पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोखरेलद्वारा सञ्चारमाध्यममाथि अङ्कुश लगाउने कामको विरोध

  • कार्तिक २६, २०७९ / नेपाल रेखा
alt

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाको शुक्रबार वार्षिक साधारणसभा सम्पन्न भएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले साधारणसभाको उद्घाटन गरे ।
अध्यक्ष पोखरेलले कार्यक्रममा निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अङ्कुश लगाउने कामको विरोध गरे । उनले सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै निर्वाचन आयोगले सञ्चार माध्यममाथि अङ्कुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गरे ।
अध्यक्ष पोखरेलले सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयलाई लिएर जथाभावीरूपमा निर्वाचन आयोगले पत्र काट्दै स्पष्टीकरण सोध्ने गरेको र त्यस्तो काम तत्काल बन्द गरिनुपर्ने बताए । उनले भने, “प्रेस काउन्सिलबाहेक राज्यका कुनै पनि निकायले सञ्चार संस्था र सञ्चारकर्मीमाथि समाचार लेखेकै विषयलाई लिएर स्पष्टीकरण सोध्ने अधिकार छैन ।”
नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासङ्घ १ नं प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, केन्द्रीय सदस्य अमर खड्का, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा महासङ्घ झापा शाखाले प्रकाशन गरेको चौथो अङ्ग नामक बुलेटिन विमोचन गरिएको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]