मतगणना कार्यको समाचार दिँदा अन्तर्राष्ट्रिय मान्यताअनुरूप तथ्यपरकता, सन्तुलित र विश्वसनीय समाचार प्रवाह गर्न आग्रह गरे ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]