वरिष्ठ पत्रकार दाहाललाई ५० हजार पुरस्कार प्रदान

  • असार २७, २०७९ / नेपाल रेखा
alt

मोरङ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल चारजना संचारकर्मीलाई सञ्चारकर्मी सञ्चार सहकारीले विराटनगरमा     पुरस्कृत एंवं सम्मान गरेको छ । सहकारी  संस्था लिमिटेडका विराटनगरको ११ औं स्थापना दिवसको अवसरमा तोरेन्द्र–इन्दिरा प्रधान प्रेस सम्मानबाट वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, ओमप्रकाश आर्थिक पत्रकारिताबाट मोहन मानन्धर, मेम्बर चन्द्रलाल–दुर्गादेवी सञ्चार श्रमजीवी पुरस्कारवाट  बाबुराम भण्डारी र मीना श्रेष्ठ(रासस)श्रमजीवी महिला पत्रकारिता पुरस्कारवाट उषा सदारलाई पुरस्कृत गरिएको हो
वरिष्ठ पत्रकार दाहाललाई नगद ५० हजार, आर्थिक पत्रकारिताबाट मानन्धरलाई ५० हजार, सञ्चार श्रमजीवी पत्रकारबाट भण्डारीलाई २१ हजार र श्रमजिवी महिला पत्रकारिताबाट सरदारलाई १० हजार एवं सम्मानपत्र प्रदान गरिएको सहकारी सस्थाका अध्यक्ष मोहन भण्डारीले बताए ।  प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङ्गले उनीहरुलाई सम्मान एंव पुरस्कृत गरेका हुन् । सो अवसरमा वोल्दै उनले मुलुक र समाजलाई आगाडि वढाउन पत्रकारको ठूलो भूमिका रहने भएकाले मुलुकको आर्थिक संवृद्धिका लागि पत्रकारले कलम चलाउनुपर्ने बताए।   
उनले  लोकतन्त्रलाई संस्थागत गराउन एवं समाजमा रहेको कुरिती हटाउन संचारकर्मीहरु  आफ्नो क्षेत्रबाट क्रियाशिल भएर लाग्नुपर्नेमा जोड दिए । प्रदेश प्रमुख खापुङ्गले मुलुकको विकास, वेरोजगारी समस्या समाधान र महंगी नियन्त्रणमा सञ्चारकर्मीहरुले कमल चलाउनु पर्ने वताए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले   सञ्चारकर्मीहरुले विकास निर्माण कार्यमा आवश्यक निगरानी गरि पारदर्शी कामय गर्न  भूमिका खेल्नु पर्ने वताए ।  पुरस्कृत वरिष्ठ पत्रकार राजेन्द्र दाहालले पुरस्कार प्रदानबाट नयाँ पुस्तालाई पत्रकारिता क्षेत्रमा क्रियाशिल गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । आर्थिक पुरस्कार स्थापनाकर्ता उद्योगी दिनवन्धु गोयललले यही वर्षदेखि विराटनगर र भद्रपुरमा अध्ययन गर्ने सामुदायिक विद्यालयका कक्षा ८ र ९ का ५० जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्न आफुले ५० लाखको अक्षय कोष स्थापना गर्न लागेको बताए । सहकारीका अध्यक्ष मोहन भण्डारी, संस्थाका उपाध्यक्ष कुमार लुइटेल, नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष सन्जिव खनाल, शुसिला पाठक तथा  सहकारी संस्था मोरङका अध्यक्ष डिल्ली पोखरेलले यसरी सम्मान गरिने पुरस्कारबाट पत्रकारहरुलाई हौसला प्रदान गर्ने बताए ।  सोही अवसरमा  प्रदेश प्रमुख खापुङ्गले  पुरस्कार स्थापनाकर्ताहरु गोयल र डा. सम्झना प्रधान लगायतलाई सम्मान गरिएको थियो ।

samman 2

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]