प्रेस सेन्टर सुनसरीद्वारा पालिका स्तरमा पत्रकारिता तालिम र संगठन विस्तार

  • भदौ ६, २०७९ / नेपाल रेखा
alt

सुनसरी । प्रेस सेन्टर नेपाल सुनसरीले पालिका स्तरमा पत्रकारिता तालिम र संगठन विस्तारको अभियानलाई जारी राखेको छ । सुनसरीको धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकामा पत्रकारिता तालिमसंगै पालिका कमिटि गठन पश्चात इटहरी उपमहानगरमा बिहिबारदेखि इटहरीमा सुरु भएको ३ दिवसीय आधारभूत पत्रकारिता तथा सार्बजनिक भाषणकला तालिम शनिबार सम्पन्न भएको छ । सेन्टरका सुनसरी अध्यक्ष तिर्थ कार्कीले पालिका स्तरमा सेन्टरका सदस्यहरु उत्पादन र तालिमलाई जारी राखेको बताए । उनले भने–अब केही दिनमै रामधुनी नगरक्षेत्रमा यो अभियान सुरु हुदैछ ।
प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा स्थानीय पिसजोन आवासीय मा.बि. (प्लस टु) को हलमा सम्पन्न तालिममा इटहरी क्षेत्रका बिभिन्न वडा र कलेजबाट ८२ जना सहभागि भएको सेन्टर सुनसरीका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिएका छन् । सहभागिहरुलाई दुई समूहमा राखेर प्रशिक्षण दिइएको थियो । पत्रकारिता सम्बन्धि आधारभूत ज्ञान र भाषणकलाको माध्यमबाट सहभागिहरुको व्यक्तित्व र नेतृत्व क्षमताको बिकास गर्ने उद्देस्यले तालिमको आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । तीन दिनसम्म महेन्द्र बहुमुखि क्याम्पसका उपप्राध्यापक एवम् कोशी पत्र दैनिकका सम्पादक राजेस विद्रोही, सेन्टरका केन्द्रीय सदस्य श्रीसिसा राई र तिर्थ कार्कीले तालिमको सहजिकरण गरे । तालिमको पहिलो दिन सेन्टरका केन्द्रीय उपमहासचिव राजन केडी र केन्द्रीय सदस्य अर्जुन शर्माले सहभागिहरुलाई पत्रकारिताको महत्वको बारेमा प्रष्ट पारे ।
तालिमबाट अगाडि गएर बोल्न आत्माविश्वास बढ्नुका साथै पत्रकारिता सम्बन्धि आधारभूत ज्ञान प्राप्त भएको सहभागि मनिषा घिमिरेले बताइन् । त्यस्तै पत्रकारिता के हो भन्ने बारेमा आधारभूत कुरा सिक्न पाएको अर्का सहभागि सुबास खत्रीले अनुभव सुनाए । सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, सन्चार विज्ञ एवम वाम बुद्धिजिवि राजेन्द्र किराति, महासंघका पूर्व अध्यक्ष एवम् सेन्टरका केन्द्रीय सदस्य केशव घिमिरे, अखिल क्रान्तिकारीका सुनसरी अध्यक्ष नवीन दाहाल, पत्रकार अर्जुन पौडेल, विद्यार्थी नेता प्रदीप घिमिरे लगायतले प्रमाण–पत्र वितरण गरे । सेन्टरका जिल्ला सहसचिव मनोज निरौलाले सन्चालन गरेको कार्यक्रममा जिल्ला उपाध्यक्ष लेखनाथ (लक्ष्मी) दङ्गाल, सदस्यहरु विनिता कटुवाल र कृष्ण कार्कीको समेत उपस्थिति थियो ।

pcn sunsari pcn

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]